#मिक्स सट्टा
Explore tagged Tumblr posts
galidisawar · 1 year ago
Text
दैनिक गली दिसावर मिक्स दिसंबर 2023 के परिणाम के साथ लीक नंबर 2015-2023 तक: सट्टा किंग चार्ट और सट्टा किंग फास्ट - गली, देसावर, गाजियाबाद, फरीदाबाद।
जानिए दैनिक गली दिसावर मिक्स दिसंबर 2023 के परिणाम और लीक नंबर 2015-2023 तक: सट्टा किंग चार्ट और सट्टा किंग फास्ट। गली, देसावर, गाजियाबाद, फरीदाबाद में अपनी भविष्यवाणियों को साझा करें।
Tumblr media
0 notes
secretdragonobject · 3 months ago
Text
0 notes
galidisawarmix · 9 months ago
Text
0 notes
onlinekhabarapp · 8 years ago
Text
व्यङ्ग्य: स्टोरीले डिमाण्ड गरेको नेपाली भाषा
मैले एउटा लेख पढेको थिएँ भर्खरै, ‘फिजीमा नेपाली भाषा गुमाएको एउटा बस्ती’ शीर्षकमा । भाषा हराएको हेर्न फिजीसम्म पुग्नै नपर्ने रहेछ । मेरा छोराले लेखेको एउटा निबन्ध पढेपछि मलाई लाग्यो अब केही वर्ष धैर्य गर्न सके नेपाली भाषा हेर्दा हेर्दै यहीँ नेपालबाटै हराउनेछ । नेवारका घरमा नेवारी भाषा बोल्न छाडिादैछ । लिम्बूको नयाँ पुस्ताले लिम्बू भाषा बुझ्दैन । मधेस छाडेर लाखापाखा लागेका मधेसी बालबच्चाले मातृभाषा बोल्ने आफ्नै बाआमालाई जिस्क्याउन थालिसके । अरु त अरु सबै भाषालाई दबाएर उठेको भनिएको नेपाली भाषाकै गतिगरास पनि खलाँस भइसकेछ भित्रभित्रै ।
केही महिना अघिको घटना हो, कलेज पढ्ने बेला भएको छोरो जतिखेर पनि मोवाइल र नेटमा आउने अनेक खेलहरूमा टाँस्सिइरहेको देखेर मैले निकै हप्काइ-दप्काइ गरेर पत्रिका पढ्ने बानी बसाउन केही पत्रिकाको ग्राहक बनेर कर गरी गरी पढ्न लगाएँ । खासगरी युवा लक्षित केही पत्रिकाका परिशिष्टाङ्कहरू नछाडी पढ्न भनेँ । ऊ पनि निकै ठूलो यातना पाए जस्तो गरेर पढ्न थाल्यो ।
अचम्म चाहिँ के भयो भने पत्रिका पढेर ऊ बिस्तारै रमाउन थाल्यो । अरु दिन नभए पनि शुक्रबारको दिन त ऊ पत्रिका पढ्न व्यग्र नै हुन थाल्यो ।
मैले गएको शुक्रबार उसलाई सम्झाएँ, ‘कत्ति पढ्छौ मात्रै, लेख्नु पनि पर्छ । आफैंले पनि केही लेख्न सिके कति राम्रो हुन्थ्यो !’
‘लेखौंला नै जस्तो छ, साह्रै मजा आइराछ ।’ उसले भन्यो र कोठामा छिर्‍यो ।
नभन्दै अर्को हप्ता ऊ हौसिँदै आयो र भन्यो, ‘ड्याड, मैले पनि आर्टिकल लेखेँ नि ! एस्से । सुन्ने हो ?’
लक्ष्मण गाम्नागे
केटाको कुरा सुनेर म औधी रमाएँ । गेमको नशाबाट यसलाई लेख्ने पढ्ने नशातिर लगाउन पाए गजबै हुन्थ्यो भन्ने लागेकै थियो । मैले खुसी हुँदै भनेँ, ‘आहा, निबन्धै लेखेको ? कति राम्रो ! ल सुनौं !’
