#माओवादी नेत्री शर्मा
Explore tagged Tumblr posts
Text
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा
तिलोत्तमा, १६ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गर्नुभयो । बुटवलमा आज आयोजित…
View On WordPress
0 notes
Text
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा
नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गर्नुभयो । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले…
View On WordPress
0 notes
Text
यी हुन काठमाडौँमा मेलम्ची खानेपानी ल्याउने मन्त्री बिना मगर (भिडियोसहित)
यी हुन काठमाडौँमा मेलम्ची खानेपानी ल्याउने मन्त्री बिना मगर (भिडियोसहित)
चैत ३, काठमाडौँ : पहिलो पटक सुदूरपश्चिम अर्थात हालको प्रदेश ७ बाट एक जना महिला क्याविनेट मन्त्री बन्नु भएको हो । नेकपा माओवादी केन्द्रकी नेत्री एवं कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतान्तरले विजयी सांसद बीना मगर केपी शर्मा ओली नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट पहिलो क्याविनेट मन्त्री बन्नु भएको हो । शुक्रबार तेस्रो पटक विस्तारी मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट ओली सरकारमा मगर…
View On WordPress
0 notes
Photo
निर्वाचन गराउन नागरिक समाजले दबाब दिनुपर्ने पाल्पा, १७ वैशाख । बीस वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका समस्या बर्सेनि बढेकाले स्थानीय तहको निर्वाचन सार्ने र टार्ने काम रोकेर देशलाई निर्वाचनमय हुन सबै क्षेत्रबाट अग्रसरता देखाउनुपर्ने बताएका छन् । पाल्पा विकास केन्द्रको आयोजना र सामाजिक संवादका लागि सहकार्यको सहयोगमा तानसेनमा शनिबार ‘स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका’ विषयक संवाद कार्यक्रममा निर्वाचन छिटो छरितो रुपमा गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य वसन्त शर्मा (कुशल)ले नागरिक समाजले स्थानीय तहको अधिकार र कर्तव्यका बारेमा मतदाता बुझाउन सकेको अवस्थामा निर्वाचनको महत्व नागरिक तहमा अझ बढ्ने बताउनुभयो । नेकपा (एमाले)का केन्द्रीय लेखा विभाग सदस्य धनेन्द्रराज घिमिरेले स्थानीय तहको निर्वाचनमा दुई चरणमा भए पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न भएमा नागरिकका अधिकार सुनिश्चित हुने विचार व्यक्त गर्नु भयो । रापप्राका जिल्ला अध्यक्ष डुवबहादुर कुँवरले सबै दल मिलेर स्थानीय निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभयो । नागरिक समाज पाल्पाका सचिव भेषराज सुवेदीले लामो समय स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा गुज्रिरहेकाले स्थानीय निर्वाचनको विकल्प नै नभएको बताउनुभयो । नेपाल नागरिक समाज, पाल्पाका पुष्कर रेग्मीले मतदाता शिक्षालाई निरन्तरता दिई मतदातालाई सचेत बनाउन सहयोग पुग्ने र सरकारलाई निर्वाचन गराउन दबाब दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री गङ्गा पौडेल, लालु राना, सुनिता शर्मा, कानुन व्यवसायी नारायण बस्याल, गीता शर्माले सरकारले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका विषयक कार्यपत्र पत्रकार तिलक पाठकले प्रस्तुत गर्नुभएको थियो । स्थानीय निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न नागरिक तहबाट दबाब सिर्जना गर्नुपर्ने केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले बताउनुभयो । रासस
0 notes
Photo
