#मन भरिया
Explore tagged Tumblr posts
Text
VIDEO: दिल्ली मेट्रो में स्कूल गर्ल्स ने गिटार बजाते हुए गाया 'मन भरिया' सॉन्ग, देखते रह गए लोग
VIDEO: दिल्ली मेट्रो में स्कूल गर्ल्स ने गिटार बजाते हुए गाया ‘मन भरिया’ सॉन्ग, देखते रह गए लोग
School Girl Sings On Guitar: गाना सुनना या गुनगुनाना भला किसे पसंद नहीं होगा. वो भी तब जब आप सफर में हो, तो यह पल और भी सुहाना हो जाता है. सोशल मीडिया पर अक्सर लोगों के ऐसे वीडियोज सामने आते रहते हैं, जिसमें कुछ लोग बस, ट्रेन या फिर राह चलते कोई गाना गुनगुनाते वायरल हो जाते हैं. हाल ही में एक ऐसा ही वीडियो सामने आया है, जिसमें दिल्ली मेट्रो के अंदर स्कूल ड्रेस में बैठे तीन बच्चे गिटार पर ‘मन…
View On WordPress
0 notes
Text
खतरों के खिलाडी 12 स्टार शिवांगी जोशी आणि जन्नत जुबैर एकत्र पोझ देत आहेत - सोनू सूद टीव्हीवर परतण्याच्या तयारीत आहे, तारक मेहता का उल्टा चष्मा या अभिनेत्रीला आर्थिक संकटाचा सामना करावा लागला आहे.
खतरों के खिलाडी 12 स्टार शिवांगी जोशी आणि जन्नत जुबैर एकत्र पोझ देत आहेत – सोनू सूद टीव्हीवर परतण्याच्या तयारीत आहे, तारक मेहता का उल्टा चष्मा या अभिनेत्रीला आर्थिक संकटाचा सामना करावा लागला आहे.
टॉप 5 टीव्ही मालिकेतील नवीनतम टीव्ही ट्विस्ट: छोट्या पडद्यावर कोणतीही क्रिया होऊ शकत नाही. बॉलिवूड सेलिब्रिटींपेक्षा टीव्ही स्टार्स जास्त चर्चेत असतात. आजही सोशल मीडियावर टीव्ही स्टार्सची नावं वाजत आहेत. आज जन्नत जुबेर आणि शिवांगी जोशी यांच्या फोटोंनी सोशल मीडियावर खळबळ उडवून दिली आहे. दुसरीकडे, सोनू सूद टीव्हीवर परतण्याचा विचार करत आहे. तारक मेहता का उल्टा चष्मा या मालिकेतील स्टार पलक सिंधवानीने…
View On WordPress
#अंकिता बहुगुणा#आज टीव्ही बातम्या#खतरों के खिलाडी १२#जन्नत जुबेर#झलक दिखला जा 10#टीव्ही#टीव्ही गप्पाटप्पा#टीव्ही गॉसिप#टीव्ही बातम्या#टीव्ही मालिका#ताज्या टीव्ही बातम्या#दिवसाच्या टीव्ही बातम्या#दिवसातील टॉप 5 बातम्या#पंड्या स्टोअर#पलक सिंधवानी#बी प्राक#मन भरिया#मनोरंजन बातम्या#शिवांगी जोशी#सोनू सूद
0 notes
Text
मुखौटो उतार्न
फाल्गुन ७, २०७५ भूषिता वशिष्ठ
काठमाडौँ — यज्ञश दाइले युवा नाटयकर्मीका रूपमा केही लेख्न भन्दा मैले झट्ट हुन्छ भन्न सकिनँ । कहिलेकाहीँ मलाई लाग्छ, जिन्दगी एउटा विश��ल ‘म्युजिकल चियर’ खेल हो । यहाँ असंख्य कुर्सीहरू छन्, असंख्य कुर्सीहरूमा असंख्य लेबलहरू छन्– भरिया, डाक्टर, सूचीकार, पत्रकार, कलाकार, फलानाकार, ढिस्कानाकार, यावत् यावत् ।
पाश्र्वमा कलाचक्रको अनवरत धुन बजिरहेको छ । निमेषभरलाई झयाप्प धुन बन्द हुन्छ अनि हामी थपक्क नजिकको कुर्सीमा बस्न पुग्छौं । कहिलेकाहीँ त्यो कुर्सी हाम्रो रोजाइको पर्न जान्छ, कहिलेकाहीं अरुचिपूर्ण पनि हुन सक्छ । एउटै मान्छे कहिले सन्तको कुर्सीमा बस्न जान्छ, कहिले सैतानको ।
म आफैं अनेकन बार अनेकन कुर्सीहरूमा बसिसकेकी छु । त्यसैले मलाई यी लेबलहरूमाथि त्यति गहिरोआस्था छैन । काकतालीले यसपालि झयाप्प धुन बन्द भएको बेलामा म बसेको कुर्सी नाटयकर्मीको परेछ । हैन, हैन यसपालि म कुर्सीमा हैन काउचमा बस्न पुगिछु, कालो सिन्थेटिक छालाले मोरेको काउच, जहाँ मसँगै बसेका थिए नीर शाह, हरिहर शर्मा, कुमार नगरकोटी र घिमिरे युवराज ।
बाहिर शिशिरको सिरेटो सुसाउँदो थियो । बेलाबेलामा पोलेको मासुको हरकले कोठा भरिन्थ्यो । युवराज दाइबाहेक सबैलाई म पहिलोपटक भेट्दै थिएँ । नीर शाह र हरिहर शर्मा कसैको मलामी गएर आर्यघाटबाट आउँदै थिए, नगरकोटी मानौं आर्यघाटमै धुनी रमाउने अघोरी थिए ।
कालो कफी मगाउँदै नगरकोटीले भने, ‘ब्ल्याक कफी पिउने मान्छेको मन ब्ल्याक हुन्छ ।’ हाँसोको फोहरा छुटयो । ‘एउटा सेकुवा सेट,’ युवराज दाइले भने । हामी बत्तीसपुतलीस्थित बाजेको सेकुवाको तेस्रो तल्लाको उत्तरी प्रकोष्ठको काउचमा बस्न पुगेका रहेछौं ।
‘अब स्क्रिप्ट पढौं,’ कफीको चुस्की लिँदै नगरकोटीले भने । काउचमुनि पातलो कपडाको जुत्ताभित्र मेरा पैताला बाफिला हुन थालेका थिए । पाण्डुलिपिको कापबाट धूवाँधूवाँजस्ता आकृतिहरू निस्किएर सल्बलाउन थाले । यो कुहिरोमा हरिहर शर्माको शरीर बिस्तारै बाफिएर उड्दै थियो । एकैछिनमा त्यो बाफिँदो आकृतिले मयलपोस पहिरियो र बिलायो । उनको ठाउँमा निकोटिन मिश्रित धूवाँ उडाउँदै ब्रजेश खनाल आएर बसेका थिए । त्यत्तिकैमा एउटी आकृति मेरै छेउमा आएर बसी । आफ्नो चिल्लो तालुमा हत्केला खेलाउँदै उसले भनी, ‘म अनिद्रा ।’
म झसंग भएँ । त्यो बाटुलो मुडुलो टाउकोमुनि मेरै अनुहार थियो । मेरो मुटु ढुकढुक गर्न थाल्यो । मैले अन��कन जतन गरेर लुकाएका नीलडाम उसले खुलेआम पहिरिएकी थिई । ती सिक्रीहरू जसलाई म जसोतसो कपडाले छोपेर हिँड्थें, ऊ निर्वस्त्र ती सिक्रीहरू पहिरेर बसेकी थिई । उसको नांगा नितम्बमा रगतका बाछिटा थिए– उसको पाठेघरमा बाथटब फुटेको थियो वा नि:शब्द शमशेरको रगतले उसको आङ भिजेको थियो मैले सोध्नै सकिनँ । कताकता मनको कुन कुनामा हो गुलाम अली अस्पष्ट स्वरमा गाउँदै थिए–
‘दिलका लुटनेका सबब ना पुछो सब के सामने,नाम आएगा तुम्हारा ये कहानी फिर सही है ।’
मिटुको जमानामा धेरैलाई यो रुमानी आदर्श असंगत लाग्न सक्छ। तर, मलाई न्याय र अन्याय, शोषक र शासितलाई छुट्याउने रेखा पानीको छाल झैं तरल र तिलष्मी लाग्छ।बाइबलमा एउटा कथा छ– एक समय इशु कुनै गाउँ भएर गुज्रिँदै थिए । गाउँको बीचमा परपुरुष गमनको आरोपमा एउटी महिलालाई सामूहिक रूपमा ढुंगा हानेर मृत्युदण्ड दिइँदै रहेछ । गाउँलेहरूले इशुलाई पनि ढुंगा हान्न उक्साए तर गहिरो करुणाले अभिभूत हुँदै उनले महिलाको पक्षमा वकालत गरे । गाउँलेहरू उल्टै खनिएर महिला पापी भएको जिकिर गरे । त्यसपछि इशुले भने, ‘ती व्यक्तिले मात्रै यी महिलालाई ढुंगा हानून् जसले कर्ममा मात्र हैन विचारमा पनि कुनै पापपूर्ण कृत्य चिताएको छैन ।’ कहानीअनुसार त्यसपछि कसैले ढुंगा उठाउने साहस गर्न सकेन । निश्चित रूपमा एउटा सानो सहरबाट आफ्नो पहिचान बनाउन राजधानी आएका कैयन् युवतीले झैं मैले पनि यो सहरको बीभत्सतम् चेहरा देखेकी छु । तर, मनोविज्ञानका विद्यार्थीका हिसाबले हेर्दा मलाई ‘मान्छे कस्तो हुनुपर्छ’ भन्ने आदर्शवादी दृष्टिकोणभन्दा ‘मान्छे कस्तो छ’ भन्ने जिज्ञासा ज्यादा विचारणीय लाग्छ । यसरी हेर्दा कतिपय अवस्थामा मैले शोषितको भूमिका निभाएँ पनि । कतिपय स्थितिमा मैले पनि आफूमुनिकालाई शोषण गरेकी छु । मलाई जति आफू शोषित भएकामा पीडा हुन्छ, त्यति नै उदेक आफूभित्रको शासकीय वृत्तिलाई देखेर हुन्छ ।
फेरि शासन गर्न चाहनु र शोषित हुन चाहनु हाम्रो मनोविज्ञानका आधारभूत लक्षण हुन् । गहिरो प्रेममा पर्दा व्यक्तिले या त सम्पूर्ण रूपमा आफूलाई सुम्पिएर वा सम्पूर्ण रूपमा अर्को व्यक्तिको जिम्मेवारी बहन गरेर प्रेम अभिव्यक्त गर्दछन् ।
कतिपय स्थितिमा आफ्नै मनोविज्ञान नबुझ्नाले हामी बिस्तारै सम्बन्��को त्यो चक्रब्यूहमा फस्छौं, जहाँबाट हामीलाई आघात पुग्न थाल्छ । ममाथि घटेका कतिपय शोषणका किस्सालाई विश्लेषण गर्दा पाउँछु, मैले प्रेमको नाममा केवल रुग्णता मात्रै जानेकी थिएँ । बाल्यकालदेखि नै प्रेमप्रतिको हाम्रो धारणा नकारात्मक हुन्छ । जिन्दगीको तिक्तताले रन्थनिएर क्लेस र सम्झौतामा जेलिएका सम्बन्धहरूको देखासिकी गर्दै मैले माया गर्न सिकें । ठूलो हुँदै जाँदा जहाँ क्लेस र सम्झौता हुँदैनथ्यो, त्यहाँ मलाई प्रेम नै हुँदैनजस्तो लाग्थ्यो । म जानीजानी प्रेमका नाममा त्यो अन्तरंग दु:ख खोज्दै हिँड्थें ।
त्यसैले मलाई थाहा थियो मिटुको ढुंगा उठाउनुअघि मैले आफैंभित्रका रुग्णतालाई बुझ्न र रेचन गर्न जरुरी थियो । बाथटब यही रेचनको गहिरो प्रयोग सावित भयो ।
अनिद्रा जसरी सपना र विपनाको दसगजामा उभिएकी छ, त्यसैगरी ऊ महिला र पुरुषबीचको पनि सन्धिकालजस्तो लाग्छे मलाई । उसमा बालसुलभ चाञ्चल्य त छ नै, साथै हयाम्लेटको विषदा र दर्शन पनि छ । जति उसमा स्त्रीसुलभ लयात्मकता छ, त्यति नै पुरुषगत दृढता पनि । यो मानेमा अनिद्रा न स्वास्नी मान्छे हो, न लोग्नेमान्छे– ऊ एउटा सिंगो मान्छे हो । कपाल फालेर मुडुलो भएको दिन मेरो मुखौटाको एउटा पत्र पखालिएर गयो । ऐनाबाट मलाई हेरिरहेको अनुहार हिजोजस्तो ‘सुन्दर’ र ‘स्त्रैण’ थिएन । त्यो अनुहार लोग्ने मान्छेको पनि हुन सक्थ्यो तर म त स्वास्नी मान्छे नै थिएँ । कि हैन ? म को थिएँ ? रटाइएका लिंगगत पहिचानका सबै प्रारूप नष्ट गरेमा हामी को हुन्छौं ? मलाई ऐना हेरेर बेस्सरी रुन मन लाग्यो । म पखालिँदै थिएँ, एकपछि अर्को मुखौटो मेटिँदै थियो । मेटिँदै गरेका मुखौटो शोषितको पनि थियो र शाषकको पनि । म नाटयकर्मी हैन । म त निजत्वको खोजमा निस्किएको अनाम पात्र हुँ । तर, जिन्दगीको सम्मोहन यति गहिरो छ कि हाम्रा सारा व्यक्तित्वका खोल केवल मुखौटो हो भनेर बुझ्न एउटा सानो नाटकघरको सेटमा छिर्नुपर्दो रहेछ । नाटक गरिरहँदा मलाई थाहा भयो, चरित्र निर्वाह गर्नु मानिसको नियति हो तर निर्वाह गरिरहेको चरित्रभन्दा बाहिर पनि हाम्रो अस्तित्व छ । अरूले निर्धारण गरेका भाष्यहरूभन्दा पर पनि हाम्रो निजत्व छ ।
नाटक गरिरहँदा मलाई थाहा भयो चरित्र निर्वाह गर्नु मानिसको नियति हो तर निर्वाह गरिरहेको चरित्रभन्दा बाहिर पनि हाम्रो अस्तित्व छ ।
https://www.kantipurdaily.com/feature/2019/02/19/155057100431448011.html
4 notes
·
View notes
Text
साधु भाई ज्ञान घटा झुक आया भजन लिरिक्स | Sadhu Bhai Gyan Ghata Jhuk Aaya Bhajan Lyrics
साधु भाई ज्ञान घटा झुक आया भजन लिरिक्स | Sadhu Bhai Gyan Ghata Jhuk Aaya Bhajan Lyrics
साधु भाई ज्ञान घटा झुक आया भजन लिरिक्स, Sadhu Bhai Gyan Ghata Jhuk Aaya marwadi desi nirguni bhajan lyrics ।। दोहा ।। माया मरी न मन मरा, मर मर गया शरीर। आशा तृष्णा ना मरी, कह गये दास कबीर॥ ~ ज्ञान घटा झुक आया ~ भरम करम व्यापे नहीं कबहुँ , गुरु से गुरु गम पाया। साधु भाई ज्ञान घटा झुक आया। बादल बीज बिना नित बरसे , स्वाति बून्द झड़ लाया। धरण गगण बिच अमृत भरिया , सो रस गूंगे पाया। साधु भाई ज्ञान…
View On WordPress
#marwadi desi nirguni bhajan lyrics#mohan ji malkhat bhajan#Sadhu Bhai Gyan Ghata Jhuk Aaya Bhajan Lyrics#पुराने देसी निर्गुणी भजन लिरिक्स#साधु भाई ज्ञान घटा झुक आया भजन लिरिक्स
0 notes
Video
youtube
मन भरिया 2.0 बी पार्क शेरशाह गाणे शॉर्ट्स व्हॉट्सअॅप स्टेटस एडिटिंग व्ही ...