उसले उत्साहित हुँदै भन्यो, ‘शीर्षक छ, पोलिटिक्स् अ डर्टी गेम ।’
मैले भने, ‘अंग्रेजीमा पो लेखेको ?’
उसले भन्यो, ‘हैन नेपाली मै लेखेको ।’
मैले भनेँ, ‘अनि के भनेको त, ‘पोलिटिक्स अ डर्टी गेम’ ?’
उसले भन्यो, ‘त्यो हेडिङ हो ।’
मैले भनेँ, ‘नेपालीमा हेडिङलाई शीर्षक भन्छन् । शीर्षक नेपालीमा राख्नुपर्छ ।’
‘पर्दैन क्या ! मलाई सब थाहा भइसक्यो । नेपाली आर्टिकलमा इङ्लिस हेडिङ राखेर लेख्नुपर्छ । सुन्ने कि नसुन्ने ?’ उसले धम्क्याए जस्तो गरी भन्यो ।
मैले नसुन्ने भन्नै मिलेन । मैले भनेँ, ‘ल सुनौं न त । तर, शीर्षक नेपाली बनाउनू है !’
उसले निबन्ध सुनाउन थाल्यो –
‘पोलिटिक्स एउटा साह्रै डर्टी गेम रहेछ । त्यसमा पनि नेपालको कन्टेस्टमा त पोलिटिकल लिडरहरू यति करप्ट भए कि देशले डिभलपमेन्टको फेस नै देख्न पाएन । देशमा डेमोक्रेसी आएको सेभेन डिकेड्स हुन लाग्यो भन्छन् लिडरहरू, तर वर्ल्डका डेभलप्ड कन्ट्रीहरूसँग कम्पेयर गर्दा हाम्रो देश सेभेन डिकेड्स होइन, वान एण्ड हाफ सेन्चुरी नै ब्याकवार्डमा छ भन्दा फरक पर्दैन । क्यापिटल सिटी नै डस्ट, स्मोक, मडमा पुरिएको छ, तर लिडरहरु भने त्यस्ता कुराको म्यानेजमेन्ट गर्नुको सट्टा जस्ट मिनिस्टर, प्राइम मिनिस्टरको लागि बाह्रै महिना बार्गेनिङ गरी बस्छन्, फाइट गरिबस्छन् । रियलमा पोलिटिक्स डर्टी गेम नै त होइन तर लिडरहरूले …।’
मैले बिचैमा उसलाई रोकेँ र बेस्कन हपारेँ, ‘के लेखेको यो ? कुन भाषा हो यो ? नेपाली भाषा यस्तै हुन्छ ?’
म रिसाएको देखेर ऊ रोकियो र भन्यो, ‘यस्तो राम्रो लेखेँ नि ड्याडी, यो कान्तिपुरमै पठाए पनि पब्लिस हुन्छ, हेरिराख्नु । नेक्स्ट विकमै यो छापिन्छ ।’
‘ई: छापिन्छ यस्तो आर्टिकल !’ मैले झण्डै झण्डै उसलाई लोप्पा ख्वाउन हात उठाइसकेको थिएँ, तर रोकिएँ र मुखले मात्रै गाली गरेँ । ‘यस्तो पनि आर्टिकल हुन्छ ! कि नेपालीमा लेख, कि अंग्रेजीमा लेख । कि त यसमा हिन्दी, बंगाली, चाइनिज, जापानिज अरु अरु भाषा पनि घुसारेर लेख । यस्तो हुन्छ नेपाली रचना ?’