‘उपप्रमुख’ मै अधिकांश महिलाको दाबी दाङ, १८ चैत । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था गरेको छ । ऐनको सो व्यवस्थाले महिलालाई स्थानीय तहको प्रमुख पदमा पुग्ने ढोका त खोलिदियो, तर महिलाले भने तीमध्ये दोस्रो पदमा नै आफ्नो दाबी गरिरहेका छन् । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो दाबी प्रस्तुत गर्ने महिलामध्ये अधिकांशले उपाध्यक्ष र उपप्रमुखमै दाबी गरिरहेका छन् । औपचारिक कार्यक्रममा बोल्ने महिला नेत्री प्रमुख नेतृत्वका लागि योग्य भएको दाबी गर्दैआए पनि नेतृत्व नै पाउनेमा भने ढुक्क बन्न सकेका छैनन् । “नेतृत्व नै माग गरेर पार्टीमा लबिङ भएको छ,” तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदका लागि नेपाली काँग्रेसको तर्फबाट दाबेदार बनेकी सुष्मा गिरीले भन्नुभयो – “महिलालाई नै प्रमुख पदमा टिकट दिन्छन् भनेमा ढुक्क हुने अवस्था छैन । त्यही भएर मैले उपप्रमुखमा दाबी गरेकी छु ।” जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । ती स्थानीय तहमा १०० वडा छन् । ऐनअनुसार ती स्थानीय तहबाट २०० जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । जिल्लामा २७ वटा राजनीतिक दल निर्वाचनमा सहभागि हुने छन् । पार्टीका सङ्गठनमा समावेशी बनाउन मात्रै महिलालाई राख्ने, क्रियाशील भूमिका÷पद नदिने तथा निर्णायक अधिकार प्रयोग गर्ने स्थानमा महिलालाई भूमिका नदिने मानसिकता अझै बाँकी रहेकाले महिलाले स्थानीय निकायको प्रमुख पदमा दाबी गर्न नसकेका विभिन्न पार्टीका महिला नेत्री बताउँछन् । । “महिलाले प्रमुखमै दाबी गर्ने हो,” एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका शान्ता चौधरीले भन्नुभयो – “अधिकार प्राप्तिका लागि भोलि सहज हुन्छ ।” काँग्रेस नेत्री तथा जिल्ला कोषाध्यक्ष सावित्रा राना पार्टीले सबै कुरामा ध्यान दिएर उम्मेदवारको टुङ्गो लगाउँदा महिलालाई उपप्रमुख नै दिन सक्ने सम्भावना रहेको बताउनुहुन्छ । “नेतृत्व धान्न हामी महिला योग्य हुँदाहुँदै पनि केही कुरामा समझौता गर्नुपर्ने अवस्था अझै छ,” रानाले भन्नुभयो – “महिलालाई नेतृत्व दिन अझै समाज तयार छैन । यो विडम्बनासँग हामी जुझिरहेका छौँ ।” स्थानीय तहको निर्वाचनमा हरेक वडाबाट एकजना वडाध्यक्ष र चारजना सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसमा दलित र खुला गरी दुई महिला अनिवार्य छ । “महिला सहभागिता सुनिश्चित गर��ँदा महिला जागेका छन्”, रानाले भन्नुभयो – “महिलाको उत्साहलाई समाज रुपान्तरणमा लगाउन सक्नुपर्छ ।” एमाले नेत्री चौधरी महिला प्रतिनिधित्वको सुनिश्चितताले महिलामा उत्साह र काम गर्ने जाँगर थपिएको बताउनुहुन्छ । “महिलाले नेतृत्व गर्नै सक्दैनन् भन्ने बझाइ गलत हो । त्यसलाई हटाउन यो निर्वाचन एउटा अवसर हो ।” नेपाल महिला सङ्घ क्षेत्र नं ३ का अध्यक्ष जानका केसी महिलाले आत्मविश्वास बलियो बनाउँदै स्थानीय निर्वाचनलाई सदुपयोग गर्नसक्नु पर्नेमा जोड दिनुहुन्छ । “महिलाले काम गर्न सक्दारहेछन् भन्ने सन्देश दिएर महिला नेतृत्व स्वीकार गर्न तयार नहुने समुदायलाई व्यवहारबाट उनीहरुको सोच परिवर्तन गर्न लगाउन भूमिका खेल्ने अवसर पनि यो निर्वाचन हो,” उहाँले भन्नुभयो । नेपाली काँग्रेसबाट घोराही उपमहानगरपालिकाको उपप्रमुख पदमा सावित्रा राना, जानका केसी, सुशीला थापा, गोमा रावत, बिना विसी, निरजा पोख्रेल, सुशीला पौडेल, बालिका लम्साल, कृष्णा राना, द्रोपदा न्यौपानेलगायतले दाबी गर्दै आउनुभएको छ । नेकपा एमालेबाट सीता न्यौपाने, आश्मा चौधरी, हिरा पुनलगायत उपप्रमुखको दौडमा छन् । नेकपा (माओवादी केन्द्र)बाट भीमकुमारी बाढा उपप्रमुखको दौडमा हुनुहुन्छ । यस्तै तुलसीपुर उपमहानगरपालिकामा काँग्रेसबाट सुष्मा गिरी, कमला सापकोटा, पवित्रा धिताल, देवका नेपाली, देवा डाँगी, चित्रा गिरीलगायत तथा एमालेबाट माया आचार्य, रेखा शर्मा विक, भगवती बस्याल, तारा देवकोटालगायतले दाबी गर्नुभएको छ । रासस
0 notes