0 notes
Quote
आमाको बारेमा धेरै लेखिए कथा, कविता र वेदना । तर लेखिएनन् यहाँ बाबुका संघर्ष अनि ती अनुहारमा सलबलाएका पीडा र वेदना । के हामी सन्तानले पढ्न नसके कै हौ त ? सन्तानका लागि बाबुको अनुहारमा झल्किएका प्रेमका भावहरुलाई ? यस्तो हो भने यो गलत हो । सन्तानले आफूप्रति आमा बाबुले गरेको कर्तव्य र संघर्षलाई सम्मान र महसुश गर्न सक्नुपर्छ । त्यस्तो गर्न सकिएन भने हामी सन्तान भएको व्यर्थ हुनेछ । आमाको माया र बाबुको संघर्ष बिना हाम्रो भविष्यले कुनै बाटो निर्धारण गर्न सक्दैन । भनिन्छ–आमाको फुटेको खुट्टा र बाबुको फाटेको जुत्ता हेरेर कहिल्यै पनि हेला नगर्नु त्यो सब हाम्रो लागि संघर्ष गर्दा उहाँहरुले पाउनु भएको एउटा मिठो र तितो सत्य हो । बाबु भनेका घरका जग हुन् । जग बिनाको घरको कल्पना पनि गर्न सकिदैन । जसोतसो टेका लगाएर बसेपनि मनमा सधैं चिन्ता रहन्छ । भोली के होला भनेर त्यसैले बाबु भनेको बुबा नै हुन् । आफ्ना सन्तानका लागि कहिले घोडा बन्छन् त कहिले भरिया बनिदिन्छ्न् । त्यसैमा आफू खुशी भएको महसुश गर्छन् । मुखले व्यक्त गर्दैनन् भावना तर सन्तानलाई असिम माया गर्छन् बुबाले । त्यसैले बुवा आमा दुईमा कसको बढी माया लाग्छ भनेर बच्चालाई हामीले कहिल्यै नसोधौ । किनकी सन्तानको लागि दुबै उत्तिकै महत्वपूर्ण हुनुहुन्छ । हामीले दुइमा एक विना जीवनको कल्पना पनि गर्न सक्दैनौ । आमाले माया दिन्छिन् भने बुबाले साहारा दिन्छन् । त्यसैले सन्तान जन्माउन, हुर्काउन, पढाउन जति आमाको भूमिका हुन्छ । त्यति नै एउटा बाबुको पनि जिम्मेवारी र कर्तव्य हुन्छ । यसलाई इमानदारीका साथ बाबुले निभाएका हुन्छन् । अपवादमा कोही त्यस्ता नहोलान् । तर सबैलाई एउटै ठाँउमा राखेर हेर्दा ती बाबुहरुप्रति अन्याय हुन्छ । जसले आफ्नो सम्पूर्ण जीवन एउटा सन्तानको उन्नती, प्रगतिका लागि सुम्पेको हुन्छ । आमाले माया र संस्कार सिकाउछिन् भने बाबुले सन्तानको कर्तव्य र ��िम्मेवारी बोध गराउछ्न् । एउटा जिम्मेवार श्रीमान र बाबु सधैं आफ्नो परिवार सन्तानप्रति चिन्तित हुन्छ । उनीहरुको भविष्यलाई लिएर आफ्नो सपनाहरू सजाएको हुन्छ । आफ्नो परिवार सुखी र खुसी राख्नका लागि बाबुले आफ्नो कयौं खुसी गुमाउनु परेको हुन्छ । कतिको चाकरी र गुलामी गर्नुपर्नेछ । यो हामी घरमा बसेर कल्पना गर्न सक्दैनौ । जर्ज हबटले भनेका छ्न्–‘एउटा बाबा महान हुन्छन् सयौ शिक्षक भन्दा’ यसको मतलब आफ्ना सन्तानको लागि एक बुबाको संघर्ष नै काफी हुन्छ भन्नू हो । अहिलेको एक्काइसौं शताब्दीका छोराछोरीलाई हुर्काउन र उनीहरुको इच्छा पूरा गर्न त झन् कहाँ सजिलो छ ? बदलिदो युगसँगै छोराछोरीका रहर इच्छा पनि बदलिन्छन् । नबदलिने त केबल आमा बाबुको माया मात्रै जो सधैं एकैनाश रहिरहन्छ । हाम्रो सामाजिक परिवेश र संस्कार अनुसार छोराछोरीमा अहिले पनि केही कुरामा विभेद त छ । यसलाइ सजिलै निर्मूल पार्न सकिन्न । तर एउटा बाबुले आफ्नो सन्तानलाई गर्ने मायामा भने त्यस्तो हुदैन जस्तो लाग्छ । बाबुमा मायाको अदृश्य शक्ति लुकेको हुन्छ । त्यसलाई उनले शब्दमा व्यक्त गर्न सकेका हुदैनन् । आफ्नो काम र जिम्मेवारीलाई सधैं निभाउछ्न् । यसै क्रममा श्रीमती र छोराछोरीको सुन्दर भविष्य बनाउने सपना बोकेर विदेश हाकिन्छ्न् । कयौ बाबुहरुको यो रहर नभएर उनीहरुको बाँध्यता हो । आफ्नो जिम्मेवारी जसरी पनि पूरा गर्ने अठोटका साथ परदेशिएका बाबुहरु त्यो परदेशको भूमिमा आफ्नो ज्यानको बाजी थापेर काम गर्छन् । न चैतको हुरि वतास भन्छन् न त पुष माघको चिसो यसरी काम गर्ने क्रममा कति बाकसमा आउछन् त कति आफ्नो सम्पूर्ण शक्ति बिदेशमा सकेर रोगी बनी फर्कन्छ्न् । भन्नुको मतलब आफ्नो सन्तानप्रति आमा बाबुको बराबरी भूमिका रहन्छ र दुबैले त्यो पूरा गरिरहेका हुन्छन् । त्यसैले हामीले आमालाई धर्ती भनिरहदा बाबुलाई आकाश भन्न सक्नु पर्छ जस्तो लाग्छ । मेरो परिवारमा त हामीले बुवासँग आफ्नो बालापनको लामो समय उहाँको न्यानो काखमा बिताउन त पाएनौ श्र सायद त्यही भएर पनि होला बुबाको साथको यति धेरै महत्व भएको । हामी माथि दैब पनि निष्ठुरी बनिदिए । तर जति पनि साथ बितायौ । ती सधैं यादगार रहे । माया र प्रेमका साथमा बिते । हामीलाई यो महसुश भएन कि बुबाले हामीलाई आमा भन्दा कम माया गर्नुहुन्छ । अझै हामीलाई लाग्यो बुबाले हामीलाई सबैभन्दा धेरै माया गर्नुहुन्छ भनेर गर्नु पनि हुन्थ्यो । हामी धेरै भन्दा धेरै समय बुबासँगै बिताउन चाहान्थ्यौ । उहाँको कार्यालयबाट आउने समय कुरेर बस्थ्यौ । उहाँले ल्याइदिनु भएको मिठाई खान र उहाँसगै बस्न किनकी माया नै त्यति धेरै गर्नुहुन्थ्यो । ��हाँले हामी त बच्चा न पर्यौ । जसले माया गर्छ उसैको नजिक । कमै छोराछोरी हुन्छन् जो आमाको भन्दा बाबाको काखमा खुसी हुन्छन् । हामी त्यहीं थोरै भित्र पर्दथ्यौ । होला सायद,यसको मतलब आमाले माया नगरेर होइन । आमा भन्नुहुन्थ्यो–छोरी मान्छेले घरको सबै काम गर्नुपर्छ । तर बुवा यो सबको बिरोध गर्नुहुन्थ्यो । उहाँलाई त्यस्ता कुरा मन पर्दैन्थ्यो । छोरीले मात्रै घरको काम गर्नुपर्छ भन्ने हुदैन भन्नुहुन्थ्यो । बुवा भ्याएसम्म घरको काममा आमालाई सघाउने पनि गर्नुहुन्थ्यो । यो काम महिलाले गर्ने या पुरुषले भनेर कहिल्यै पनि छुट्टयाउनु भएन । उहाँको लागि काममा विभेद भएन । हामीलाई पनि घरको काम छोरीले गर्नै पर्छ भनेर भन्नु भएन । त्यसकारण पनि हामी बुवासँग नजिक हुन्थ्यौ । उहाँले काखमा राखेर काम गर्नु पर्दैन पढ भनेर जोगाउनु हुन्थ्यो ।हामी त बच्चा उसै मख्ख । त्यति मात्रै होइन, हामी स्कुलमा जादा सधैं हाम्रो कपाल कोरीबाटी गरि पठाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो–बेलुका सम्म यस्तै सफा बस्नु भनेर उहाँलाई छोरीहरुलाइ सधैं सफा राख्न मन पर्दथ्यो । राम्रो बनाउन मन पर्दथ्यो । तर यो सपना आधा अधुरै रह्यो । अहिले हाम्रो बुवा हामी सामु हुनुहुन्न । तर मलाई बिश्वास छ–उहाँले स्वर्गबाट हामीलाई हेरिरहनु भएको छ र उहाँको आशीर्वाद हामीलाई सधैं रहने छ । बुबाको यस्तै यस्तै मायाको कारणले नि होला मैले आमा बुबाको मायामा खासै फरक देख्दिन । हामीले फरक पनि पाएनौ । मैले किन यस्तो भनेको भन्दा सन्तानको परिकल्पना र लालनपालनमा बुवाको पनि उत्तिकै भूमिका हुन्छ । जति आमाको हुन्छ । कोही कोहीले नगर्लान बेइमानी होलान् । तर इमान्दार बुबाले आफ्नो भूमिका र जिम्मेवारीबाट कहिले पनि अलग रहन सक्दैन र रहदैनन् । बाबुलाई हामील्े आमाको सौभाग्य र नागरिकतामा नाम गाँस्नकै लागी मात्रै महत्वपूर्ण नठानौ ।आमाको रंगिन सिउदोसँगै उहाँको खुसी र परिवारको खम्बा हो बुबा । उहाँको सधैं सम्मान गरौं । त्यसकारण जहाँ आमाको भूमिका हुन्छ, त्यहाँ बाबुको पनि उत्तिकै जिम्मेवारी हुन्छ । उहाँको संघर्ष र त्यागलाई गौण नबनाउ । बाबु एउटा देख्न नसकिएको आकाश हो । जसलाई जीवनमा संघर्षसँगै चुनौती पनि त्यत्तिकै छ्न् । आमा बाबु भएर कर्तव्य पूरा गर्न त्यति सजिलो कुरा होइन । त्यो सब हामीलाई थाहा छ । छोराछोरीको स्कुलदेखि घर हँुदै उनीहरुका हरेक आवश्यकता पूरा गर्न एउटा बाबुलाइ के–के सम्म गर्नु पर्दैन होला सोचौ त ? त्यसमाथि अहिलेको आधुनिक युगसँगै उनीहरुको बढ्दै गएका इच्छा चाहनालाई पुरा गर्न झन् कति कठिनाई र व्यवधान हुन्छ, कुरा नगरौं । जबसम्म तपाईं हामी बाबु आमा बन्दैनौ तबसम्म बाबुको अनुहारको झल्किएको सन्तानप्रतिको मायालाई पढ्न सक्दैनौ । सन्तान घरपरिवारका लागि संघर्ष गर्दागर्दै बाबुका कति ��ुसी ��ोसिन्छ्न । यसको कुनै पत्तो हुदैन । बाबुको महत्व र भुमिकालाई ओझेलमा नपारौ । यदि त्यस्तो ��यो भने सन्तानको लागि संघर्ष गर्दा निधारबाट बगेका पसिना हिंड्दै गर्दा फुटेका ती खाली खुट्टा, सन्तानको रहर पूरा गर्दै गर्दा गुम्सिएर मनभित्रै रहेका बाबुका आफ्ना सपना र भारी बोक्दा खुइलिएको त्यो तालुले हामी सन्तानलाई धिक्कार्ने छ । सन्तानको उज्वल भविष्य र प्रगतिका लागि एउटा बाबुको अनुहारमा सामाजिक, आर्थिक चुनौती झल्किएको हुन्छ । सारा दुनियाँसग लड्न सक्ने बुबा आफ्ना सन्तानसँग सधैं हारी दिन्छन् । सन्तानको खुसीका लागि । अन्त्यमा, आमा बुबा भनेका जिउदा भगवान हुन् । सधै सम्मान गरौ, जसरी जीवनका हरेक पाइलामा हामीलाई डोहोर्याउदै अघि बढिरहनु भयो । हामी पनि त्यसरी नै बुढेसकालका साहारा बनौ । सन्तानप्रति जुन आशा र विश्वास छ, त्यसलाई निराशा बन्न नदिऔ । जुन हातले हामीलाई डोहोर्याउनु भयो त्यही हात समाएर वृद्र्धाआश्रममा पुर्याउने काम कदापी नगरौ । सन्तानबाट ठूलो आश हुन्न आमा बाबुको मात्रै उनीहरु सुखी रहुन् उन्नति प्रगति होस् यहि चाहाना हुन्छ । सन्तानले पनि आफ्नो कर्तव्यलाई कहिल्यै पनि बोझ नसम्झौ इमान्दारीका साथमा निभाउ । यही एउटा असल सन्तानको परिचय हुनेछ । आमाको आशिर्वाद बुबाको प्यार कुनै एक बिना जिन्दगी सधैं अन्धकार
0 notes
Photo
सगरमाथा आरोहण : पाइलाको छाप पछ्याउदै खोज्नुपर्छ बाटो सोलुखुम्बु, १० चैत । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला रु ‘फराकिलो, चौडा, ढुङ्गा बिछ््याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् रु’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ । यस क्षेत्रमा पर्यटकका लागि सङ्केत चिन्ह्को समेत व्यवस्था छैन । सङ्केत चिन्ह्को अभावमा कयौँं पर्यटक बाटो बिराएर अन्यत्र समेत पुग्ने गरेको तीतो अनुभव पदयात्री सुनाउँछन् । विदेशी तथा स्वदेशीसमेत गरी वार्षिक एक लाखको हाराहारीमा पदयात्री आउने यस क्षेत्रको बाटो निर्माणका लागि अहिलेसम्म कसैले चासो नदिएको आधारशिविर नजिकैको गोरप्सेपका पेम्बा शेर्पा बताउनुहुन्छ । “पदयात्री हिँड्दाहिँड्दै बनेको पाइलाको छाप नै बाटो हो, अरु कसैले हालसम्म बाटो बनाएका छैननन्,” उहाँले भन्नुभयो । ढुङ्गामाथि टेक्दै हिँड्नु परेकाले एउटा यामका लागि प्रयोग हुने बाटो अर्को याममा पत्ता लगाउन नसकिने शेर्पाको भना�� छ । “एउटै ठाउँबाट हिँड्ने निश्चित बाटो नै छैन, जहाँ मन लाग्यो त्यहीँबाट पदयात्री हिँड्छन्,” उहाँले भन्नुभयो । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा जाने बाटो मात्र होइन, गोरक्सेपदेखि कालापत्थर, दिङबोचेदेखि छुकुङहँुदै आइस्ल्याण्ड पिक जाने बाटो, यस्तै लबुचे हँुदै गोक्यो जाने बाटोको अवस्था पनि यस्तै छ । चोला पास गर्नु अघि र गरेपछि पनि गोक्यो जाने बाटोको अवस्था उस्तै छ । ‘चोला पुग्न त अनुभवी शेर्पाको साथमा मात्र जानुपर्छ, होइन भने कुन बेला कहाँ पुगिन्छ थाहै हुँदैन,” जोङ्लाका आङनुरु शेर्पाले भन्नुभयो । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेमा रहेको अभिलेख अनुसार वार्षिक करिब ३५ हजार विदेशीका साथै उनीहरुका गाईड, भरिया र स्वदेशी पर्यटकसहित एक लाखको हाराहारीमा मानिस सगरमाथा क्षेत्रमा पुग्छन् । यत्तिका धेरै मानिसको आवातजावत हुने यसक्षेत्रको बाटो निर्माण नहुँदा कयौँले बाटो भूल्ने गरेका छन् । “हिउँ परेको बेला सबै भाग उस्तै देखिन्छ, लडेर अङ्गभङ्ग हुने खतरा सधैँ रहन्छ,” आइसफल ट्रेक्स् एन्ड एक्सिपिडिसन्का आरोही सोनाम शेर्पाले भन्नुभयो । पर्यटक हिँड्ने एउटै बाटो भएको भए बिर्सने सम्भावना न्यून हुुनुका साथै सोधेर हिँड्नुपर्ने अवस्था नआउने उहाँको भनाइ छ । सगरमाथाको आरोहण शुल्कबापत उठाएको रकमको एक प्रतिशत मात्र खर्च गर्ने हो भने पनि यस क्षेत्रमा बाटो निर्माण गर्न सकिने खुम्बु रक क्लाइमिङ सेन्टरका अध्यक्ष पानुरु शेर्पाले बताउनुभयो । “रोयल्टी उठाएर सगरमाथा जाने तर बाटो निर्माण नगर्ने रु” शेर्पाले प्रश्न गर्नुभयो । सगरमाथा आरोहण शुल्कबाट सरकारले बर्सेनि रु ३० करोडभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । सगरमाथाको कुल रोयल्टीको ३० प्रतिशत रकम जिल्लाले पाउने गरेको भए पनि खुम्बु क्षेत्रमा खर्च नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरेको पाइएको स्थानीय लाफुटी शेर्पाले बताउनुभयो । “राज्यले आफ्नै क्षेत्रमा रहेको सगरमाथाको रोयल्टी उठाएर स्थानीय विकास निर्माणका लागि विदेशीलाई गुहार्नु परेको छ,” शेर्पाले गुनासो गर्नुभयो । स्थानीय स्वायत्त शासन ऐन र नियमावली अनुसार हिमाल आरोहणबापत राज्यबाट सोलुखुम्बुले प्राप्त गर्नुपर्ने करिब रु ५२ करोड साविकको जिल्ला विकास समितिमा पर्यटन मन्त्रालयले पठाए पनि रु ४० करोडभन्दा बढी रकम काम नगरी थन्किएको छ ।
0 notes
Video
मन भरिया 2.0 / बी पार्क / शेरशाह गाणे शॉर्ट्स व्हाट्सएप स्थिती #vika ...
