Tumgik
#बखरपलनल
nepal123 · 8 years
Photo
Tumblr media
बाख्रापालनले शून्यबाट लखपती बनाइदियो बागलुङ, ९ फागुन- जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ । पाँचवर्षअघि व्यावसायिकरुपले सुरु गरेको बाख्रापालनले उहाँलाई यथेष्ट आम्दानी दिन थालेकाले उहाँ सफल उद्यमी बन्नुभएको हो । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको जीवनमा परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उहाँले सुरु गरेको बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ बराबरको आम्दानी भएको हो । “मुख्य पेसा बाख्रापालन ने हो, राँगो र कुखुरा पनि छ”, टुल्कीले भन्नुभयो – “योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेका छौँ, आम्दानी राम्रो छ ।” पशुपालन र कृषिबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ भने सहयोगी व्यवसायका रुपमा मौरीपालन पनि गर्दै आएको छु, उहाँले बताउनुभयो । सानो खरले छाएको घर, थोरै जग्गा–जमिन भए पनि टुल्कीका परिवारले परिश्रमबाटै राम्रो उन्नती गरेको छिमेकी बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुप¥यो”, टुल्कीले भन्नुभयो – “घरपरिवारले हामीलाई अलग्गै राखे, ठूलो दुःख, पीडा झेल्यौँ ।” पति भैरवप्रसाद सापकोटामा बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत पनि पुग्नुभएको उहाँले बताउनुभयो । तर, विदेशमा टिक्न नसकेपछि घरमै फर्की मजदुरी गरेर परिवार धान्दै आएको भैरप्रसादले बताउनुभयो । “श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्ने र हलो जोत्ने गर्थे” उहाँले भन्नुभयो – “घरको बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन समस्या थियो ।” पछि, दमेकमा हेफरको परियोजना आएपछि समूहमा आबद्ध भएर टुल्कीले परिवारको नै मुहार फेर्ने काम गरेकी हुन् ।” “घरको काममा श्रीमान्ले पनि पूर्णरुपमा सघाउँदै आउनुभएको छ । घरमा रहेका पाँच छोरी पनि परिश्रमी छन् । उनीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ” – टुल्कीले भन्नुभयो । स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा रु पाँच लाख बचत छ । अहिले उहाँसंग रहेका ३० वटा बाख्रामध्ये आठवटा ब्याउने भएका छन् । “एउटा बाख्रा ९÷१० महिना पुगेपछि बेच्छौँ, एउटा बोका–खसी रु १५ देखि २० हजार मूल्यमा बिक्री हुन्छ” – टुल्कीले भन्नुभयो । बाख्रासँगै कुखुरा, मह, भाँगो, तरकारी बेचेर पनि राम्रोे आम्दानी भएको छ । टुल्की हेफरले नेपालले दिने ‘स्वर्णीम प्रतिभा पुरस्कार’ बाट समेत गतवर्ष पुरस्कृत हुनुभएको थियो । हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्कीजस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लबले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
बाख्रापालनले बनायो टुल्कीलाई उद्यमी बागलुङ, २९ माघ- दमेक–८ कि किसान टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीको रुपमा फेरिएको छ । पाँच वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उहाँलाई यथेष्ट आम्दानी दिन थालेको छ । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको परिवारमा नसोचेको परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उहाँले सुरु गरेको व्यावसायिक बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । “मुख्य पेसा बाख्रापालन हो, राँगो, कुखुरा पनि छ”–टुल्कीले भन्नुभयो, “योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेकी छु, आम्दानी राम्रो छ ।” उहाँका अनुसार पशुपालन र कृषिबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेका छन् । सहयोगी व्यवसायको रुपमा मौरीपालन पनि गर्दै आएको उहाँले बताउनुभयो । खरले छाएको सानो घर, थोरै जग्गा–जमिन भएर पनि टुल्की र उहाँको परिवार मेहनत र परिश्रमबाट टिकेको छिमेकीहरु बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुप¥यो”–टुल्कीले भन्नुभयो, “घरपरिवारले हामीलाई अलग्गै छुट्टयाए, ठूलो दुःख, पीडा झेल्यौँ ।” उहाँका पति भैरवप्रसाद सापकोटा बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत पनि पुग्नु भएको थियो । तर विदेशमा टिक्न नसकेपछि घरमै फर्केर मजदुरी गर्दै परिवार धानेको भैरवप्रसादले बताउनुभयो । “श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्न, हलो जोत्न जान्थें”–भैरवप्रसादले भन्नुभयो, “बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन् समस्या थियो ।” पछि, दमेकमा हेफरको परियोजना आएपछि समूहमा आबद्ध भएर टुल्कीले आफ्नो परिवारको नै मुहार फेर्नुभएको हो । व्यवसायलाई उहाँका पति भैरवप्रसादले पनि पूर्ण रुपमा सघाउँदै आउनुभएको छ । घरमा रहेका पाँच छोरीहरु पनि परिश्रमी छन् । “छोरीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ”–टुल्कीले भन्नुभयो । स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा रु पाँच लाख बचत पनि छ । अहिले उहाँकोमा ३० वटा बाख्रा छन् । जसमध्ये आठ वटा ब्याउने छन् । हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्की जस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताउनुभयो ।
0 notes