केटो टसको मस भ��न । मैले पढ्न सल्लाह दिएका पत्रिका मेरा अगाडि उसले पछार्‍यो । भन्यो, ‘नेपाली ल्याङग्वेज कस्तो मोडर्न भइसक्यो ! हजुरलाई थाहै छैन । भानुभक्त एजका कुरा गर्ने ? यी यो पत्रिका हेर्नोस् । यो के हो ? नेपाली भाषाकै न्यूजपेपर होइन ?’
मैले भनेँ, ‘हो नि, किन होइन ? तिमीहरू जस्तै युवा पुस्ता लक्षित परिशिष्टाङ्क हो यो । ‘हेलो शुक्रबार’ ।’
ऊ चम्किँदै कराउन थाल्यो, ‘हेल्लो के हो ? इङ्लिस होइन ? अझ यसमा हेल्लो त लेटर पनि इङलिसमै छ । आर्टिकलहरूका हेडिङ सुन्नोस्- ‘ढाका कन्ट्रास्ट’, ‘साइन्स फिक्सनको सोसल स्टोरी’, ‘डिफरेन्ट भेन्यु’, ‘नेपाली एप्सको ग्लोबल मार्केट’, ‘टिनएजर्स डाइट’, ‘टुडेज् मेनु’, ‘क्यारेक्टरले हिट’, ‘वि आर लेडिज गाइड’, ‘फ्राइडे फेस’ । यो फ्राइडे फेसमा चाहिँ ओल्ड गाइजहरूको पनि पिक्चरहरू मिक्स गरेको रैछ ।’
‘धत्, ओल्ड गाइज् भन्छौ ? यी कवि बैरागी काइँला हुन्, यी राष्ट्रकवि माधव घिमिरे, यी नाटककार अशेष मल्ल । नेपालका वरिष्ठ कवि लेखकहरू । यी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति ।’ मैले फ्राइडे फेसमा छापिएका प्रतिष्ठित अनुहारहरू उसलाई चिनाएा ।
‘हेडिङ अनुसारको हेड भएन क्या ड्याड् । फ्राइडे फेसमा अलि फ्रेस अनुहार राख्नु पर्‍यो नि ! हामीलाई टार्गेट गरेर निकालेको भनेको होइन यो न्यूज पेपर ? अलि योङ सेलिब्रिटीहरूलाई पो राख्नुपर्‍यो त । यी बूढाहरू त हामीलाई बालै भएन नि !’
‘ल भयो भयो । मेरा सेलिब्रिटीहरूलाई जथाभावी नभन । ती हेडिङहरू तिमरु हावा केटाहरूको ध्यान तान्न राखेको हो । आर्टिकल पढेर कुरा गर ।’
‘पढिसकेँ । सुन्नोस् ड्याड्, ‘इनोभेसन पछाडिका स्टोरी’ भन्ने आर्टिकल क्या दामी छ । विष्णु पोखरेल भन्ने दादाको क्रिएसन रैछ यो । मैले अझ यो भन्दा राम्रो हेडिङ बनाएको हो, ‘पोलिटिक्स अ डर्टी गेम’ । मेरोमा हन्ड्रेस पर्सेन्ट इङलिस् छ, विष्णु दादाको हेडिङमा सिक्स्टी सिक्स पर्सेन्ट मात्र छ । यो आर्टिकलमा वान थौजेण्ड जति वर्ड छन्, त्यसमध्ये नियर एबाउट टु हन्ड्रेड इङलिस् छन् । सुन्नुस् वर्डहरू- इन्डष्ट्रियल, इक्वुइपमेन्ट, रिग्रेट, फिल, सेभेन क्लास, स्टुडेन्ट, थ्योरी, टिचर, योङ एण्ड इनर्जेटिक, डु समथिङ न्यू, समथिङ डिफरेन्ट, ब्ल्याङ्क पेपर, फर्दर स्टडी, फस्ट डिभिजन, साइन्स, स्कलरसिप, हुमेनिटेरियन, वर्क, टिचर, इन्सपाइरेसन, ट्रिगर, फ्याक्टर, जर्नी, ब्लकेड, सेप, मोडिफाई, ब्रेन, क्लिक, इन्सिडेन्ट, सुइटेबल, फाइनल । अझै भनौं ?’