0 notes
Text
भारी बिसाउन चाहँदैनन् बाघबहादुरहरू
२९ वैशाख, काठमाडौं । भारी बिसाउनुको अर्थ हो– हल्का हुनु, शरीरको बोझ पन्छाउनु । त्यसैले मानिस भारी अर्थात् बोझ बिसाएरै हल्का भएर बस्न चाहन्छ । शरीरमा भारी लिएर बस्न कोही पनि चाहँदैन ।
मानिसहरु भन्छन्– शरीरले मात्र नभएर भारी मनले पनि बोकेको हुन्छ । त्यसैले मनको भारी पनि बिसाएर हल्का महसुस गर्छन् मानिसहरु ।
तर भारी बिसाउन चाहन्नन् बाघबहादुर । बिसाएर पनि के गर्नु ? दिनहुँ भारी नपाए ६७ वर्षीय बाघबहादुर तामाङको छाकै टर्दैन । त्यसैले उनी भारी बिसाएर बस्ने होइन कि सधैँ भारी बोक्न चाहन्छन् । यो उनको नियति हो । तर अहिले शरीरमा भारी छैन । उनलाई भारी दिने बजार बन्द छ । त्यसैले उनको छाक टर्न छोडेको छ ।
उनलाई भारी नहुँदा शरीर हल्का भएजस्तो मात्र भएको हो, भोकले भने मन मस्तिष्क सबै गलाएको छ । शरीरले भारी नपाउँदा मनको भारी झनभन्दा झन् गह्रौं बन्दै गएको छ । यस्तै छ बाघबहादुर र उनका भरिया साथीहरुको दैनिकी ।
भातका गाँस कपाकप मुखमा हाल्दै थिए, बाघबहादुर । भोको पेटमा परेको भोजनको चरम आनन्दले उनको मुहार भित्रैदेखि हासेको देखिन्छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित नवलपुरका तामाङले यति मिठो मुखले भात खाइरहेका थिए कि उनको मुखलेभन्दा शरीरको हाउभाउले नै सुखको सञ्चार गराएको अनुभूति हुन्थ्यो ।
जबजब उनको मुखमा गाँस थपिँदै जान्छ तब उनको मुजैमुजा परेको मुहार दिलैदेखि हाँसेको अनुभूति हुन्छ बाहिरबाट देख्नेलाई । ठूलो सपना छैन बाघबहादुरको अहिले । पेटभर खान पाए पुग्छ । शीरमा नाम्लोले थेप्चिएर कच्याककुचुक परेको ढाका टोपी छ, तर बेलाबेलामा यसो सजिरहनुहुन्छ । वर्षौं पुरानो देखिने स्पोर्टस् जुत्ता, ट्राउजर र ज्याकेट छ शरीरमा । गएको शिशिर ऋतुका सा��द काठमाडौँका कैयौँ चिसा रात यही कपडाले फाल्यो होला ।
काठमाडौँको जोरपाटीमा वर्षौंदेखि भारी बोक्ने बाघबहादुर लकडाउनका कारण काम नपाएपछि संस्थाले दिएको खानाको भरमै छन् । पाए खाने नत्र कोठामा गएर सुत्ने दैनिकी नै भएको छ उनको । काम नहुँदा अचेल उनको टाउकामा नाम्लाको पुरानो दाग मेटिन खोज्दैछन् । आजभोलि थाप्लोले नाम्लोको डाम पाएको छैन । बाघबहादुरको थाप्लोमा नाम्लो नबसेको डेढ महिनाभन्दा बढी भयो । तर थाप्लोमा नाम्लाको डाम बस्न नपाएको पीडाले उनको मन अहिले उकुसमुकुसमा छ ।
शुक्रबार जोरपाटीमा भेटिएका उनले लकडाउनको फरक अनुभव सुनाए । एक्कासि सबै गतिविधि ठप्प कसरी भयो भनेर उनी शुरुमा त छक्कै परे । विस्तारै साथीभाइसँग बुझ्न थाले । त्यसपछि उनलाई थाहा भयो, काठमाडौंमा त ‘नेपाल बन्द’ भएको रहेछ ।
साथीभाइसँगको खासखुसले लकडाउन भन्ने त थाहा भएन, उनले विगतमा पनि पटक पटक हुने गरेको नेपाल बन्द मात्र सम्झिए । पहिले पहिलेका नेपालबन्दले जस्तो अहिले पनि उनी अवाक छन् ।
अघिपछि नेपाल बन्द हुँदा बरु केही न केही गतिविधि हुन्थे । यसो थाप्लोमा नाम्लो हाल्न पाइन्थ्यो । तर अहिलेको ‘नेपाल बन्द’ले त उनलाई साह्रै गाह्रो पारेको छ ।
यतिखेर विश्व नै कोरोनाको कहरमा डुबेको छ । डेढ लाखभन्दा बढीको ज्यान गइसक्यो । लाखौँलाई यो भाइरसको सङ्क्रमणले आक्रमण गरेको छ । कति मृत्युसँग लड्दैछन् । हरेक कामकाज र अर्थतन्त्र डामाडोल छ । गतिविधि चलायमान हुन सकेको छैन । विश्वमा मानवीय क्षति बढ्दै गर्दा त्यसको प्रभाव नेपालमा पनि पर्ने त्रास हामीमा पनि छाएको छ ।
यस्तो विषम परिस्थितिमा बाघबहादुर जस्ता लाखौँ मजदूरको बिचल्ली छ । उनी अहिले ६७ वर्षका भए । तर ५० किलोसम्मको भारी बोक्न सक्छन् । यसरी भारी बोक्दा एक भारीको रु ४०–५० देखि रु १०० सम्म हात पर्थ्यो । दिनमा बढीमा ५÷७ सय कमाइ हुन्थ्यो । यसैले छाक टर्थ्यो । अचेल दिनभर भारी बोक्न पाइँदैन ।
मजदूरलाई कमाइ हुँदा बेलुकाको छाक राम्रो र मिठो लाग्छ । भारी बोक्न नपाउँदा खिन्न भएर फर्कनुपर्छ । त्यसैले भारी बिसाउने चाहना हुँदैन यस्ता असङ्गठित क्षेत्रका मजदुरलाई ।
बाघबहादुरको झैँ सिन्धुलीका हरिबहादुर माझीका दुःखका दिन पनि यसैगरी बितिरहेको छ । काम नपाउँदा केही दिन भौतारिनुपर्यो । दुई चार दिन पेट भोकै रह्यो । न सडकमा सवारी साधन छन् नत मान्छे । अनि भारी बोक्न पाउने कुरै भएन । भक्तपुर��ा भारी बोक्ने काम गर्दै आएका माझी भन्छ��्– ‘जे पाइन्छ, त्यही गरिन्थ्यो, अहिले त पेटभर्न पनि गाह्रो भइसक्यो ।’
उनलाई अहिले जस्तो सकस कुनै बन्दमा भएको थिएन । दिउँसो दाताले दिएको खाना खाने अनि कतै पाटीतिर गएर सुत्ने दैनिकी बनेको छ ।
दैनिक भारी बोक्न पाउँदा उनीजस्ता अनगिन्ति मजदूर औधी खुसी हुन्छन् । जति धेरै भारी पायो, उति धेरै खुसी हुने ज्यान अहिले भारी नपाउँदा आराम छैन बरु पीडा थपिएको छ । आराम धेरै हुँदा बेचैनी बढ्दैछ । रातमा राम्ररी निद्रा लाग्दैन । त्यसैले माझी भारी बोक्न पाउने समय पर्खिरहेका छ��् ।
उनका अन्य साथीहरु भाइकाजी खत्री, रामबहादुर वाइबा, बाबुराम गुरुङ, प्रेम धिमालको दैनिकी पनि यसैगरी बितिरहेको छ । जीवन गुजारा गर्ने माध्यम नै टुटेपछि सहाराविहीन बन्नुभएको छ । अहिलेसम्म सङ्घसंस्थाले खाना दिएको थियो । कतिपय स्थानीय तहले यसरी निःशुल्क खाना बाँड्न रोक लगाएको छ । सरकारले उनीहरुलाई स्थानीय तहको विकास निर्माणमा सहभागी गराउने निर्णय गरेको छ । त्यसमा पनि आफ्ना मान्छेलाई मात्र दिने होलान् भन्ने चिन्ता मजदुरको छ ।
सरकारले यसअघि असंगठित क्षेत्रका मजदुरलाई राहत दिने निर्णयका विषयमा उनीसँग तीतो अनुभव छ । नागरिकता बोकेर स्थानीय तहमा गए पनि राहत पाएनन् । आफ्ना मान्छेलाई, घर भएकालाई, जिम्मा लिनेलाई मात्रै राहत दिन थालेपछि रित्तो हात फर्कनुपरेको अनुभव उनीसँग छ ।
यसरी सडकमा आउने असङ्गठित मजदुर मात्रै छैनन् । शिक्षक, विद्यार्थी, अन्य सामान्य पेशा अपनाउने, साना व्यवसायी समेत छन् । व्यवसाय नचल्दा केही हप्ता त समस्या परेन । त्यसपछि विस्तारै खाने र बस्नेको अभाव हुन थाल्यो । कामको खोजीमा सडकलाई सहारा लिनुको विकल्प भएन ।
महामरीको सम्भावित संक्रमणले देश लकडाउनमा छ । यसका कारण निम्नवर्गीय मानिस प्रभावित छन् । उनीहरु भोकै बस्नुपर्ने बाध्यता छ । नेपालको संविधान, २०७२ ले मौलिक हकमा नै खाद्य र आवासको व्यवस्था गरेको छ । संविधानको धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पार्ने अवस्थाबाट सुरक्षित हुने व्यवस्था छ ।
नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडा लकडाउन र सरकारको उपयुक्त रणनीतिका कारण कोभिड–१९ विरुद्धको सङ्घर्षमा मुलुकलाई सफलता मिलेको बताउँछन् । अहिलेको सरकारी योजना सही मार्गमा रहेको भन्दै पुनःजेठ ५ सम्मका लागि लकडाउन बढाइएको छ । सरकारले आर्थिक गतिविधिसमेत चलायमान बनाउन थालेको छ । सरकारको कामकाजमा यस्ता मजदूरहरुलाई रोजगारी दिने सरकारी निर्णय छ । सरकारले भने झैँ आर्थिक क्रियाकलाप हुन थाल्यो र काम पाइयो भने असङ्गठित क्षेत्रका मजदूर��ा आशाको दियो बल्नेछ ।
0 notes
Text
मनोवाद : मजदुर साइँलाको बकपत्र
मेरो नाम साइँला दाइ । चिन्नुभएन, असन बजारमा भारी खेप्ने साइँला दाइ क्या ! मैलो जाकेट लगाउने । झुस्से दारीवाला साइँला दाइ । म त्यही साइँला दाइ । असनको साइँला । भरिया साइँला । गाउँको साइँला । नाम्ले साइँला । साहुहरूको साइँला । तपाईंहरूको साइँला ।
नागरिकतामा के नाम छ भनेर सोध्नुभएको ? अलि बुझिनँ । भोट नहालेको बीस वर्ष भो । नागरिकता थन्किएको पनि बीसै वर्ष भो । पोहोर मोबाइलको सिम झिक्ने बेला मागेको थियोे । दिएँ, खै के तामाङ भन्थ्यो, बिर्सें । त्यो नामले मलाई कसले चिन्छ र अब ? भो छोड्नु यस्तो छुसी कुरा ।
बरु भोकै छु । भारी बोक्ने काम दिनुस् । सय रुपैयाँ आयो भने दु�� दिन टर्छ । सत्तरी रुप्याँको चामल आउँछ । तीस रुपैयाँको आलु आउँछ । त्यति भए त दुई दिन सुतीसुती खाने थिएँ । मलाई दुई माना चामलको भात एकैपटक खाऊँजस्तो लागेको छ । पुलिसले समात्यो भने चौकीमा गएर भात टन्न खान पाइन्थ्योजस्तो पनि लाग्छ ।
लिकडाउन कि डाउन भएको छ रे । किरिना हो कि के जाति रोग आएको छ रे । रेडियोमा सुन्छु । डर लाग्दै–लाग्दैन । यस्तो जाबो रोगले आजैघरि के ढाल्ला र यो साइँलालाई ! राँगाको मासु खाएको ज्यान छ । धनीहरू पो छन् त थुरथुर । पैसा हुनेहरूलाई निद्रा लाग्दैन । राती सुत्ने बेला के जाति ओखती खाएर निद्रा ल्याउँछन् रे । हामी मजदुर एक पाउ राँगा’मासुसँग मज्जाले भात खाएर मस्तले निदाउँछौँ ।
२०५६ सालमा म काठमाडौँ आएको । काठमाडौँ आएपछि घर बनाउने काम पाएँ । हातमा सीप पनि थियोे । गारो लगाउन आउने भएकाले मिस्त्री भैटोपलेको थिएँ । नयाँ बसपार्क पुग्दा त ढक्क छाती फुल्छ । आफूले बनाएका घरहरू देख्दा खुसी लाग्छ । आफूले बनाएको घर भनेर के गर्नु, अर्कैको गाडी छ । अर्कैलाई खुसीयाली छ । अर्कैलाई मोजमस्ती छ । उनीहरू हामीले बनाएको घरमा बसेका छन्, रमाएका छन् । कुकुरलाई छेरुन्जेल मासु खुवाउँछन् । कहिलेकाइँ सोच्छु यो सहरमा मजदुरको भ्यालु कुकुरको जति पनि छैन क्या । रक्सी खाएको बेला यो घर हम्मरले हानेर ढालिदिऊँ जस्तो लाग्छ । अरू बेला पनि यस्तो हिम्मत आए !
०५८ सालतिर म माओवादी भएँ । काठमाडौँमा भूमिगत मजदुर भेला त कति गरियो, कति । मैले पम्फा भुसाललाई यही असन गल्लीमा सत्र दिन लुकाएको । म त्यतिबेला अखिल नेपाल निर्माण मजदुर सङ्घको जिल्ला सचिव थिए । पम्फाको नाउँ त्यतिबेला विद्युत् कि करेन्ट के थियो, बिर्सें । उनी भन्थिन्– हाम्रो सत्ता आएपछि, हामी सत्तामा पुगेपछि सबभन्दा पहिले मजदुर वर्गको जीवनमा उथलपुथल ल्याउँछौँ । आम मजदुर–किसानको मुक्तिखातिर जनयुद्ध भएको हो । हामी तपार्इंहरूकै लागि लडेका हौँ । हाम्रो नारा पनि यही छ– संसारका मजदुरहरू एक हौँ ।
बफ रे माओवादी भनेपछि ज्यानै दिऊँजस्तो लाग्ने । नेताहरूले भूमिगत भाषण ठोक्न थालेपछि जोसले रगत तात्थ्यो । तात्थ्यो के, उम्लिन्थ्यो । हाम्रो रातो झन्डा पेरूमा फर्फराउँदैछ भन्ने गीतमा कति डान्स हानेँ–हानेँ मैले । नपत्याए त्यो पैलाको वैद्यको मजदुरको नेता रामदीप आचार्यलाई सोध्नु त, उसले सब भन्दिन्छ ।
माओवादी त अहिले पनि मन पर्छ । जुलुसमा हिँड्छु । ��३ दलको आमसभामा बादल दाइले भोट खसाल्ने बाक्सा फुटाउँदा मैले सिठ्ठी बजाएको थिएँ । बहुत खुसी लागेको थियोे ।
त्यही भएर होला अस्ति मलाई विप्लव भनेर थुने नि कालीमाटीमा । एक रात बसेँ । मैले डीएसपीलाई सीधै भनेँ– तिम्रो मन्त्रीले भोट खसाल्ने बाक्सा फुटाउँदा सिठ्ठी हानेको हँु । यसमा मेरो के गल्ती भो ? अझ ऊ पो मन्त्री भएर म पो थुनिनुपर्ने ? के जात्रा हो डीएस्पी यो ?
