#बागलुङ
Explore tagged Tumblr posts
Text
बागलुङमा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन
बागलुङमा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन
गलकोट, २ पुस । बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाखमा बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्न थालिएको छ । वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा रु ३० लाखमा मकै बाली,…
View On WordPress
0 notes
Text
नक्कली प्रशासकीय अधिकृत पक्राउ।
नक्कली प्रशासकीय अधिकृत पक्राउ।
जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो । परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको…
View On WordPress
0 notes
Text
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा म्याग्दी सदरमुकाम बेनी सँगै जोडिएको पर्वतको जलजला गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्गता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । गाउँकार्यपालिकाले आफ्नो केन्द्र लामाखेतमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवाको शुभारम्भ गर्नुभएको थियो । गर्भवती र सुत्केरी अवस्थामा समयमै सवारीसाधनको उपलब्धता नहुने, सवारीसाधनले समेत चर्को शुल्क लिने गरेको गुनासोसँगै छिमेकी जिल्ला म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल, बागलुङ जिल्लाको बागलुङ अस्पतालका साथै रिफर हुने अस्पतालसम्म कुनैपनि शुल्क नलिई आफ्नो एम्बुलेन्सले सेवा दिने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका भित्र निःशुल्क बाहेक गाउँपालिकाभित्रका बासिन्दाले सेवा लिन चाहनेलाई भाडा तोकिएको छ । २४ घण्टै सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपांगता भएकाहरूको सम्बन्धित शाखाबाट तथ्याङ्क सहित विवरण संकलन गर्ने समेत गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाई छ । यसैबीच सेवाप्रवाहका लागि गाउँपालिकाले निःशुल्क (पैसा नलाग्ने फो�� नम्बर) १८१०५०००१६८ तथा ३ जना नगर प्रहरी, २ जना चालक र २ कर्मचारीलाई सचिवालयमा राखिएको छ । गाउँपालिकाका कुनै गुनासो, प्रतिकृया, सुझाव, सल्लाह, राय दिन सकिने गाउँपालिकाले जनाएको छ ।
म्याग्दी सदरमुकाम बेनी सँगै जोडिएको पर्वतको जलजला गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्गता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । गाउँकार्यपालिकाले आफ्नो केन्द्र लामाखेतमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवाको शुभारम्भ…
0 notes
Text
अटो दुर्घटनामा परी बागलुङमा पाँच जना घाइते
बागलुङ, १९ चैत । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) दीपकबाबु केसीले जानकारी दिए। दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ वर्षीया सम्झना किसान,…
View On WordPress
0 notes
Text
बजार झरे मुस्ताङी च्याङ्ग्रा
म्याग्दी । दसैँ पर्��लाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट…
View On WordPress
0 notes
Text
राष्ट्रपति पौडेलसँगै जेल बसेकालाई शपथ ग्रहणमा निम्तो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेकाहरुलाई शपथग्रहण समारोहमा बोलाएका छन् । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई पौडेलले आफ्नो शपथग्रहण समारोहमा बोलाएका हुन् । सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका थिए । बागलुङमा बस्दै आएका डिलप्रसादलाई पनि पौडेलले शपथ ग्रहण समारोहमा सहभागी हुन भन्दै काठमाडौं…
View On WordPress
0 notes
Text
विषालु च्याउ खाँदा एकै परिवारका चारजना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका चारजना बिरामी
८ असार, बागलुङ : बागलुङको ताराखोला–५ माटेबिसौनाका विषालु च्याउ खाँदा एकै घरका चार जना बिरामी परेका छन्। विषालु च्याउ खाँदा मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती बिरामी भएका हुन्। यसैगरी उनीहरूको घरमा पाहुना लाग्न आएका म्याग्दी रुम घर भएका रविन रोका पनि बिरामी भएका छन्। घाइतेहरूको उपचार गलकोट स्थित इमरजेन्सी पोलिकिल्निक हटियामा भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
View On WordPress
0 notes
Text
बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ
बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ
ढोरपाटन, २ पुस । बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भ��रालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन् । यी सबै प्रदेश…
View On WordPress
0 notes
Text
राज्यले खेलकूद क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : नेता अधिकारी
नेकपा एमाले स्थायी कमिटि सदस्य तथा निर्वतमान गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले खेलकूद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा बागलुङ शाखाले आयोजना गरेको प्रेस चौतारी कप अन्तर विद्यालय फुटवल प्रतियोगिताको मूल समारोहलाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका अधिकारीले खेल क्षेत्रका विकासका लागि सरकारले…
View On WordPress
0 notes
Text
बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते
काठमाडौं, ५ चैत । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्। निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए। उनले २५ जना…
View On WordPress
0 notes
Text
बागलुङका विद्यालयमा इन्टरनेट सेवा विस्तार
बागलुङका विद्यालयमा इन्टरनेट सेवा विस्तार
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक विद्यालय र वडा नं १…
View On WordPress
0 notes
Text
फरार दुई अभियुक्त पक्राउ
फरार दुई अभियुक्त पक्राउ
बागलुङ, १९ कार्तिक विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका दुई प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फैसला भएर फरार भएका एक जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले १३ वर्षपछि र बैकिङ्ग कसुर मुदामा फैसला भएर फरार रहेका प्रतिवादीलाई ३ वर्षपछि शुक्रबार पक्राउ गरेको हो । बागलुङ जिल्लाको साविक बोवाङ गाविस-९ का ५५ वर्षीय पिमबहादुर विक र बानपा-१३ का ५२ वर्षीय विष्णु गिरीलाई…
View On WordPress
0 notes
Text
बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै
उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौं र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा-बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ ।…
View On WordPress
0 notes
Text
दुर्गमको नियति : बाटोमै जन्मियाे मृत शिशु
दुर्गमको नियति : बाटोमै जन्मियाे मृत शिशु
बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो। नजिकमा स्वास्थ्य संस्था थिएनन्। ब्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ…
View On WordPress
0 notes
Text
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन
ढोरपाटन, १ पुस । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार छ…
View On WordPress
0 notes
Text
तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो । मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण गरी धर्मशाला सञ्चालन गरिएको जानकारी…
View On WordPress
0 notes