‘हँ ? यसमा नेपाली शब्द चाहिँ छँदै छैनन् त ? यो त लिपि मात्रै नेपाली हो कि क्या हो ?’ मैले अलि आश्चर्य लागेर सोधेँ ।
‘छन् नि किन छैनन् ! ‘र’, ‘पनि’, ‘तर’, ‘को’, ‘मा’, ‘लाई’, ‘न’, ‘पनि’ । अरु पनि थुप्रै छन् । तर मैले दादाको भन्दा अझै कम नेपाली वर्ड युज गरेर झन् खत्रा बनाएको छु । यो आर्टिकलका सेन्टेन्सहरू पनि सुन्ने हो, मेरै जस्ता छन् ।’
‘सुनौं सुनौं, मजा पो आयो । तर मैले नबुझ्ने हुँ कि ?’ म निकै नरम भएँ ।
‘ल, नेपाली आर्टिकल पनि नबुझ्ने, तपाईा पनि राइटर नै होइन ? भैगो, नबुझे म ट्रान्सलेट गरिदिउँला ।’ उसले मेरो शङ्का निवारण गरिहाल्यो ।
‘सेन्टेन्स नम्बर वान : गुरुङले सुरुमा ह्याण्ड जेनेरेटर बनाए, त्यसमा इनर्जी प्रोडक्सन मात्र भएन, बिजुली नै बल्यो ।’
‘सेन्टेन्स नम्बर टू : ती सबै बीच राजन गुरूङ चाहिँ समथिङ डिफेरन्ट देखिए ।’
‘सेन्टेन्स नम्बर थ्री : साइन्स टिचरको त्यही इन्सपाइरेसनले राजनको इनोभेटिभ जर्नी ट्रिगर भयो ।’
‘सेन्टेन्स नम्बर फोर : आखिर उनलाई टि्रगर दबाउनु न थियो, एक्सिलेटर त पहिल्यैदेखि हर्ट एन्ड माइन्डमा छँदै थियो ।’
‘सेन्टेन्स नम्बर फोर्टिन : गुरुङ सेभेन क्लासमा पुगेपछि स्कुलमा नयाँ साइन्स टिचर शिव ढकाल आए । साइन्स ग्य्राजुएट शिव योङ एन्ड इनर्जेटिक थिए । स्टुडेन्टलाई थ्योरी भन्दा प्राक्टिकलमा घोटाउँथे । डु समथिङ न्यु भनेर जेम्स वाट, न्युटनदेखि आइन्सटाइनका किस्सा सुनाउँथे ।’
‘सेन्टेन्स नम्बर ट्वान्टी : धेरैले उनीहरूलाई डिस्करेज नै गरे । क्याम्पसका कतिपय प्राध्यापकहरूले समेत यत्रो ठूलो प्रोजेक्ट आँटेर सक्सेस हुँदैनौ, सानो केही गर’ भन्ने सजेसन दिए । हामी अरूका कुरा सुनेर डिस-मोटिभेटेड भएनौं, नत्र त सक्सेस हुने चान्स नै थिएन ।’
‘लास्ट सेन्टेन्सः पर्वतका गुरुङ र पोखर���का युवाको इनोभेटिभ ब्रेनलाई क्लिक गरेर जागरुक बनाए- दुई फरक इन्सिडेन्टले । कतै तपाईंको ब्रेनले पनि इनोभेसनका लागि ट्रिगरिङ फ्याक्टर त खोजिरहेको छैन ?’