हो रहेछ, यो बिरानु सहरमा हामीजस्ता मजदुरको कुनै महत्व रहेनछ । माओवादी नै सत्तामा छ । माओवादीलाई जोगाउने म साइँला भोकै छु । काठमाडौँका घरहरूमा मीठामीठा परिकार पाक्दैछ । त्यो घर बनाउने म साइँला दाइ एक छाक खान नपाएर तड्पिँदैछु ।
बूढीले हिजो फोन गरेकी थिई । भन्दै थिई– नेताहरूकोमा गएर गुहार माग्नुस्, केही हुन्छ कि ? । मैले फ्याट्टै– भनेछु म त रतन तिरुवाले जस्तो जुत्ता पो हान्छु होला । म अलिअलि घामट पनि छु । मलाई गरिब मजदुरको भावनामाथि खेल्ने कोही पनि मन पर्दैन, चाहे त्यो मेरो अन्नदाता नै किन नहोस् ।
रतन तिरुवाले प्रचण्डलाई जुत्ता हानेको साँझ मैले आधा केजी लोकल कुखुराको मासु खाएँ तर अहिले पनि म मोबाइलमा कमरेड प्रचण्डको भाषण सुन्छु । खुसी हुन्छु । मलाई एकदम नजिकबाट चिन्नेहरूले माओवादी साइँलो पनि भन्छन् ।
एकपटक यही असन चोकमा पम्फा भुसालले कमरेड भनेर कडक्क हात मिलाउँदा मैले अरू नाम्लेहरूलाई भनेको थिएँ– देखिस् केटा हो माओवादीहरू मन्त्री नै भए पनि यसरी नाम्लेसँग हात मिलाउन आउँछन् । सायद हल्का सामन्तवाद जागृत भएको थियोे ममा ।
अहिले सम्झिँदा जिन्दगीमा केही गरेजस्तो लाग्दैन । न म नेता हुन सकेँ । न राम्ररी चुलो नै बल्यो । न हामीलाई मुक्तिको सपना देखाउनेहरूले नै हाम्रा सपना पूरा गरे । जहाँ उभिएको थिएँ त्यही जमिन भासिए जस्तो लाग्छ ।
भोक ज्यादै लाग्न थाल्यो पो । कोठामा गएर चिउरा खानुपर्याे । भिजाउन चिया भएको भए त मज्जा हुन्थ्यो । भारी बोक्न पाए पो चिया । साइँला म त पानीसँग चिउरा खान्छु ।
यसरी कोरोना भनेर थुनिराखे भने यो साइँलाले सरकारलाई जुत्ता पनि हान्न सक्छ । अहिलेलाई बाईबाई ।
उही तपाईंको साइँला ।
0 notes
Text
काँडामा फूलेका कालीप्रसाद
भारतका ख्यातिप्राप्त कवि अज्ञेयले भनेका थिए, ‘आत्मकथामा झूठ लेख्न सजिलो हुन्छ, उपन्यासमा सत्य ।’ कतिपय सन्दर्भमा यो भनाइ सत्य लाग्न सक्छ, कतिपय सन्दर्भमा असत्य ।
बितेको दशक नेपाली पुस्तकको बजारमा आत्मकथाहरु प्रशस्तै आए । आएका मध्ये अधिकांश जसको आत्मकथा हो, तिनले लेखेका थिएनन् । भरिया लेखकले लेखिदिएका थिए । अंग्रेजीमा सभ्य प्रकारले यसलाई ‘घोष्ट राइटिङ’ भनिन्छ । अर्थात्, ‘प्रेत लेखन’ । यस्ता कितावहरु आत्मश्लाघाले लफ्रक्कै भिजेका हुनाले पाठकहरुको मन जित्न असमर्थ रहे । यद्यपि, केही कृति रुचाइएको नपाइएको पनि होइन ।
आत्मकथा लेख्न चानचुने साहसले पुग्दैन । सत्यलाई लेख्ने बडो ठूलो हिम्मतको आवश्यकता पर्छ । विश्व साहित्यमा जाँ ज्याक रुसोको ‘आत्मस्वीकृति’ आत्मकथाको दुनियाँमा एउटा अद्वितीय कृतिका रुपमा आजपर्यन्त खोजी-खोजी पढिन्छ । सन् १७८२ मा पहिलोपल्ट प्रकाशित यो ��ृतिलाई तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले अनुवाद परियोजना अन्तरगत अनुवाद गराई नेपाली भाषामा पनि प्रकाशित गरेको थियो ।
मल्टिपल माइलोमा भएर रोगसँग जुधिरहँदा समर्थ साहित्यकार जगदीश घिमिरेले लेखेको ‘अन्तरमनको कथा’ पछिल्लो समयको एउटा बेजोड आत्मकथात्मक कृति थियो । यसले प्रतिष्ठित उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो र छोटो समयको अन्तरालमा धेरै संस्करण छापिएका थिए ।
तर, पछिल्लो चरणका आत्मकथाहरुले बजार लिन सकेनन् । वा, त्यति लोकप्रिय हुन सकेनन् । यद्यपि विजय कुमारको खुशीले भने केही हल्लाखल्ला गर्न सक्यो ।
हुन त लेख्न नसक्नेहरुको जीवन अनुभव अरुका लागि उपयोगी हुन सक्छ भन्ने तर्क पनि बलियो नै मानिन्छ । तर, तिनलाई त्यही रुपमा इमान्दारीसाथ प्रस्तुत नगरिदिँंदा आत्मकथाको बजारमा ग्रहण लागेको छ ।
त्यतिबेला कालीप्रसादको एउटा कविताले जागिर खोस्यो, अर्काे कविताले जागिर थमायो भन्ने हल्ला नै चलेको थियो काठमाडौंको साहित्यिक वृत्तमा । तर, जागिर जोगाउने कुन कविता थियो, कसैले पत्तो पाएनन्
अहिले प्रकाशनमा आएको सफल कवि, लोकप्रिय गीतकार कालीप्रसाद रिजालको आत्मकथात्मक कृति ‘काँडामा हाँसेको जिन्दगी’ यौटा गहकिलो कृतिका रुपमा देखा परेको छ । यौटा कविले प्रशासक भएर भोगेको जिन्दगीको उतार-चढाव, पञ्चायती कालको प्रशासन, प्रशासनभित्रका अनेक दाउपेच, दरबारसँगको सम्वन्ध र सम्पर्कलगायतलाई कवि कालीप्रसाद रिजालले निर्भिकतापूर्वक आफ्ना अनुभवलाई खुलस्त उतारेका छन् । उनी आफैंले यसलाई ‘आत्मवृतान्त’ भनेका छन् ।
उनको पुर्ख्यौली पृष्ठभूमि सबैका लागि रुचिकर नभए पनि बाल्यकालदेखिका उनका अनुभव र कथाहरु भने निकै रोचक र मनैदेखि लेखिएका छन् । तिनमा कालीप्रसादको आत्मा बोलेको बुझ्न सकिन्छ ।
कालीप्रसाद रिजालसँग संगत र बसउठ गर्नेले उनले लेखेको यो आत्मवृत्तान्त पढ्दा उनी आफैं अगाडि बसेर पुटुपुटु बोलिरहेको अनुभव गर्न सक्छन् । उनको बोलीको ध्वनी, अभिव्यक्तिको शैली र भाषा नितान्त निजात्मक छ । यसलाई ‘अर्ग्यानिक आत्मकथा’ भन्दा फरक पर्दैन ।
यो आत्मवृत्तान्त पढिरहँदा एउटा रोचक, जीवनका ओराली-उकालीहरुसहितको उपन्यास पढेजस्तो अनुभूत गर्न सकिन्छ । यद्यपि फरक-फरक शीर्षकमा लेख्दा पुनरुक्ति दोष ठाउँठाउँमा दाँतमा ढुंगा लागेझैं लाग्छन् पनि । तर, तुरुन्तै फरक पर���वेश र नयाँ कथाको उठान हुन थालेपछि त्यो पुनरुक्ति दोष पखालिँदै जान्छ ।
कालीप्रसादले चढ्दो उ��ेरमै धनकुटा बहुमुखी क्याम्पसमा प्रिन्सिपलको अनुभव सँगाल्न पाए । त्यहाँ रत्तिँदा रत्तिँदै ‘दरबारको इच्छा’मा भूमिसुधार अधिकारीको जिम्मेवारी सम्हाल्न पुगे । त्यहाँबाट अध्ययनका लागि अमेरिका पुगे । भारतको नेपाली दूतावासमा सांस्कृतिक सहचारी हुने सपना पाले । त्यसको पृष्ठभूमिका लागि सूचना विभागको निर्देशक बन्न पुगे ।
वास्तवमा उनको सूचना विभागको जागिरको कालखण्ड उनको जीवनकै अति महत्वपूर्ण, जटिल एवं सौभाग्य र दुर्भाग्यको अनौठो तालमेल सावित भयो ।
बनारसमा अध्ययनका क्रममा कवि वासु शशीसँग उनको संगत रोचक र सुन्दर छ । काठमाडौंमा ठूला साहित्यकारहरुसँगको सत्सँगको उनको दृढ लालसा पनि कम महत्वपूर्ण छैन । उनको विवाहको प्रसंगमा भवानी भिक्षुसँग सोधेको प्रश्नको उत्तरले मनलाई विषादमय तुल्याइदिन्छ ।
सूचना विभागको महानिर्देशकको पदमा छँदा गाईजात्रा महोत्सवमा उनले सुनाएको “गाईजात्राको जरुरी सूचना” ले उनले खोसुवा पूर्जी पाएका थिए । तर, पछि दरबारको ईशारामा उनको त्यो जागिर थामिएको थियो ।
त्यतिबेला कालीप्रसादको एउटा कविताले जागिर खोस्यो, अर्को कविताले जागिर थमायो भन्ने हल्ला नै चलेको थियो काठमाडौंको साहित्यिक वृत्तमा । तर, जागिर जोगाउने कुन कविता थियो, कसैले पत्तो पाएनन् ।
कालीप्रसाद रिजाल प्रशासकका रुपमा त्यतिखेरका पञ्चायती कालका जङ्गबहादुर मानिने सूर्यबहादुर थापाको आँखी बने । गज्जबको संयोग मान्नुपर्छ, प्रधानमन्त्री सूर्यबहादुर थापा फुटेको आँखाले हेर्न नचाहने, तर दरबारले भने रिजाललाई माया गर्ने । सूर्यबहादुर थापाले हुत्याएका कालीप्रसाद रिजाल दरबारको पोल्टोमा परे । सजायँ त पुरस्कारको रुपमा परिणत भयो । उनले रानी ऐश्वर्यसँग प्रत्यक्षरुपमा साथै रहेर काम गर्ने अवसर पाए ।
सूचना विभागमा छँदा नारायण गोपालले शुरुमा गाएका दुई गीत जनजनको जिब्रोमा झुण्डिए, ‘आँखा छोपी नरोउँ भनी भन्नु पर्या छ, मुटुमाथि ढुँगा राखी हाँस्नु पर्या छ ।’
अनि ‘झरेको पात झैं भयो उजाड मेरो जिन्दगी…।’ तर तिनै गीत झण्डै फाँसीको फन्दा बनेर आए । मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ गीतले पञ्चायत व्यवस्थाप्रति वितृष्णा फैलाएको आरोपमा फाँसी दिनुपर्छ भनेर दरबारमा विन्तीपत्र हालेर उनलाई थरहरी समेत पारेको थियो ।
शुरुमा खास सहयोग नगरेका तर कविताको प्रभावले पछि निकै सहयोगी र असल सम्वन्ध भएका सचिव तीर्थराज तुलाधरको विषयमा पढ्दा आङ नै जिरिङ्ग हुन्छ पाठकको । उनको जीवनको उत्तरार्द्ध कति पीडादायी रहृयो र उनले आत्महत्याको मार्ग रोजे, पढ्दै जाँदा पाठकले लख काट्न सक्छ ।
कालीप्रसादले भोगेको भुक्तमानको यो दृष्टान्तले तत्कालीन समयको धेरै कुरा छर्लङ्ग पार्दछ :
‘के कारणले हो कुन्नि, दरबारका सचिवहरु आफ्नो निवासमा भेट गर्नेहरुको भीड भएको देखाउन चाहँदा रहेछन् । म शुरु-शुरुमा कसैकहाँ पनि जान्नथेँ । पछि सचिवले एकदिन आफैं ‘भेट्नुस् न’ भनेपछि जान थालें । तर, सचिवको ढोकामा गएर मैले अत्यन्त आत्मग्लानी र मानसिक पीडा अनुभव गरें । कर्मचारी भएकाले आफूले कुरेर बस्नुपर्ने, सचिवले पत्रकार, गुप्तचर विभागका मान्छे, पञ्च पदाधिकारीहरुलाई प्राथमिकता दिएर भित्र बोलाउने । कति त मैले पढाएका व्यक्ति पनि हुन्थे । उनीहरु भित्र कुरा गरेर फर्कन्थे । आफू भने बाहिर चउरमा ।
कहिलेकाहीँ त भेटघाट नगरी फर्कूँ जस्तो हुन्थ्यो । तर, सचिवले नै भेट्नू भनेकाले केही नभनी र्फकन पनि भएन । अपमान र आत्मग्लानीको थुक निलेर छटपटाउँदै पर्खिरहनुपर्थ्यो । अन्त्यमा सचिवले बाहिर निस्केर ‘अब अफिस जाने बेला हुन लाग्यो, अर्को दिन कुरा गरौंला’ भनेर फर्काइदिन्थे । बाहिर सबैले हाँसेर नमस्कार गरिरहेको, हजुर-हजुर भनेर आदेशको तामेल गरिरहेको, दौरासुरुवालभित्र आफूलाई पोको पारेर हिँडिरहेको देख्थें । तर, भित्र मेरो छातीमा आगो बलिरहेको हुन्थ्यो । आत्माले विद्रोह गरिरहेको हुन्थ्यो । यसप्रकार म दुईटा व्यक्तित्व बाँचिरहेको थिएँ । एउटा- निम्छरो कर्मचारीको, जो लाए अह्राएको काम चुपचाप गर्ने गर्थ्यो । अर्को, कवि-साहित्यकारको चेतनशील व्यक्तित्व, जो मलाई सधैं विद्रोहका लागि उत्प्रेरित गरिरहन्थ्यो, आफैंलाई धिक्कारेर आक्रोश प्रकट गर्थ्यो र केही नलागेपछि एकान्तमा रुने गर्थ्यो । यही मनस्थितिमा कहिलेकाहीँ म आफूलाई कवितामा व्यक्त गर्ने गर्थें । ‘मन फर्फराएर उड्न खोज्छ’, ‘मन्त्रीज्यूको ढोका कुर्दा’, ‘के छ र जिन्दगी बिताइदिन्छु’, ‘यो प्रश्न कोसित सोधौं’ जस्ता कविता मेरो त्यही मनस्थितिका उपज हुन् ।
कालीप्रसादले आफ्नो जागिरे जीवन र साहित्यलाई साथसाथै लगे । साहित्यले उनलाई उचाल्ने-पछार्ने कामचाहिँ गरिरह्यो । उनी रानी ऐश्वर्यका प्रिय बने । सोही कारणले नारायण गोपालको उपचारका लागि रानीलाई विन्ति चढाएर विदेशमा उपचार गराउन सफल बने । आफ्नो उपचार पनि विदेशमा गराउन सफल भए । उनका गीतहरु लोकप्रिय भए । कविताहरु चर्चित भए ।
तर, स्वयं कालीप्रसाद भने लोकप्रिय हुन सकेनन् । आम मान्छेका प्रिय हुन सकेनन् । साहित्यिक जमातमा प्रिय हुन सकेनन् । यसको कारण थियो- उनी कि त आफ्नो लेखनमा एकोहोरिए । कि त प्रशासक बनेर प्रशासनको सुख-दुःखमा मात्र अल्झिए ।
उनलाई साहित्य जगतमा हिमचिम गर्न खासै समस्या थिएन । आफ्नो पहुँच भएका बेला साहित्य जगतलाई �� साहित्यकारहरुलाई हित हुने काम गर्न सक्थे । तर, उनी आफैंमा अल्झिए, आफ्नै समस्यामा अल्झिए । खुशी हुँदा पनि उनी एक्लै खुशी भए । दुःखी हुँदा पनि उनी एक्लै दुःखी भए । समूह र समुदायमा उनी गएनन्, भिजेनन् । अलि बल गरेर साहित्य जगतलाई फाइदा पुर्याउन गर्न सकिने सम्भावनालाई उनले सोच्ने जमर्काे नै गरेनन् । उनी कवि भए पनि प्रशासक व्यक्तित्वले किच्यो ।
रिजाल कतिसम्म समुदायबाट बाहिर रहने खालको स्वभावले ग्रस्त थिए भने ०४६ सालको राजनीतिक परिवर्तनपछिको जननिर्वाचित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुराना पञ्चायतकालीन प्रशासकहरुलाई जागिरबाट बिदा दिँदा रिजालका सहकर्मीहरु सो निर्णयविरुद्ध सर्वाेच्च गए, मुद्दा जिते र अवकाश हुँदा राम्रो सुविधा पाए । तर, रिजाल सर्वाेच्चमा सबैको साथ लागेर गएनन् र त्यो पाउन सकिने सुविधाबाट आफ्नै कारणले बञ्चित भए । अरु सर्वाेच्च गए, उनीचाहिँ रोम जल्दा पनि बाँसुरी बजाएर बस्ने निरोझैं कविता लेखेर बसे ।
पिँजडाबाट
कसैले निकालिदिएपछि
मलाई हराएको आकाश
पाएजस्तो लागिरहेछ
आफ्नो व्यापकता अपरिमितताको
आभास भइरहेछ !
राजदरबारसँग नजिक र रानी ऐश्वर्यसँग निकट भएका कारण रानीका गीतहरु कालीप्रसाद रिजालले लेखिदिएका हुन्थे भन्ने हल्ला निकै चलेको थियो साहित्यकारको वृत्तमा । म आफैंले अन्तरवार्ता लिँदा पनि उनले परोक्ष ढंगमा अलिकति चुहाएका थिए, ‘निकट भएका कारण यसो हेरियो होला, सच्याइयो होला ।’ यो उनको संकेतले बजार हल्लालाई कताकता पुष्टि गर्न खोजेको देखिन्छ । यस विषयमा उनको आत्मवृत्तान्तमा कहीँ कतै उल्लेख छैन । यसबारे केही आइदिनुपर्थ्यो भन्ने मलाई पुस्तकको अन्तसम्मै अपेक्षा थियो ।
त्यस्तै तीर्थराज तुलाधरले जीवनमा एउटा मात्र त्यति गतिलो गीत कसरी लेखे होलान् र उनले नातिकाजीलाई दिएर गाउन लगाए होलान् भन्ने कुराले पनि झस्को पस्छ ।
पुस्तकका अन्तिम दुई परिच्छेद ‘मैले बुझेको दरबार’ र ‘दरबारका अन्तिम दिनहरु’ मा उनले अलि कम शब्द खर्च गरेको भए हुन्थ्यो भन्ने लाग्छ । उनका कतिपय ‘हाइपोथेटिकल’ कुरा सन्दर्भ र विशेष रानी ऐश्वर्यका कुराहरु अलि बढी लेखिएका हुन् कि भन्ने भान पर्छ ।
तर, यति हुँदाहु्ँदै पनि यो समर्थ कविले आत्मैबाट लेखेको आत्मकथा भएकाले आधिकारिक र चोखो हो भन्नेमा चाहिँ कुनै शंका गर्नुपर्ने देखिँदैन । कालीप्रसादले फुटकर लेखेका गद्यहरु कतिले सम्झेका होलान् वा बिर्सेका होलान्, तर उनी गतिलो गद्य लेखक हुन् भन्ने ती पुस्तकाका��मा नआएका गद्यहरुले पुष्टि गरेका थिए । तर, यो सग्लो पुस्तक ‘काँडामा हाँसेको जिन्दगी’ले त्यसलाई पुनर्पुष्टि मात्र होइन, अब्बल दर्जाको गद्यको दृष्टान्त दिन सफल छ । नेपालको एउटा खास कालखण्डको यो अनौपचारिक ऐतिहासिक दस्तावेजका रुपमा यसलाई मज्जाले स्वीकार्न सकिन्छ ।
-फल्स चर्च, भर्जिनिया ।
0 notes
Text
जयशंकरको नेपाल भ्रमण र नाकाबन्दीको सम्झना
संसारको कुनै कुनामा पनि ‘सीआईए’, ‘रअ’, ‘मोसाद’सँगको सहकार्यमा क्रान्ति भएर समाजवाद आएको इतिहास छैन । आफूलाई कम्तीमा समाजवादोन्मुख भन्ने मुलुकहरुले नाकैमुनि आएको साम्राज्यवादसँग भीषण लडाईं लडेका ��न् । तर, नेपालमा भने तिनै खुफिया एजेन्सी र तिनका मालिकको इशारा अनि सहकार्यमा लगातार समाजवाद उन्मुख क्रान्ति जारी छ ।
अर्थात भारतीय पुँजीको एकाधिकारको विरोध पनि छैन, नाटोकेन्द्रित राष्ट्रहरुको सामाजिक सांस्कृतिक अतिक्रमणको प्रतिकार पनि छैन । तर, क्रान्ति भने जारी छ ।
प्रजातन्त्र वा समाजवादका निम्ति या फेरि माओ वा आदर्श नक्सलाइट हुन हिँडेका थुप्रै योग्य युवाहरु अञ्जानमै अन्तत: ‘सीआईए’,‘रअ’ अनि ‘मोसाद’को राजनैतिक एजेन्डा बोकेर ट्रोजन हर्समा रूपान्तरण हुन पुगेका छन् ।
सुगौलि सन्धिमार्फत अङ्ग्रेज सरकारका रेसिडेन्टले काठमाडाैंमा बसेर नेपालको राजनीतिलाई आफ्ना बफादार दलालहरूको पुनरुत्पादन केन्द्रका रुपमा प्रयोग गरेर सुरु भएको थियो ट्रोजन यात्रा । अंग्रेजहरुले योजनाबद्ध रुपमा छानेर स्थापित गरेका ‘नेहरु’ ले हस्तक्षेप गरेर उनकै योजनामा ल्याण्ड गरेको ००७ सालको सम्झौताले पनि नेपालमा भारतीय ‘स्थापित’ संस्थापनको विश्वासपात्रको सुनिश्चिततालाई निरन्तरता दिँदै भारतीय पुँजीको एकाधिकार अनन्तकालसम्म अनुरक्षित गर्ने षड्यन्त्र बोकेको थियो ।
आफूले देख्दै नदेखेको, पढ्दै नपढेको कुनै गाउँको कैफियती साहुबाको कपाली तमसुकजस्तो दिल्ली सहमतिमा हस्ताक्षर गर्न श्रेष्ठ भनिएका विद्वानलाई दिल्ली दाहिना भएपछि नेपालमा निर्विकल्प भइन्छ भन्ने भ्रमले उग्र बनाएको हुनुपर्छ ।
पूर्वी पाकिस्तान स्वतन्त्र हुनु उसको अधिकार हो भनिरहँदा सिक्किम विलयले झसंग भएर मेलमिलापको नीति अघि आए पनि, हामीले नभुलौं– भारतीय खुफिया एजेन्सी रअ का संस्थापक प्रमुख काओलाई ‘प्रजातन्त्र’का नाममा सहयोग खोज्दै भेट्ने पहिलो नेपाली विराटनगरतिरका कोइराला थिए । यही भेटको उन्नत निरन्तरता थियो, चाक्सीबारीमा चन्द्रसेशर, अनि ०४६ साल ।
सन् १९८९ को मध्यतिरका न्युयोर्क टाइम्समा प्रकाशित आलेखहरुले प्रस्ट्याउँछन्, ०४५ को नाकाबन्दीमा भारतीय स्वार्थ के थियो । ०५२ पछि उता ‘थाकरण’ को मेजमानी, यता ‘चे गुएभारा’ हुने सपना बोकेका कार्यकर्ता रअको एजेन्डाका भरिया । फलतः क्रान्तिले गणतन्त्र ल्यायाैं भने पनि मन अमिलो गरेर श्याम शरण, मुखर्जी र थाकरणलाई गणतन्त्रका पिताका रुपमा लिनुपर्छ, जसले १२ बुँदेको गलगाण झुन्डाइदिए ।
अर्थात् उताको स्वार्थपूर्ति हुँदासम्म यताको सत्तामा ��ोसुकै होस सरोकार भएन, स्वार्थमा आँच आउने देखियो भने राणाका विरुद्ध कांग्रेस, कांग्रेसका विरुद्ध राजा, राजाका विरुद्ध कांग्रेस र कम्युनिस्ट, हत्याकान्ड, अरु सबैका विरुद्ध तराई आदि मार्फत दलाल उत्पादन र सन्तुलन । यस्तो चक्र बल्ल बुझिँदैछ र यसलाई क्रमभंग गर्न जरुरी छ ।
पूर्वी पाकिस्तानको मुक्तिबाहिनी, सिक्किमको त्यो निर्वाचन, भुटानको कथित सार्वभौमिकता, श्रीलंकाको तमिल आन्दोलन, माल्दिभ्सको अपरेसन क्याक्टस, पाकिस्तानको बलुच आन्दोलन, अफगानिस्तानमा पाकिस्तान विरोधी सक्रियता अनि लगभग सम्पूर्ण छिमेकीसँगको तिक्ततापूर्ण सम्बन्ध । पुराना र अधिकांश लेखमा दोहरिने भए पनि यिनले भारतीय हेजीमोनीको गुदी प्रस्ट्याउँछन् ।
हामीले बिर्सिनुहुन्न यो त्यही भारतीय विदेश मन्त्रालय हो, जसले पछिल्लोपटक २०१५ मा आफैंले हुर्काएका नेपाली दलालहरुले उसले भने अनुसार नगरिदिएको भन्दै नेपालमाथि लादिएको अमानवीय र क्रूर भारतीय नाकाबन्दी स्वीकारेको थिएन । यो त्यही विदेश मन्त्रालय हो, जसले नेपाल र नेपालीविरुद्ध संसारैभरिका प्लेट्फर्म प्रयोग गरेको थियो । यो त्यही विदेश मन्त्रालय हो, जसको बागडोर नेपाल र नेपालीविरुद्धको नाकाबन्दीका प्रमुख योजनाकार, सुब्रह्मण्यम जयशंकरले सम्हालेका छन् र उनी फरक भूमिकामा नेपाल आएका छन् ।
नकाबन्दीका योजनाकार जयशंकरको आगमनपूर्व तराईलाई काश्मिर हुँदै गरेको भन्ने डिस्कोर्स र भय जबर्जस्ती थोपर्न खोज्न ‘सारोस बन्धुहरु’ विस्मित मौन छन् । सीमानामा उभिएर नाकाबन्दी भारतले गरेको होइन भन्ने ‘उत्तरआधुनिक बन्धुहरु’ कामकृत मौन छन् । बाँकी प्रायः क्रान्तिकारी र प्रजातान्त्रिक बन्धुहरु ००७ सालदेखिको भारतीय लगानीको बोझले थिचिएर ऋणमय मौनतामा छन् ।
काठमाडौंमा यस्तै मौनता ब्याप्त थियो ‘क्रिमिया’ रसियामा विलय हुँदा । अर्थात काश्मिरमा सबै ठीक छ, प्रजातन्त्र छ, किनभने त्यहा भारत छ । अर्थात् मौनताको बदलामा जेएनयुको छात्रवृत्ति छ, अशोकाको प्लेनम छ, फोर्टिसको उपचार छ । नत्र दाँया–बाँया भयो भने काठमाडौंको मध्यमा जमीम शाहको नियतिले पर्खिरहेको छ । तर, बाध्यता स्वयं बधुँवा हुन चाहनेको मात्रै हुन्छ, ३ करोड सबैको हुँदैन ।
भारतीय विद्वानहरु अक्सर काठमाडौंमा प्रश्न गर्छन्– समान धर्म र मिल्दोजुल्दो संस्कृति भएर पनि नेपालमा भारतको विरोध किन हुन्छ ? यसको सरल जवाफ छ– अफगानिस्तानमा पाकिस्तानको विरोध किन हुन्छ ? आखिर दुवै मुस्लिम राष्ट्र हुन् ।
युरोपभरि लगभग क्रिश्चियन भएर पनि अनगिन्ती मुलुक किन भए, अनगिन्ती युद्ध त्यहीँ किन भए ? दक्षिण अमेरिकामा अमेरिकाको विरोध किन हुन्छ ? अजय भनिएको सोभियतका आफ्नै सेटेलाइट देशहरुले सोभियतलाई किन मानेनन् ? किनभने– मुलुकहरु दाइभाइ हुँदैनन, मुलुकहरु सार्वभौम हुन्छन्, समान हैसियतमा हुन्छन् ।
समयले ९० को दशक काटेर अघि बढिसक्यो, जेएनयू र बनारस हिन्दू विश्वविद्यालयबाट बाटो अक्स्फोर्ड, क्याब्रिज, याले पुगिसक्यो । तर, यो कुरा उपनिवेशले सयाैं वर्ष डामेको, क्रान्तिबिना स्वतन्त्रता पाएको भारत र भारतीय डेमोक्रेसीले बुझ्दैन ।
काश्मिरमाथि आफ्नो बेइमान पञ्जा गाड्नुभन्दा केही समय अगाडि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुखले काठमाडौंमा पत्रकारहरुसँग भनेका थिए, भारत अब असंलग्न राष्ट्रका रुपमा रहेन । भारत शक्तिराष्ट्र हो । उसले आफ्नो विदेशनीति यसै अनुसार सञ्चालन गर्छ ।
त्यसको केही हप्तामा नेपालको संसदमा बोल्दै प्रतिपक्षी दलका एक नेता प्रदीप गिरीले भने, ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ, त्योबेला तपाईं के गर्न सक्नुहु��्छ ?’
काश्मिर मामला र पछिल्लो सन्दर्भलाई समेटेर नेपालका परराष्ट्र मन्त्रीले पत्रकारहरुसँग भने, ‘नेपाल भारत सम्बन्ध उत्कृष्ट छ, प्रदीप गिरीले त्यस्तो बोल्न सुहाउँदैन ! काश्मिर मामलालाई हामीले नजिकबाट नियालिरहेका छौं !’
हाम्रो ब्यापार घाटा र त्रासमा अडेको विदेशनीतिको आलम्व भारतबारे हाम्रो बुझाइलाई नेपाली राजनीतिक बजारका यिनै समाचारले धेरै हदसम्म खुल्ला झ्याल प्रदान गर्छन् । यस्तो परिवेशमा दोश्रो पटक नेपाली भूमी टेक्दै गरेका, जयशंकरलाई अझै पनि लाग्दै होला केही थान एम्बुलेन्स, छत्रवृत्ति अनि जमिम नियतिको भयले नेपाल धानिन्छ ।
जयशंकरलाई नेपालीले कालो झन्डाले स्वागत त नगर्लान्, तर कसैले मीठो लयमा बुझाइदेओस्– समय धेरै पर पुगिसक्यो । अनावश्यक ठूलो दाजु हुन खोज्ने अमेरिकालाई इरानी विद्यार्थीहरुले नोभेम्बर ४, १९७९ मा सिकाएको पाठ सर्वत्र अध्ययनका लागि उपलब्ध छ र थुप्रै नेपालीहरुले त्यसलाई ‘नोटिस’ गरिसकेका छन्, भारतीय विदेश मन्त्रालयले सन् २०१५ को नाकाबन्दीमा नेपालबारे पटक–पटक ‘नोटिस’ गरेजस्तै ।
दुनियाँमा ‘अन्धराष्ट्रवादको हावा’ चलेको बहाना देखाएर दबाएर राखिने हस्तक्षेपविरोधी अवाज आजको युगमा मौन रहँदैन । नेपाली भूमिमै पसेर मारिएका भीमदत्त पन्तक�� अवाजहरु यही धरामा कतै जीवितै छन् । आजको युगमा भीमदत्तका आवाजहरु आफ्नो हजाराैं गुणा तागतसहित आकाशमा आइदिन्छन् ।
��िस्टर जयशंकर ! काठमाडौका होटेलमा बन्द कोठाभित्र धनुष्टंकार हुँदै गरेका केही थान अनुहारलाई ‘आश र त्रास’ देखाएर कँज्याएजस्तो लागे पनि, केही थान ‘रोटी–बेटी रैती’ को नमस्कारमा आफैंलाई दैव देखे पनि ,देश र दुनियाँभर कठिन श्रम गरेर आफ्नो मुलुकलाई ढल्नबाट बचाउने वास्तविक नेपालको आत्मालाई तिमीले बोकेको हेपाहा नीतिले पराजित गर्न सक्दैन ।
एक्काइशौं शताब्दीको युद्ध मानिने नाकाबन्दी र हस्तक्षेपको अगुवा अनि भारतीय पुँजीको एकाधिकारका प्रतिमूर्ति तिमीलाई हाम्रो नेपालमा खुल्ला दिलले स्वागत छैन !
0 notes
Text
मध्यरातमा एक्लै सगरमाथाको शिखर चुम्दा
११ असार, काठमाडौं । हिमाल नहुँदो हो त मि��्मा दोर्ची शेर्पा यतिबेला पहाडका कुनै टाकुरामा कसैको भारी बिसाउँदै हुन्थे । गोरेटाहरुको कुनै मोडमा चिया बेचिरहेका हुन्थे । या खेतमा बाँझो पल्टाइरहेका हुन्थे ।
हुन त उनले यो सबै गरे । विद्यालय जाने उमेरमा भारी बोकेर अग्ला गौंडाहरु चढे । बटुवालाई बोलाउँदै चिया पनि बेचे । सानो उमेरमै खेेतिपातीको लामो अनुभव त उनको योग्यता नै हो । तर उनका लागि अहिले यी सबैभन्दा माथि छ, हिमाल ।
अहिले लाग्छ… हिमाल छ र मिङ्मा छन्, मिङ्माकै लागि हिमाल छ, हिमालको अग्लिएको उचाइ मिङ्माले नै अग्लाइ भेट्न हो ।
हिमालसँग दैनिकी जोडिएका शेर्पालाई कतिपटक हिमाल पुग्नुभयो भनेर नसोध्नुहोला । कामकै लागि बेस क्याम्पदेखि शिखर गर्दागर्दै उमेर बिताएका उनीहरु पटकको गणना सम्झँदैनन् । ‘हिमालको देवता’को साथले सक्दासम्म त्यसैको वरपर बाँच्छन्, नसक्दा पनि त्यसैको सम्झनामा हराउँछन् । त्यसैको आर्जनले कृतज्ञ हुन्छन् ।
हिमालसँगको यस्तै सम्बन्धमा छन्, ३१ वर्षका मिङ्मा । फरक भनेको उनलाई हिमालमा कति पटक पुगेँ, कति पटक शिखर चढेँ भन्ने एकीन सम्झना छ ।
मिङ्मा हिमालसँग जोडिएको १० वर्ष भयो । यसअघि ३४ पटक हिमालको काखमा हुँदा उनको मनमा गुजारा गर्नेबाहेक अर्को सोच थिएन । तर ३५ औं पटकमा मिङ्माको मन फेरियो । लाग्यो, मैले पनि एउटा कीर्तिमान बनाउनुपर्छ ।
आफैंले बाटो देखाउँदै, आफ्नै सहयोगमा उचाइ पुर्याएका कतिले के-के कीर्तिमान बनाइसक्दा पनि नआएको इच्छा यसपटक मिङ्माको मनमा अचम्मसँगै आयो । ‘मैले पनि केही सम्झना छाड्नुपर्छ’ भन्ने सोच यति बलियो थियो कि उनले गरिछाडे ।
कीर्तिमानको त्यही भोकले नै मिङ्मा सगरमाथाको शिखरदेखि लोत्सेको शिखरसम्म ६ घण्टा १ मिनेटमा पुगे । त्यो पनि एक्लै । हुन त हिमालका साथी उनलाई अरु साथको खाचो परेन । एक्लै पनि हिउँ छिचोल्न सके । विश्व कीर्तिमान बनाए । ८ हजार मिटर अग्ला हिमालको शिखरमा १७ औं पटक पुग्दा उनको शरीरको ऊर्जा र मनको उत्साह हिमाल जसरी नै अग्लियो ।