छोरो चुप लाग्यो । म हेरेको हेर्‍यै भएँ । एक भन्नु न दुई भन्नु भएँ । दिमाग फिनिनिनी घुम्न थाल्यो ।
‘ओ ड्याड ! पूरै ट्वाँ पर्नुभयो त ! बेहोश हुनुभयो कि क्या हो ? के थिङकिङ गर्न थाल्नुभयो ? कस्तो लाग्यो त यो मोडर्न नेपाली ल्याङ्वेज ?’
‘गजब, एकदम गजब ! ककटेल पार्टीमा मकै र मसिना गिट्टी मिसाएर गड्याम गड्याम चपाए जस्तो मजा आयो छोरा ।’ मैले खुसी हुँदै भनेँ ।
मैले छोरालाई थप हौसला दिँदै भनेँ, ‘नेपालको सबैभन्दा ठूलो र भरपर्��ो पत्रिकामा छापिएका रचना पढेर त्��सकै अनुसरण गर्दै तिमीले निबन्ध लेख्यौ । यसरी नै लेख्दै जाऊ । यसबाट नेपाली भाषा समृद्ध हुनेछ । यसले नेपाली भाषाको विकास र प्रवर्द्धनमा ठूलो योगदान गर्नेछ । अंग्रेजी भाषाका शब्दहरूलाई नेपाली रचनाहरूमा यसैगरी ह्वार कि ह्वार खन्याएर आफ्नै पारी नेपाली भाषालाई यसरी नै अत्याधुनिक र समृद्ध पार्नुपर्छ । बिस्तारै एक हजार शब्द भएको नेपाली रचनामा आठ सय अंग्रेजी दुई सय नेपाली पुर्‍याउँदै केही वर्षपछि शतप्रतिशत अंग्रेजी शब्द भएको नेपाली पत्रिका निकाल्नुपर्छ । कथाले यही माग्न थालेछ । कथाले मागेपछि दिनैपर्छ । त्यो पत्रिकाले त्यतिकै यस्तो भाषालाई प्रोत्साहन गरेको पक्कै होइन, कथाले मागेर नै गरेको हो । कथाले मागे पछि कसको के लाग्छ ? लौ, त्यो एस्से पूरा गर र सेन्ड गर, पब्लिस नहुने कुरै छैन । गुडनाइट माइ डियर !’
0 notes
galidisawar · 7 months ago
Text
Gali Disawar Mix Satta Result Record of April 2024 ( गली दिसावर मिक्स सट्टा रिजल्ट )
Gali Disawar Mix Satta Result Record and Monthly Satta Chart of April 2024 With Combined Chart of Gali, Desawar, Ghaziabad, Faridabad, Satta King Result & Satta King Chart.
Tumblr media
0 notes
secretdragonobject · 7 months ago
Text
Gali Disawar Mix Satta Result Record of April 2024 ( गली दिसावर मिक्स सट्टा रिजल्ट )
1 note · View note
galidisawar · 9 months ago
Text
गली दिसावर मिक्स सट्टा परिणाम 2024 गली, देसावर, गाजियाबाद और फरीदाबाद के साथ
गली दिसावर मिक्स सट्टा परिणाम 2024 गली, देसावर, गाजियाबाद, फ़रीदाबाद और गली दिवासर मिक्स के श्री गणेश के संयुक्त चार्ट के साथ नवीनतम अपडेट।
0 notes
galidisawar · 9 months ago
Text
गली दिसावर मिक्स सट्टा परिणाम 2024 गली, देसावर, गाजियाबाद, फ़रीदाबाद और गली दिवासर मिक्स के श्री गणेश के संयुक्त चार्ट के साथ नवीनतम अपडेट।
0 notes
galidisawarmix · 9 months ago
Text
Gali Disawar Mix Satta Result (गली दिसावर मिक्स सट्टा रिजल्ट)
Gali Disawar Mix Satta Result and Monthly Satta Chart of 2024 With Combined Chart of Gali, Desawar, Ghaziabad, Faridabad, Satta King Result & Satta King Chart.
0 notes
galidisawarmix · 9 months ago
Text
1 note · View note