मिङ्माले हिमालमा प्रतिस्पर्धा गर्न खोजेको होइनन् । हो त उमेर छँदै केही गरेर हिमाल आरोहणसँग नाम जोडियोस् भन्ने चाहना मात्रै । ‘सबै कुरा पैसा कमाउनु पनि त होइन । आफूले केही कीर्ति छाडेरै जानुपर्छ भन्ने लाग्छ । आफूले गर्न सक्ने काम किन नगर्ने त ? मेरो काम नै हिमालमा छ भने अरुले जस्तो कीर्तिमान मैले किन नबनाउने’ आरोहण अघिको दृढ सोच मिङ्माले सुनाए ।
हिमालसम्मको बाटो
सङ्खुवासभाको मकालु ��िमाल आरोहणमा जाने बाटोको अन्तिम गाउँ नै मिङ्माको गाउँ हो ।
तीन कक्षासम्म उनी गाउँकै विद्यालयमा पढे । विद्यालयको अनुभव सुनाउँदा मिङ्मा यतिमात्रै भन्छन्, ‘दुर्गम क्षेत्रको विद्यालय त्यस्तै नै हो ।’ मिङ्माले कुन अर्थमा दुर्गमको विद्यालय त्यस्तै हो भनेर सुनाए त्यो उनको अनुहारमा झल्कन्थ्यो । पाठ्यपुस्तकको अभाव र नियमित पढाइ नहुने चलन जस्तै भइसक्यो ।
तीन कक्षापछि उनी ७ कक्षासम्म तीन गाउँ परको विद्यालयमा आउने-जाने गरेर पढे । दुःखैमा पनि निरन्तर भइरहेको उनको पढाइ बुबा-आमा बितेपछि भने सम्भव भएन । मिङ्मा ७ वर्षको हुँदा आमा बितिन् । १४ वर्षको हुँदा बुबा । जेठो छोरा भएकाले काममा नै ध्यान दिनुपर्ने बाध्यता आयो र उनले पढाइ छाडे ।
गाउँमा खेतिकिसानी र भरिया काम गर्दै भाइ बहिनी हुर्काए । एक वर्ष जस्तो चिया पसल चलाए । त्यहीको चिनजानले उनी पर्यटन व्यवसायमा आएका हुन् । ‘गाउँकै दाइहरुको कम्पनीमा चिनेपछि पर्यटन पेशामा आउन पाएँ । सन् २००९ देखि यो क्षेत्रमा लागेको हो । २०१० मा आमाडब्लम हिमाल चढेपछि त हिमाल यात्रा राम्ररी नै सुरु भयो । २०११ मा मनासलु र सगरमाथा पनि चढेँ’ मिङ्माले भने ।
हिमालतिर काममा गएको त ३५ भन्दा बढी पटक भइसक्यो । आरोहण नै गरेको पनि १७ पटक त भइसक्यो । त्यसमा उनी एक्लै शिखरमा गएको त यो वर्ष मात्रै हो ।
अरु कम्पनीमा पाँच वर्ष काम गरेकै अनुभवले मिङ्मा चार जना साथीसहित अहिले छुट्टै कम्पनी चलाउँछन् । पायोनियर एड्भेन्चर कम्पनीमार्फत हिमाल आरोहणमा जान चाहनेको सहयोगमा उनीहरु लागिपरेका छन् ।
सगरमाथादेखि लोत्सेसम्म
१३ जेठको रात १२ बजेर ४४ मिनेट जाँदा मिङ्माको एक्लो शरीर सगरमाथाको शिखरमा थियो । त्यसैको बिहान ६ बजेर ४५ मिनेट जाँदा लोत्सेको शिखरमा ।
यो वर्ष पनि सर्वोच्च शिखर सगरमाथामा पर्यटक लैजाने मिङ्माको काम छँदै थियो । १७ जनाको टिमको नेतृत्व गरेर उनी सगरमाथामा थिए । उनको टिमले चढ्न सक्नेलाई शिखरसम्म पुर्यायो र नसक्नेलाई उद्दार गरेर तल फर्कायो ।
जाने बेलामा नै उनले सोचेका थिए, सबै टिमलाई सफल आरोहण गराएर आफू चढ्छु । तर मौसमका कारण तल आउने, माथि जाने गरिरहनु पर्दा ढिला हुन पुग्यो । त्यसैले ‘क्याम्प फोर’ मा मात्रै तीन रात बस्नुपर्यो ।
जेठ ८ गते टिमका सबैको आरोहण सकाएपछि ९ गते शिखरमा जाने सोचमा मिङ्मा थिए । तर त्यही दिन अरु आरोहीको बचाउका लागि जानुपर्ने भयो र उनी ‘क्याम्प टु’ फर्किए । मौसम नमिल्दा रात त्यहीँ बसेर उनी ११ गते ‘क्याम्प फोर’मा पुगे ।
७ः४० मा ‘क्याम्प फोर’ बाट हिँडेका उनी १२ः४४ मा सगरमाथा शिखरमा पुगे । २० मिनेटजस्तो शिखरमै बसे । फोटो भिडियो खिच�� । त्यसपछि लोत्सेका लागि तल झरे । सगरमाथा र लोत्सेको बाटो ‘क्याम्प थ्री’सम्म एउटै नै पर्छ । ‘क्याम्प थ्री’बाट सगरमाथा जाने र लोत्से जाने ठाउँ छुट्टीन्छ । सगरमाथाको चुचुरोदेखि लोत्सेको चुचुरोसम्म र सकेदेखि त्यहाँबाट मकालुको चुुचुरोसम्म सबैभन्दा छिटो पुग्न सकिन्छ कि भन्ने सोचमा थिए मिङ्मा ।
त्यसैले सगरमाथाबाट तल झरेर लोत्सेको लागि तयारी गरिहाले । पानी र अक्सिजन मिलाएर हिँडेका उनी बिहानको ६ः४५ मा लोत्सेको शिखरमा पुगे । आरोही निर्मल पुर्जा मगरले सगरमाथा शिखरदेखि लोत्सेको शिखरसम्म १० घण्टा १५ मिनेटमा बनाएको कीर्तिमान उनले तोडे ।
पाँचौ पटकको सगरमाथा आरोहणमा उनको अनुभव भिन्न बन्यो । एक त कीर्तिमानका लागि गरेको काम, अर्को रातको समयका एक्ला यात्री । लोत्सेबाट झरेर उनी दिउँसो ३ बजे सगरमाथा आधार शिबिरमा पुगे ।
मध्यरातको त्यो अनुभव
रातको पौने १ बजे सगरमाथाको शिखरमा एक्लै पुग्दा कस्तो अनुभव होला ? कति ठाउँमा डर, कति ठाउँमा उत्साह ।
मिङ्मा आरोहण गरेको दिन सगरमाथा चढ्न पाइने यो वर्षको अन्तिम दिन पनि थियो । उनीभन्दा पछि पनि अरु १० जना आरोही थिए, तर छिटो गर्नुपर्ने भएकाले मिङ्माले उनीहरुलाई कुरेनन् । ‘मौसम खराबीले गर्दा जेठ ११ गतेपछि अरु कोही चढेका थिएनन् । पुरानो बाटो हिँउले पुरिएकाले बाटो बनाउँदै जानुपर्ने थियो । ‘कति बाटो फोर्दै गएँ । फिक्स लाइन निकाल्न गाह्रो पनि भयो,’ काठमाडौंमा भेटिएका उनले भने ।
रातको समयमा मिङ्मालाई कतैकतै त डर पनि लाग्यो । हिँड्दा कसैले पछाडिबाट सुसेली हालेको जस्तो लागिरहेको थियो । उनलाई डर लाग्यो । भूतले तर्साएको हो कि भन्ने सम्झिए । पछाडि आफ्नै सामान बजिरहेको रहेछ भन्ने थाहा भएपछि उनी ढुक्क भए । एक्लै हुँदाका अनेक तर्कना मनमा आइ नै रहे पनि कीर्तिमानको उत्साहले उनलाई ऊर्जा मिलिरहेको थियो ।
मिङ्मालाई लाग्यो सगरमाथामा यो वर्ष गएका केही वर्षमा भन्दा हिउँ बढी नै परेको छ । उनले धेरै ठाउँमा पहिले देखिने ढुङ्गाहरु यस वर्ष हिउँले ढाकिएको देखे ।
‘हिलारी स्टेप र त्यो माथिको ठूलो ढुङ्गा पनि हिउँले छोपिएको थियो । त्यो त हरेक वर्ष भिन्न नै देखिन्छ । कतिले भूकम्प पछि हिलारी स्टेप भत्केर सम्म भयो भने, तर मलाई भने त्यस्तो लाग्दैन । हुन त सबैको अनुभव आ-आफ्नै हुन्छ । सबैले आफ्नै अनुभवका आधारमा बताउने नै हो,’ मिङ्माले अनुभव बताए ।
मकालुको आरोहण
सगरमाथा र लोत्से चढेर आधार शिबिरमा आएका मिङ्माको अबको यात्रा मकालुतिर थियो । तर मौसम खराब भएकाले समयमा हेलिकप्टर आउन सकेन । बेलुका मात्रै हेलिकप्टर आएपछि उनी ५ बजे मकालु बेसक्याम्प पुगे । त्यो रात बेसक्याम्पमा बसेका उनी बिहान ८ः��५ मा शिखरका लागि हिँडे ।
बेस क्याम्पबाट हिँडेको करिब २२ घण्टामा मिङ्मा मकालुको शिखरमा थिए । फरक यसपटक उनीसँगै अर्का दुई आरोही पनि थिए । त्यस��ले सगरमाथा र लोत्सेमा जस्तो सेल्फी नभइ मकालुमा उनले राम्रै फोटो खिचाउन पाए ।
उनको जीपीएस ट्रयाकलाई हेर्दा जेठ १५ को बिहान ७ बजेर ९ मिनेट जाँदा मकालु शिखरमा पुगेको देखिन्छ । मिङ्मा त्यही दिन नै मकालुबाट झरेर तल ट्रेकिङ बेस क्याम्पसम्मै पुगेँ ।
३ दिनमा तीन वटा आठ हजार मिटर अग्ला हिमाल चढ्ने योजनामा मिङ्मा थिए । ‘निम्स दाइ (निर्मल पुर्जा मगर) ले ४८ घण्टामा नयाँ कीर्तिमान बनाएको मलाई थाहा थिएन । त्यसैले म मकालु बेसक्याम्पमा १७ घण्टा बसेँ । त्यो कीर्तिमान थाहा पाएको भए म ५ घण्टाभन्दा बढी बेसक्याम्पमा बस्दैन थिएँ,’ उनले भने ।
यसपटक मिङ्मालाई अनुभव भयो, अरुलाई लिएर जाँदा र आफैं चढ्न भनेर जाँदा एकदमै फरक पर्नेरहेछ । सगरमाथा र लोत्सेमा फोटो खिचिदिने साथीसमेत नहुँदा उनले आफूले आरोहण गराएका कति पर्यटकको फोटो खिचिदिएको सम्भिmए । अनि टाउकोमा राखेको लाइटलाई प्रयोग गरेर सेल्फी खिचे ।
‘आफूले गाइड गरेर अरुलाई लिएर जाँदा त मजाले फोटो खिचिदिने, कहाँ के गर्नुपर्छ भन्ने, सबै कुरा बताउँदै लैजाने गरिन्थ्यो । तर एक्लै जाँदा कसैको साहरा नै भएन,’ उनले भने ।
सगरमाथा सफा पार्न
मिङ्मालाई लाग्छ, सगरमाथामा फोहोर गत दुई वर्ष अघिभन्दा कम नै छ । आधार शिविर र क्याम्प टु को आसपास त राम्रैसँग सफा भएको छ ।
क्लाइम्बिङ गाइडहरुले आधार शिविर माथिबाट ८ किलो फोहोर ल्याएर बुझाउन पर्ने नियमले पनि सफाइमा सहयोग पुर्याएको उनलाई लाग्छ । झण्डै पाँच सय जना गाइडले ८ किलोको दरले फोहोर ल्याउँदा धेरै सफा भएकै पनि हो ।
सगरमाथामा बाहिरबाट फोहोर जाने होइन । त्यहाँ चढ्ने मान्छेले नै फोहोर गर्ने हुन् । मिङ्मा भन्छन्, सबैले विचार गर्ने हो भने फोहोर कम गर्न सकिन्छ । प्रोजेक्टको रुपमा केही सयम काम गर्ने मात्रै नभएर हरेक पटक विचार गर्नुपर्छ । जति माथि हुँदै गयो, उति सफाइमा समस्या हुँदै जान्छ । प्रयोग भइसकेका सामानको व्यवस्थापनमा ध्यान दिनु पर्छ ।’
‘सबैले माथिदेखि नै निश्चित फोहोर ल्याउनुपर्ने र त्यसको केही रकम पनि दिने गरियो भने अझ सफा बनाउन सकिएला कि,’ उनले भने, ‘उदाहरणका लागि आफूले प्रयोग गर्ने ब्याट्रीको खोल तल नै व्यवस्थापन गरेर माथि जान सकिन्छ । त्यतिका मान्छेले ब्याट्री मात्रै परिवर्तन गर्दा पनि सयौँ खोलहरु छरिन्छन् ।’
अहिले पाकिस्तानमा
मिङ्मा अहिले पाकिस्तानमा छन् । त्यहाँ के टु, ब्रोडपिक, जि वान र जि टु गरी चार हिमाल चढ्ने उनको योजना छ । यी सबै हिमाल एउटै रेञ्जमा छन् ।
मिङ्माले यसभन्दा अघि पनि विश्वको दोस्रो अग्लो शिखर माउन्ट के टु दुईपटक चढिसकेका छन् । त्यसैले अब केही नयाँ कीर्तिमान बनाउन सक्छु कि जस्तो लागेको छ । अहिले गरेको कामले खुशी भएका उनी पाकिस्तानमा पनि केही कीर्तिमान बनाउन सके देशलाई चिनाउन केही गरेँ भन्ने गर्व हुने सुनाउँछन् । उन��ो मनमा के टुमा एकै सिजनमा दुई पटक चढ्न सकिन्छ कि भन्ने पनि छ । मिङ्माको हिमालप्रतिको श्रद्धा र आरोहणप्रति आत्मविश्वास हेर्दा लाग्छ, पाकिस्���ानमा केही गर्ने छन् ।
उनलाई शुभकामना ।
तस्वीर सौजन्य : मिङ्मा दोर्ची शेर्पा
हेर्नुहोस् भिडियो :
youtube
0 notes
Text
मध्यरातमा एक्लै सगरमाथाको शिखर चुम्दा
११ असार, काठमाडौं । हिमाल नहुँदो हो त मिङ्मा दोर्ची शेर्पा यतिबेला पहाडका कुनै टाकुरामा कसैको भारी बिसाउँदै हुन्थे । गोरेटाहरुको कुनै मोडमा चिया बेचिरहेका हुन्थे । या खेतमा बाँझो पल्टाइरहेका हुन्थे ।
हुन त उनले यो सबै गरे । विद्यालय जाने उमेरमा भारी बोकेर अग्ला गौंडाहरु चढे । बटुवालाई बोलाउँदै चिया पनि बेचे । सानो उमेरमै खेेतिपातीको लामो अनुभव त उनको योग्यता नै हो । तर उनका लागि अहिले यी सबैभन्दा माथि छ, हिमाल ।
अहिले लाग्छ… हिमाल छ र मिङ्मा छन्, मिङ्माकै लागि हिमाल छ, हिमालको अग्लिएको उचाइ मिङ्माले नै अग्लाइ भेट्न हो ।
हिमालसँग दैनिकी जोडिएका शेर्पालाई कतिपटक हिमाल पुग्नुभयो भनेर नसोध्नुहोला । कामकै लागि बेस क्याम्पदेखि शिखर गर्दागर्दै उमेर बिताएका उनीहरु पटकको गणना सम्झँदैनन् । ‘हिमालको देवता’को साथले सक्दासम्म त्यसैको वरपर बाँच्छन्, नसक्दा पनि त्यसैको सम्झनामा हराउँछन् । त्यसैको आर्जनले कृतज्ञ हुन्छन् ।
हिमालसँगको यस्तै सम्बन्धमा छन्, ३१ वर्षका मिङ्मा । फरक भनेको उनलाई हिमालमा कति पटक पुगेँ, कति पटक शिखर चढेँ भन्ने एकीन सम्झना छ ।
मिङ्मा हिमालसँग जोडिएको १० वर्ष भयो । यसअघि ३४ पटक हिमालको काखमा हुँदा उनको मनमा गुजारा गर्नेबाहेक अर्को सोच थिएन । तर ३५ औं पटकमा मिङ्माको मन फेरियो । लाग्यो, मैले पनि एउटा कीर्तिमान बनाउनुपर्छ ।
आफैंले बाटो देखाउँदै, आफ्नै सहयोगमा उचाइ पुर्याएका कतिले के-के कीर्तिमान बनाइसक्दा पनि नआएको इच्छा यसपटक मिङ्माको मनमा अचम्मसँगै आयो । ‘मैले पनि केही सम्झना छाड्नुपर्छ’ भन्ने सोच यति बलियो थियो कि उनले गरिछाडे ।
कीर्तिमानको त्यही भोकले नै मिङ्मा सगरमाथाको शिखरदेखि लोत्सेको शिखरसम्म ६ घण्टा १ मिनेटमा पुगे । त्यो पनि एक्लै । हुन त हिमालका साथी उनलाई अरु साथको खाचो परेन । एक्लै पनि हिउँ छिचोल्न सके । विश्व कीर्तिमान बनाए । ८ हजार मिटर अग्ला हिमालको शिखरमा १७ औं पटक पुग्दा उनको शरीरको ऊर्जा र मनको उत्साह हिमाल जसरी नै अग्लियो ।
मिङ्माले हिमालमा प्रतिस्पर्धा गर्न खोजेको होइनन् । हो त उमेर छँदै केही गरेर हिमाल आरोहणसँग नाम जोडियोस् भन्ने चाहना मात्रै । ‘सबै कुरा पैसा कमाउनु पनि त होइन । आफूले केही कीर्ति छाडेरै जानुपर्छ भन्ने लाग्छ । आफूले गर्न सक्ने काम किन नगर्ने त ? मेरो काम नै हिमालमा छ भने अरुले जस्तो कीर्तिमान मैले किन नबनाउने’ आरोहण अघिको दृढ सोच मिङ्माले सुनाए ।
हिमालसम्मको बाटो
सङ्खुवासभाको मकालु हिमाल आरोहणमा जाने बाटोको अन्तिम गाउँ नै मिङ्माको गाउँ हो ।
तीन कक्षासम्म उनी गाउँकै विद्यालयमा पढे । विद्यालयको अनुभव सुनाउँदा मिङ्मा यतिमात्रै भन्छन्, ‘दुर्गम क्षेत्रको विद्यालय त्यस्तै नै हो ।’ मिङ्माले कुन अर्थमा दुर्गमको विद्यालय त्यस्तै हो भनेर सुनाए त्यो उनको अनुहारमा झल्कन्थ्यो । पाठ्यपुस्तकको अभाव र नियमित पढाइ नहुने चलन जस्तै भइसक्यो ।
तीन कक्षापछि उनी ७ कक्षासम्म तीन गाउँ परको विद्यालयमा आउने-जाने गरेर पढे । दुःखैमा पनि निरन्तर भइरहेको उनको पढाइ बुबा-आमा बितेपछि भने सम्भव भएन । मिङ्मा ७ वर्षको हुँदा आमा बितिन् । १४ वर्षको हुँदा बुबा । जेठो छोरा भएकाले काममा नै ध्यान दिनुपर्ने बाध्यता आयो र उनले पढाइ छाडे ।
गाउँमा खेतिकिसानी र भरिया काम गर्दै भाइ बहिनी हुर्काए । एक वर्ष जस्तो चिया पसल चलाए । त्यहीको चिनजानले उनी पर्यटन व्यवसायमा आएका हुन् । ‘गाउँकै दाइहरुको कम्पनीमा चिनेपछि पर्यटन पेशामा आउन पाएँ । सन् २००९ देखि यो क्षेत्रमा लागेको हो । २०१० मा आमाडब्लम हिमाल चढेपछि त हिमाल यात्रा राम्ररी नै सुरु भयो । २०११ मा मनासलु र सगरमाथा पनि चढेँ’ मिङ्माले भने ।
हिमालतिर काममा गएको त ३५ भन्दा बढी पटक भइसक्यो । आरोहण नै गरेको पनि १७ पटक त भइसक्यो । त्यसमा उनी एक्लै शिखरमा गएको त यो वर्ष मात्रै हो ।
अरु कम्पनीमा पाँच वर्ष काम गरेकै अनुभवले मिङ्मा चार जना साथीसहित अहिले छुट्टै कम्पनी चलाउँछन् । पायोनियर एड्भेन्चर कम्पनीमार्फत हिमाल आरोहणमा जान चाहनेको सहयोगमा उनीहरु लागिपरेका छन् ।
सगरमाथादेखि लोत्सेसम्म
१३ जेठको रात १२ बजेर ४४ मिनेट जाँदा मिङ्माको एक्लो शरीर सगरमाथाको शिखरमा थियो । त्यसैको बिहान ६ बजेर ४५ मिनेट जाँदा लोत्सेको शिखरमा ।
यो वर्ष पनि सर्वोच्च शिखर सगरमाथामा पर्यटक लैजाने मिङ्माको काम छँदै थियो । १७ जनाको टिमको नेतृत्व गरेर उनी सगरमाथामा थिए । उनको टिमले चढ्न सक्नेलाई शिखरसम्म पुर्यायो र नसक्नेलाई उद्दार गरेर तल फर्कायो ।
जाने बेलामा नै उनले सोचेका थिए, सबै टिमलाई सफल आरोहण गराएर आफू चढ्छु । तर मौसमका कारण तल आउने, माथि जाने गरिरहनु पर्दा ढिला हुन पुग्यो । त्यसैले ‘क्याम्प फोर’ मा मात्रै तीन रात बस्नुपर्यो ।
जेठ ८ गते टिमका सबैको आरोहण सकाएपछि ९ गते शिखरमा जाने सोचमा मिङ्मा थिए । तर त्यही दिन अरु आरोहीको बचाउका लागि जानुपर्ने भयो र उनी ‘क्याम्प टु’ फर्किए । मौसम नमिल्दा रात त्यहीँ बसेर उनी ११ गते ‘क्याम्प फोर’मा पुगे ।
७ः४० मा ‘क्याम्प फोर’ बाट हिँडेका उनी १२ः४४ मा सगरमाथा शि���रमा पुगे । २० मिनेटजस्तो शिखरमै बसे । फोटो भिडियो खिचे । त्यसपछि लोत्सेका लागि तल झरे । सगरमाथा र लोत्सेको बाटो ‘क्याम्प थ्री’सम्म एउटै नै पर्छ । ‘क्याम्प थ्री’बाट सगरमाथा जाने र लोत्से जाने ठाउँ छुट्टीन्छ । सगरमाथाको चुचुरोदेखि लोत्सेको चुचुरोसम्म र सकेदेखि त्यहाँबाट मकालुको चुुचुरोसम्म सबैभन्दा छिटो पुग्न सकिन्छ कि भन्ने सोचमा थिए मिङ्मा ।
त्यसैले सगरमाथाबाट तल झरेर लोत्सेको लागि तयारी गरिहाले । पानी र अक्सिजन मिलाएर हिँडेका उनी बिहानको ६ः४५ मा लोत्सेको शिखरमा पुगे । आरोही निर्मल पुर्जा मगरले सगरमाथा शिखरदेखि लोत्सेको शिखरसम्म १० घण्टा १५ मिनेटमा बनाएको कीर्तिमान उनले तोडे ।
पाँचौ पटकको सगरमाथा आरोहणमा उनको अनुभव भिन्न बन्यो । एक त कीर्तिमानका लागि गरेको काम, अर्को रातको समयका एक्ला यात्री । लोत्सेबाट झरेर उनी दिउँसो ३ बजे सगरमाथा आधार शिबिरमा पुगे ।
मध्यरातको त्यो अनुभव
रातको पौने १ बजे सगरमाथाको शिखरमा एक्लै पुग्दा कस्तो अनुभव होला ? कति ठाउँमा डर, कति ठाउँमा उत्साह ।
मिङ्मा आरोहण गरेको दिन सगरमाथा चढ्न पाइने यो वर्षको अन्तिम दिन पनि थियो । उनीभन्दा पछि पनि अरु १० जना आरोही थिए, तर छिटो गर्नुपर्ने भएकाले मिङ्माले उनीहरुलाई कुरेनन् । ‘मौसम खराबीले गर्दा जेठ ११ गतेपछि अरु कोही चढेका थिएनन् । पुरानो बाटो हिँउले पुरिएकाले बाटो बनाउँदै जानुपर्ने थियो । ‘कति बाटो फोर्दै गएँ । फिक्स लाइन निकाल्न गाह्रो पनि भयो,’ काठमाडौंमा भेटिएका उनले भने ।
रातको समयमा मिङ्मालाई कतैकतै त डर पनि लाग्यो । हिँड्दा कसैले पछाडिबाट सुसेली हालेको जस्तो लागिरहेको थियो । उनलाई डर लाग्यो । भूतले तर्साएको हो कि भन्ने सम्झिए । पछाडि आफ्नै सामान बजिरहेको रहेछ भन्ने थाहा भएपछि उनी ढुक्क भए । एक्लै हुँदाका अनेक तर्कना मनमा आइ नै रहे पनि कीर्तिमानको उत्साहले उनलाई ऊर्जा मिलिरहेको थियो ।
मिङ्मालाई लाग्यो सगरमाथामा यो वर्ष गएका केही वर्षमा भन्दा हिउँ बढी नै परेको छ । उनले धेरै ठाउँमा पहिले देखिने ढुङ्गाहरु यस वर्ष हिउँले ढाकिएको देखे ।
‘हिलारी स्टेप र त्यो माथिको ठूलो ढुङ्गा पनि हिउँले छोपिएको थियो । त्यो त हरेक वर्ष भिन्न नै देखिन्छ । कतिले भूकम्प पछि हिलारी स्टेप भत्केर सम्म भयो भने, तर मलाई भने त्यस्तो लाग्दैन । हुन त सबैको अनुभव आ-आफ्नै हुन्छ । सबैले आफ्नै अनुभवका आधारमा बताउने नै हो,’ मिङ्माले अनुभव बताए ।
मकालुको आरोहण
सगरमाथा र लोत्से चढेर आधार शिबिरमा आएका मिङ्माको अबको यात्रा मकालुतिर थियो । तर मौसम खराब भएकाले समयमा हेलिकप्टर आउन सकेन । बेलुका मात्रै हेलिकप्टर आएपछि उनी ५ बजे मकालु बेसक्याम्प पुगे । त्यो रात बेसक्याम्पमा बसेका उनी बिहान ८ः३५ मा शिखरका लागि हिँडे ।
बेस क्याम्पबाट हिँडेको करिब २२ घण्टामा मिङ्मा मकालुको शिखरमा थिए । फरक यसपटक उनीसँगै अर्का दुई आरोही पनि थिए । त्यसैले सगरमाथा र लोत्सेमा जस्तो सेल्फी नभइ मकालुमा उनले राम्रै फोटो खिचाउन पाए ।
उनको जीपीएस ट्रयाकलाई हेर्दा जेठ १५ को बिहान ७ बजेर ९ मिनेट जाँदा मकालु शिखरमा पुगेको देखिन्छ । मिङ्मा त्यही दिन नै मकालुबाट झरेर तल ट्रेकिङ बेस क्याम्पसम्मै पुगेँ ।
३ दिनमा तीन वटा आठ हजार मिटर अग्ला हिमाल चढ्ने योजनामा मिङ्मा थिए । ‘निम्स दाइ (निर्मल पुर्जा मगर) ले ४८ घण्टामा नयाँ कीर्तिमान बनाएको मलाई थाहा थिएन । त्यसैले म मकालु बेसक्याम्पमा १७ घण्टा बसेँ । त्यो कीर्तिमान थाहा पाएको भए म ५ घण्टाभन्दा बढी बेसक्याम्पमा बस्दैन थिएँ,’ उनले भने ।
यसपटक मिङ्मालाई अनुभव भयो, अरुलाई लिएर जाँदा र आफैं चढ्न भनेर जाँदा एकदमै फरक पर्नेरहेछ । सगरमाथा र लोत्सेमा फोटो खिचिदिने साथीसमेत नहुँदा उनले आफूले आरोहण गराएका कति पर्यटकको फोटो खिचिदिएको सम्भिmए । अनि टाउकोमा राखेको लाइटलाई प्रयोग गरेर सेल्फी खिचे ।
‘आफूले गाइड गरेर अरुलाई लिएर जाँदा त मजाले फोटो खिचिदिने, कहाँ के गर्नुपर्छ भन्ने, सबै कुरा बताउँदै लैजाने गरिन्थ्यो । तर एक्लै जाँदा कसैको साहरा नै भएन,’ उनले भने ।
सगरमाथा सफा पार्न
मिङ्मालाई लाग्छ, सगरमाथामा फोहोर गत दुई वर्ष अघिभन्दा कम नै छ । आधार शिविर र क्याम्प टु को आसपास त राम्रैसँग सफा भएको छ ।
क्लाइम्बिङ गाइडहरुले आधार शिविर माथिबाट ८ किलो फोहोर ल्याएर बुझाउन पर्ने नियमले पनि सफाइमा सहयोग पुर्याएको उनलाई लाग्छ । झण्डै पाँच सय जना गाइडले ८ किलोको दरले फोहोर ल्याउँदा धेरै सफा भएकै पनि हो ।
सगरमाथामा बाहिरबाट फोहोर जाने होइन । त्यहाँ चढ्ने मान्छेले नै फोहोर गर्ने हुन् । मिङ्मा भन्छन्, सबैले विचार गर्ने हो भने फोहोर कम गर्न सकिन्छ । प्रोजेक्टको रुपमा केही सयम काम गर्ने मात्रै नभएर हरेक पटक विचार गर्नुपर्छ । जति माथि हुँदै गयो, उति सफाइमा समस्या हुँदै जान्छ । प्रयोग भइसकेका सामानको व्यवस्थापनमा ध्यान दिनु पर्छ ।’
‘सबैले माथिदेखि नै निश्चित फोहोर ल्याउनुपर्ने र त्यसको केही रकम पनि दिने गरियो भने अझ सफा बनाउन सकिएला कि,’ उनले भने, ‘उदाहरणका लागि आफूले प्रयोग गर्ने ब्याट्रीको खोल तल नै व्यवस्थापन गरेर माथि जान सकिन्छ । त्यतिका मान्छेले ब्याट्री मात्रै परिवर्तन गर्दा पनि सयौँ खोलहरु छरिन्छन् ।’
अहिले पाकिस्तानमा
मिङ्मा अहिले पाकिस्तानमा छन् । त्यहाँ के टु, ब्रोडपिक, जि वान र जि टु गरी चार हिमाल चढ्ने उनको योजना छ । यी सबै हिमाल एउटै रेञ्जमा छन् ।
मिङ्माले यसभन्दा अघि पनि विश्वको दोस्रो अग्लो शिखर माउन्ट के टु दुईपटक चढिसकेका छन् । त्यसैले अब केही नयाँ कीर्तिमान बनाउन सक्छु कि जस्तो लागेको छ । अहिले गरेको कामले खुशी भएका उनी पाकिस्तानमा पनि केही कीर्तिमान बनाउन सके देशलाई चिनाउन केही गरेँ भन्ने गर्व हुने सुनाउँछन् । उनको मनमा के टुमा एकै सिजनमा दुई पटक चढ्न सकिन्छ कि भन्ने पनि छ । मिङ्माको हिमालप्रतिको श्रद्धा र आरोहणप्रति आत्मविश्वास हेर्दा लाग्छ, पाकिस्तानमा केही गर्ने छन् ।
उनलाई शुभकामना ।
0 notes
Text
कीर्तिमानी आरोहीका कुरा : म पटक्कै खुशी छैन
१४ जेठ, काठमाडौं ।
‘कत्तिको खुशी हुनुहुन्छ ?’
२४ औं पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका कामिरिता शेर्पालाई सोध्दा अप्रत्यासित जवाफ आउँछ, ‘खुशी छैन, म । रेकर्ड बनाउन चढेको भए पो खुशी हुनु । बाध्यताले चढेको मान्छे !’
कामिरिताको मनस्थिति यिनै शब्दहरुबाट झल्किन्छ, तर उनी यत्तिमै रोकिँदैनन् । भन्छन्, ‘सरकारले हिमाल र शेर्पाको नाम बेचेर खाएको छ । हामीलाई हेरेको छैन । अनि के को खुशी ?’
विश्व कीर्तिमानी आरोहीबाट पाएको यो जवाफ धेरैका लागि अनपेक्षित हो । तर, यथार्थ पनि । आफ्नै यथार्थ सम्झिँदा उनमा आक्रोशको भाव उत्पन्न भएको थियो । सत्य लुकाउन मन मानिरहेकै थिएन ।
‘दश-बाह्र पटक हिमाल नचढ्ने कोही छैन हाम्रो ठाउँमा,’ कामिरिता बोल्छन्, ‘हिमालमा जाँदा दुर्घटना परेर केही भयो भने हाम्रो जिन्दगी गयो । जिन्दगीको भरोसा छैन । तर सरकारले अहिले नि हेरेको छैन, पछि नि हेर्दैन ।’
कामिरिताले आफ्नै रेकर्ड तोडेर विश्व कीर्तिमान राखेको ��ेरै भएको छैन । बधाइको ओइरो लागिरहेको छ। आफ्नो समुदायमा सम्मानित भइरहेका छन् तर वास्तवमै खुशी छैनन् । मन खिन्न छ । आफ्नो तथा सन्ततीको असुरक्षित भविश्य सम्झेर दिक्क मान्छन् ।
‘अबको पुस्ताले हिमाल चढ्ने काम गर्दैनन् । हामी हाम्रो सन्तानलाई यो पेशामा आउनै दिन्नौं’, कामिरिताको अनुभव बोल्छ, ‘यो पेशा रोज्नका लागि बाध्यता सिवाय कुनै आकर्षण छैन ।’
उनले भर्खरैको एउटा प्रसंग सुनाए ।
नयाँ कीर्तिमान बनाएपछि उनलाई व्याक्तिगत रुपमा धेरेले धेरैले बधाई दिए । देश विदेशका मिडियामा खबर छापिए । तर, नेपाल सरकारबाट कुनै प्रतिक्रिया आएन । त्यहीबेला केही विदेशी साथीहरुले प्रस्ताव गरे, ‘तेरो देशमा केही भएन भनेर चिन्ता नगर । हाम्रो देशमा आउने भए आइज । हामी नागरिकता दिन पहल गछौं ।’
यस्ता प्रस्तावले उनलाई झन् घोच्छ । मन रुवाउँछ । ‘हामी यस्तो मनस्थितिमा पर्यटकहरुलाई हिमाल चढाइरहेका छौं,’ उनी गुनासो गर्छन्, ‘विदेशीलाई हाम्रो महत्व थाहा छ, तर यहाँ वास्ता छैन ।’
हिमाल चढ्नेको जिन्दगीको भरोसा छैन । असुरक्षित भविष्य देखेर नै धेरै शेर्पाहरु यो पेशाबाट पलायन भइसकेका छन् । अबको १० वर्षमा आधाभन्दा धेरै शेर्पाहरुले हिमाल चढ्न छोड्ने कामिरिताको अनुमान छ । कोही पनि शेर्पाले आफ्ना सन्तान यो काममा नल्याउने दाबी नै गर्छन् ।
****
फ्लास ब्याक : सन् १९९४ को समय
कामिरिताका बुवा लाक्पा शेर्पा ‘गाइड’ थिए । सिजनमा पर्यटकहरुलाई हिमाल चढाउन जान्थे । बुवाको कामबाट उनीहरुको परिवार चलिरहेको थियो । त्यही बेला बुवाको हात हिउले खायो ।
त्यसपछि हिमाल चढ्न छाडेका उनका बुवा भन्ने गर्थे, ‘हिमाल चढ्ने काम नगर्नू । भविष्य सुरक्षित छैन ।’
शेर्पाको छोराले हिमाल नचढे के गर्ने त ?’ उत्तर कोहीसँग थिएन । दाइ लाक्पारिताले हिमाल चढ्न सुरु गरिसकेका थिए । उनी २४ वर्षमा हिँड्दै थिए । याक चराउँथे । भरिया काम गर्थे । त्यहीबेला सगरमाथाको ‘गाइड’ बन्ने प्रस्ताव आयो । पुर्ख्यौली काम गर्न प्रस्तावमा ‘नाई’ भनेनन् । उनी पहिलोपटक सगरमाथामा पुगे ।
त्यतिबेला बाध्यताले हिमाल चढेका उनी अहिले पनि बाध्यताले नै सगरमाथा चढिरहेका सुनाउँछन् । रेकर्डको वास्ता छैन । परिवार पाल्न हिमाल चढिरहेको बताउने कामिरिता भन्छन्, ‘पहिलोपटक हिमाल चढ्दा रेकर्ड बनाउँछु भन्ने कल्पना थिएन । कामलाई निरन्तरता दिँदादिँदै रेकर्ड बन्यो ।’
यो पनि पढ्नुहोस एक हप्ताभित्र दोस्रोपटक कामिरिता सगरमाथा शिखरमा
कामिरिताले गएका २५ वर्षमा धेरै पर्यटकलाई हिमाल चढाए । सगरमाथा चढेपछि उनीहरु ‘सेलिब्रेटी’ भए । कामिरिता पनि हिमाल बुझ्ने मानिसको लागि ‘सेलिब्रेटी’ नै हुन् । उनको पनि विश्वभर चर्चा छ । तर, सरकारले आफूलाई भरिया सिवाय अरु केही नगनेको गुनासो गर्छन् ।
‘मलाई न सेलिब्रेटी भएँ भन्ने दम्भ छ, न रेकर्ड बन्दा खुशी नै’ भन्छन्, ‘सरकारले हाम्रो लागि के गरेको छ र खुशी हुनु ?’
पहिलो पटक हिमाल चढ्दा २ लाख कमाएका कामिरिताले अहिले एउटा समूहलाई सगरमाथा पुर्याएको १२/१३ लाख लिन्छन् । झट्ट हेर्दा राम्रै कमाई जस्तो लागेपनि यसको लागि गर्नु पर्ने दुःखको सूची लामो छ । काठमाडौंदेखि शपिङ गर्दै सामान पुर्याउनु पर्ने झन्झट एकातिर छ भने अर्कोतिर हरेक पाइलामा खतरा । ज्यान हत्केलामा राखेर अरुलाई शिखर चढाउनु पर्छ । त्यसैले पैसाले ‘भरिया’को जीवनस्तर नबदलिएको महसुस गर्छन् कामिरिता ।
कामिरिता सगरमाथाको २५ वर्षे उताव चढावको साक्षी हुन् । हिमालको प्रत्येक मोहडाबारे जानकार छन् । रामा र नराम्रा दुवै पक्ष नजिकबाट देखेका छन् । सगरमाथासँगै संगत गरिरहेका उनले त्यहाँ सरकार पुगेको अहिलेसम्म आभास गरेका छैनन् । सरकारको कारण सगरमाथा भद्रगोल हुँदै गएको उनको ठम्याइ छ ।
हिमालमा विभेद भोगेका छन्, विकृति देखेका छन् । भ्रष्टाचार देखेका छन् र राजनीति पनि । ‘हिमाल नै नचढ्नेहरुले सर्टिफिकेट पाएको देखेको छुँ,’ उनी ‘फेक आरोही’हरुको कर्तुत सुनाउँछन् ।
त्यति मात्र होइन, पछिल्लो समय सगरमाथा चढ्ने ‘ट्रेण्ड’ बढ्दो छ । सगरमाथा चढ्नेको ताँती देख्दा धेरैलाई लाग्न सक्छ, हिमाल अब जसले पनि चढ्न सक्छ । तर, कामिरिता यसलाई स्विकार्न तयार छैनन् । भन्छन्, ‘शेर्पा गाइडले सबै कुरा बोकेर पुर्याउँछन् त अनि चढिहाल्छ नि । काम गर्ने कालु मकै खाने भालु ।’
****
सगरमाथा चढ्नुअघि उनी बुवालाई खबर गर्छन् । आरोहण सफल होस् भनेर बुवाले पूजा गर्छन् । हिँड्ने बेला श्रीमतीलाई ‘राम्ररी बस’ भनेर बिदा हुन्छन् । उनी आफैँ पनि हरेक दिन देवीको पूजा गर्छन् । देवीकै कृपाको कारण अहिलेसम्म आफूलाई केही नभएको विश्वास छ उनीमा ।
उनलाई सगरमाथा नजा भनेर परिवारको सदस्यले भनिरहेकै हुन्छन् । शेर्पाको छोरो हिमाल नचढेर गर्ने के त ? भन्दै घरबाट निस्किन्छन् । सगरमाथाको ‘क्याम्प वान’मा मोबाइलको ‘नेटवर्क’ टिप्छ । त्यहीँबाट श्रीमतीलाई फोन गर्छन् । शिखरबाट ओर्लिएपछि पनि क्याम्प वानमै आएर खबर छोड्छन् । उनले फोन गरेपछि परिवार पनि ढुक्क हुन्छ ।
यो सिजन कामिरिता एक हप्तामै दुई पटक शिखरमा पुगे । एउटा समूहलाई शिखरमा पुर्याएर फर्किनासाथ अर्को समूह आरोहण गर्न तयार थियो । त्यो टोलीले उनलाई सगरमाथा चढाउन अनुरोध गर्यो । उनी बिना योजना फेरि शिखरमा पुगे । अनि आफ्नो रेकर्ड तोडेर अर्को कीर्तिमान बनाए ।
उनकाअनुसार पहिलेभन्दा सगरमाथा चढ्न अहिले सजिलो छ । २०७२ को भूकम्पको कारण सबैभन्दा खतरनाक ‘हिलारी स्टेप’ भत्किएको छ । हिमाल चढ्ने लत्ताकपडादेखि उपकरण आधुनिक छ । उपकरणहरु पनि पहिले भन्दा हलुका छन् । यसले पनि उनलाई एकै सिजनमा दुई पटक शिखर पुग्ने साहस दिलायो ।
आउँदो वर्ष २५ औं पटक सगरमाथा चढेपछि कामिरिता विश्राम लिने मुडमा छन्। आफूलाई हिमालको क्याप्टेन बताउने उनी थाकिसकेका छन् । भन्छन्, ‘आगामी सिजनमा २५ औं पटक पुर्याएर रिटायर्ड हुन्छु ।’
कामिरिताको बारेमा अहिले डकुमेन्ट्री बनिरहेको छ । अमेरिकामा बसेका ‘फिल्म मेकर’ विनोद अधिकारीले सगरमाथामै पुगेर खिचिसके। अब ‘पोस्टप्रोडक्सन’को काम बाँकी छ।
निर्देशक अधिकारी भन्छन्, ‘विश्वभर चिनिएका शेर्पाहरुबारे अहिलेसम्म फिल्म बनेको छैन । त्यसैले मैले फिल्म बनाउन लागेको हुँ ।’
उनका अनुसार डकुमेन्ट्रीमा कामिरिताको मात्रै नभएर हिमाली भेगका शेर्पाहरुको जीवन देखाइने छ । काम सुरु गर्दा डकुमेन्ट्रीको नाम ‘स्टेप २३’ राखिएको थियो। तर एक सातामै दुई पटक शिखरमा पुगेर २४ पटकको रेकर्ड बनाएपछि चलचित्रको नाम ‘एभरेस्ट म्यान’ रहृयो। अधिकारी भन्छन्, ‘अरुको जस्तै मेरो पनि ओस्कार जित्ने सपना छ। यो मुभीबाट आशावादी छु।’
उनले फिल्म न्युयोर्कको थियटरमा प्रिमियर गर्ने योजना बनाएका छन् । आफ्नो मेहनतले शेर्पा र सगरमाथाको फरक रुपलाई विश्वले देख्ने उनको दाबी छ । भन्छन्, ‘आफ्नो देशको एउटा क्षेत्र र समुदायको फरक रुप विश्वले देख्ने छ ।’
त्यसमा सही थाप्दै कामिरिता भन्छन्, ‘अहिले सरकारले न त सगरमाथा चिनेको छ, न शेर्पा नै । जुन दिन सगरमाथा चढाउने शेर्पाहरु उपलब्ध हुन्नन्, त्यही दिन हाम्रो महत्व बुझ्नेछ ।’
तस्वीरहरू ः विकास श्रेष्ठ/अनलाइनखबर
0 notes
Text
‘म पटक्कै खुशी छैन’
१४ जेठ, काठमाडौं ।
‘कत्तिको खुशी हुनुहुन्छ ?’
२४ औं पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका कामिरिता शेर्पालाई सोध्दा अप्रत्यासित जवाफ आउँछ, ‘खुशी छैन, म । रेकर्ड बनाउन चढेको भए पो खुशी हुनु । बाध्यताले चढेको मान्छे !’
कामिरिताको मनस्थिति यिनै शब्दहरुबाट झल्किन्छ, तर उनी यत्तिमै रोकिँदैनन् । भन्छन्, ‘सरकारले हिमाल र शेर्पाको नाम बेचेर खाएको छ । हामीलाई हेरेको छैन । अनि के को खुशी ?’
विश्व कीर्तिमानी आरोहीबाट पाएको यो जवाफ धेरैका लागि अनपेक्षित हो । तर, यथार्थ पनि । आफ्नै यथार्थ सम्झिँदा उनमा आक्रोशको भाव उत्पन्न भएको थियो । सत्य लुकाउन मन मानिरहेकै थिएन ।
‘दश-बाह्र पटक हिमाल नचढ्ने कोही छैन हाम्रो ठाउँमा,’ कामिरिता बोल्छन्, ‘हिमालमा जाँदा दुर्घटना परेर केही भयो भने हाम्रो जिन्दगी गयो । जिन्दगीको भरोसा छैन । तर सरकारले अहिले नि हेरेको छैन, पछि नि हेर्दैन ।’
कामिरिताले आफ्नै रेकर्ड तोडेर विश्व कीर्तिमान राखेको धेरै भएको छैन । बधाइको ओइरो रोकिएको छैन । आफ्नो समुदायमा सम्मानित भइरहेका छन् तर वास्तवमै उनी खुशी छैनन् । मन खिन्न छ । आफ्नो तथा सन्ततीको असुरक्षित भविश्य सम्झेर दिक्क मान्छन् ।
‘अबको पुस्ताले हिमाल चढ्ने काम गर्दैनन् । हामी हाम्रो सन्तानलाई यो पेशामा आउनै दिन्नौं’, कामिरिताको अनुभव बोल्छ, ‘यो पेशा रोज्नका लागि बाध्यता सिवाय कुनै आकर्षण छैन ।’
उनले भर्खरैको एउटा प्रसंग सुनाए । नयाँ कीर्तिमान बनाएपछि उनलाई व्याक्तिगत रुपमा धेरेले धेरैले बधाई दिए । देश विदेशका मिडियामा खबर छापिए । तर, नेपाल सरकारबाट कुनै प्रतिक्रिया आएन । त्यहीबेला केही विदेशी साथीहरुले प्रस्ताव गरे, ‘तेरो देशमा केही भएन भनेर चिन्ता नगर । हाम्रो देशमा आउने भए आइज । हामी नागरिकता दिन पहल गछौं ।’
यस्ता प्रस्तावले उनलाई झन् घोच्छ । मन रुवाउँछ । ‘हामी यस्तो मनस्थितिमा पर्यटकहरुलाई हिमाल चढाइरहेका छौं,’ उनी गुनासो गर्छन्, ‘विदेशीलाई हाम्रो महत्व थाहा छ, तर यहाँ वास्ता छैन ।’
हिमाल चढ्नेको जिन्दगीको भरोसा छैन । असुरक्षित भविष्य देखेर नै धेरै शेर्पाहरु यो पेशाबाट पलायन भइसकेका छन् । अबको १० वर्षमा आधाभन्दा धेरै शेर्पाहरुले हिमाल चढ्न छोड्ने कामिरिताको अनुमान छ । कोही पनि शेर्पाले आफ्ना सन्तान यो काममा नल्याउने दाबी नै गर्छन् ।
****
फ्लास ब्याक : सन् १९९४ को समय
कामिरिताका बुवा लाक्पा शेर्पा ‘गाइड’ थिए । सिजनमा पर्यटकहरुलाई हिमाल चढाउन जान्थे । बुवाको कामबाट उनीहरुको परिवार चलिरहेको थियो । त्यही बेला बुवाको हात हिउले खायो । त्यसपछि हिमाल चढ्न छाडेका उनका बुवा भन्ने गर्थे, ‘हिमाल चढ्ने काम नगर्नू । भविष्य सुरक्षित छैन ।’
शेर्पाको छोराले हिमाल नचढे के गर्ने त ?’ उत्तर कोहीसँग थिएन । दाइ लाक्पारिताले हिमाल चढ्न सुरु गरिसकेका थिए । उनी २४ वर्षमा हिँड्दै थिए । याक चराउँथे । भरिया काम गर्थे । त्यहीबेला सगरमाथाको ‘गाइड’ बन्ने प्रस्ताव आयो । पुर्ख्यौली काम गर्न प्रस्तावमा ‘नाई’ भनेनन् । उनी पहिलोपटक सगरमाथामा पुगे ।
त्यतिबेला बाध्यताले हिमाल चढेका उनी अहिले पनि बाध्यताले नै सगरमाथा चढिरहेका सुनाउँछन् । रेकर्डको वास्ता छैन । परिवार पाल्न हिमाल चढिरहेको बताउने कामिरिता भन्छन्, ‘पहिलोपटक हिमाल चढ्दा रेकर्ड बनाउँछु भन्ने कल्पना थिएन । कामलाई निरन्तरता दिँदादिँदै रेकर्ड बन्यो ।’
यो पनि पढ्नुहोस एक हप्ताभित्र दोस्रोपटक कामिरिता सगरमाथा शिखरमा
कामिरिताले गएका २५ वर्षमा धेरै पर्यटकलाई हिमाल चढाए । सगरमाथा चढेपछि उनीहरु ‘सेलिब्रेटी’ भए । कामिरिता पनि हिमाल बुझ्ने मानिसको लागि ‘सेलिब्रेटी’ नै हुन् । उनको पनि विश्वभर चर्चा छ । तर, सरकारले आफस्लाई भरिया सिवाय अरु केही नगनेको गुनासो गर्छन् । ‘मलाई न सेलिब्रेटी भएँ भन्ने दम्भ छ, न रेकर्ड बन्दा खुशी नै’ भन्छन्, ‘सरकारले हाम्रो लागि के गरेको छ र खुशी हुनु ?’
पहिलो पटक हिमाल चढ्दा २ लाख कमाएका कामिरिताले अहिले एउटा समूहलाई सगरमाथा पुर्याएको १२/१३ लाख लिन्छन् । झट्ट हेर्दा राम्रै कमाई जस्तो लागेपनि यसको लागि गर्नु पर्ने दुःखको सूची लामो छ । काठमाडौंदेखि शपिङ गर्दै सामान पुर्याउनु पर्ने झन्झट एकातिर छ भने अर्कोतिर हरेक पाइलामा खतरा । ज्यान हत्केलामा राखेर अरुलाई शिखर चढाउनु पर्छ । त्यसैले पैसाले ‘भरिया’को जीवनस्तर नबदलिएको महसुस गर्छन् कामिरिता ।
कामिरिता सगरमाथाको २५ वर्षे उताव चढावको साक्षी हुन् । हिमालको प्रत्येक मोहडाबारे जानकार छन् । रामा र नराम्रा दुवै पक्ष नजिकबाट देखेका छन् । सगरमाथासँगै संगत गरिरहेका उनले त्यहाँ सरकार पुगेको अहिलेसम्म आभास गरेका छैनन् । सरकारको कारण सगरमाथा भद्रगोल हुँदै गएको उनको ठम्याइ छ ।
हिमालमा विभेद भोगेका छन्, विकृति देखेका छन् । भ्रष्टाचार देखेका छन् र राजनीति पनि । ‘हिमाल नै नचढ्नेहरुले सर्टिफिकेट पाएको देखेको छुँ,’ उनी ‘फेक आरोही’हरुको कर्तुत सुनाउँछन् ।
त्यति मात्र होइन, पछिल्लो समय सगरमाथा चढ्ने ‘ट्रेण्ड’ बढ्दो छ । सगरमाथा चढ्नेको ताँती देख्दा धेरैलाई लाग्न सक्छ, हिमाल अब जसले पनि चढ्न सक्छ । तर, कामिरिता यसलाई स्विकार्न तयार छैनन् । भन्छन्, ‘शेर्पा गाइडले सबै कुरा बोकेर पुर्याउँछन् त अनि चढिहाल्छ नि । काम गर्ने कालु मकै खाने भालु ।’
तर शेर्पाहरुको जीवन जहाँको त्यहीँ । आफूहरु उपेक्षित भएको देख्दा दुःख लाग्छ। भन्छन्, ‘बरु विदेशीले हामीलाई सम्मान गर्छन्, तर नेपालीले गन्दै गन्दैनन् ।’
****
सगरमाथा चढ्नुअघि उनी बुवालाई खबर गर्छन् । आरोहण सफल होस् भनेर बुवाले पूजा गर्छन् । हिँड्ने बेला श्रीमतीलाई ‘राम्ररी बस’ भनेर बिदा हुन्छन् । उनी आफैँ पनि हरेक दिन देवीको पूजा गर्छन् । देवीकै कृपाको कारण अहिलेसम्म आफूलाई केही नभएको विश्वास छ उनीमा ।
उनलाई सगरमाथा नजा भनेर परिवारको सदस्यले भनिरहेकै हुन्छन् । शेर्पाको छोरो हिमाल नचढेर गर्ने के त ? भन्दै घरबाट निस्किन्छन् । सगरमाथाको ‘क्याम्प वान’मा मोबाइलको ‘नेटवर्क’ टिप्छ । त्यहीँबाट श्रीमतीलाई फोन गर्छन् । शिखरबाट ओर्लिएपछि पनि क्याम्प वानमै आएर खबर छोड्छन् । उनले फोन गरेपछि परिवार पनि ढुक्क हुन्छ ।
यो सिजन कामिरिता एक हप्तामै दुई पटक शिखरमा पुगे । एउटा समूहलाई शिखरमा पुर्याएर फर्किनासाथ अर्को समूह आरोहण गर्न तयार थियो । त्यो टोलीले उनलाई सगरमाथा चढाउन अनुरोध गर्यो । उनी बिना योजना फेरि शिखरमा पुगे । अनि आफ्नो रेकर्ड तोडेर अर्को कीर्तिमान बनाए ।
उनकाअनुसार पहिलेभन्दा सगरमाथा चढ्न अहिले सजिलो छ । २०७२ को भूकम्पको कारण सबैभन्दा खतरनाक ‘हिलारी स्टेप’ भत्किएको छ । हिमाल चढ्ने लत्ताकपडादेखि उपकरण आधुनिक छ । उपकरणहरु पनि पहिले भन्दा हलुका छन् । यसले पनि उनलाई एकै सिजनमा दुई पटक शिखर पुग्ने साहस दिलायो ।
२४ वर्ष उमेरका कामिरिता अब विश्राम लिने मुडमा छन् । आफूलाई हिमालको क्याप्टेन बताउने उनी थाकिसकेका छन् । भन्छन्, ‘आगामी सिजनमा २५ औं पटक पुर्याएर रिटायर्ड हुन्छु ।’
कामिरिताको बारेमा अहिले डकुमेन्ट्री बनिरहेको छ । अमेरिकामा बसेका ‘फिल्म मेकर’ विनोद अधिकारीले सगरमाथामै पुगेर खिचिसके । अब ‘पोस्टप्रोडक्सन’को काम बाँकी छ । निर्देशक अधिकारी भन्छन्, ‘विश्वभर चिनिएका शेर्पाहरुबारे अहिलेसम्म फिल्म बनेको छैन । त्यसैले मैले फिल्म बनाउन लागेको हुँ ।’
उनका अनुसार डकुमेन्ट्रीमा कामिरिताको मात्रै नभएर हिमाली भेगका शेर्पाहरुको जीवन देखाइने छ । काम सुरु गर्दा डकुमेन्ट्रीको नाम ‘स्टेप २३’ राखिएको थियो । तर एक सातामै दुई पटक शिखरमा पुगेर २४ पटकको रेकर्ड बनाएपछि चलचित्रको नाम ‘एभरेस्ट म्यान’ रहृयो । अधिकारी भन्छन्, ‘अरुको जस्तै मेरो पनि ओस्कार जित्ने सपना छ । यो मुभीबाट आशावादी छु ।’