#नपउद
Explore tagged Tumblr posts
Photo
बङ्गुरले बजार नपाउँदा किसान चिन्तित लमजुङ, (बँेसीसहर), २८ चैत । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आउनुभएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । उहाँको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उहाँले तीन वर्षअघि आठ लाखको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको थियो । “पहिलो वर्ष गाउँ÷गाउँबाट बङ्गुरका बच्चा खरिदको निम्ती आउने गर्थे, अहिले बाहिरबाट सस्तोमा गाउँमै पु¥याइदिने रहेछ” थापाले भन्नुभयो “यसैकारण हामीले आफ्नो खर्च समाहित हुने गरी बिक्री गर्दा पनि बजार पाउन सकेनौँ ।” बजार नपाउदा व्यवसाय छोड्ने कि निरन्तरता दिने भन्ने दोधारमा परेको उहाँले बता���नुभयो । “धेरै वर्ष विदेश बसेँ, बङ्गुरपालन व्यवसाय उत्कृष्ट लागेको थियो, यसैमा भविष्य देखेँ र सुरु गरे, पहिलो वर्ष राम्रो भएको थियो, पछिल्ला वर्ष भने निकै असहज भएको छ ।” थापाले भन्नुभयो । आफूसहित दुईजना कर्मचारी राखेर फर्म सञ्चालन गर्नुपरेको तर आम्दानी नहुने भएपछि व्यवसायी सङ्कटमा परेको उहाँले बताउनुभयो । बङ्गुरपालनबाट आम्दानी हुने आशा राखेर व्यवसाय सुरु गर्नुभएका खुदीका प्रेमबहादुर गुरुङ पनि बजार नपाउदा चिन्तित हुनुभएको छ । रु १५ लाख लगानी गरेर पि के बङ्गुर फार्म सञ्चालन गर्नुभएका गुरुङले चारवर्षसम्म पनि आफ्नो लगानी उठाउन नसकेको गुनासो गर्नुभयो । “मासिक रु.७५ हजार भन्दा बढी खर्च हुन्छ” गुरुङले भन्नुभयो “काम गर्ने कर्मचारी पनि राख्नुपरेको छ, तर आम्दानी छैन ।” लाखौँ रुपैया खर्च गरेर सुरु गरेको व्यवसाय छोडे लगानी समेत डुब्ने खतरा छ भन्दै गुरुङले तर यसलाई धान्न धान्न मुस्किल भएको बताउनुभयो । गुरुङको बङ्गुर फर्मबाट पनि वार्षिक दुई सयको हाराहारीमा बच्चा उत्पादन हुने गरेको छ तर उत्पादित बच्चाले बजार नपाउदा आफ्नो व्यवसाय सङ्कटमा परेको हो । पर्याप्त बजार नपाउदा यहाँका बङ्गुरपालक किसान चिन्तित भएका छन् । ठूलो लगानी गरेर व्यावसायिक बङ्गुरपालन गरेपनि बजार नपाउदा कृषक चिन्तित भएका हुन् । सस्तो मूल्यमा जिल्ला बाहिरबाट बच्चा निर्यात हुने र केही समुदायमा बाहेक बङ्गुर मासु खपत नहुने हुँदा सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा व्यवसायिक बङ्गुरपालन गरिएपनि बङ्गुर बच्चा तथा मासुको उचित खपत हुननसक्दा ती किसान निरुत्साहित भएका छन् । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा लक्ष्मण ढकालले जिल्लामा पर्याप्त बङ्गुर उत्पादन भएर पनि खपत हुननसक्दा किसान मर्कामा परेको बताउनुभयो । उहाँले व्यावसायिक किसानलाई मर्का नपर्नेगरी बङ्गुर बच्चाको मूल्य केही सहज बनाउनसके बाहिरी जिल्लाबाट बङ्गुर निर्यात गर्न नपर्ने बताउनुभयो । “खरिदकर्ताले सकेसम्म सस्तो खोज्छन्, व्यवसायीलाई मर्का नपर्ने गरी मूल्य कायम गर्न सके व्यावसायिक बङ्गुरपालन उपयुक्त पेसा हो ।” डा ढकालले भन्नुभयो । जिल्लामा बङ्गुरको पर्याप्त खपत नभएको र जिल्ला बाहिर पनि निर्यात गर्न नसक्दा किसान निरुत्साहित हुँदै गएका छन् । जिल्ला बाहिरबाट आयत रोक्ने र व्यावसायिक प्रवद्र्धन गर्न सके आफूहरुलाई राहात मिल्ने व्यवसायी बताउछन् । जिल्ला पशुसेवा कार्यालयले व्यावसायिक बङ्गुरपालनको निम्ती रु चार लाख १५ हजार अनुदान दिएको छ । प्रति फार्म रु.८३ हजारका दरले पाँचवटा फार्मका लागि अनुदान दिएको पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो । बाहिरी जिल्लाबाट बच्चा आयात रोक्न, व्यावसायिक बङ्गुरपालनको निम्ती विशेष कार्यक्रम ल्याउन र जिल्ला बाहिर समेत निर्यातको व्यवस्था मिलाउने पहल गर्न जिल्ला पशुसेवा कार्यालयसँग सम्बद्ध व्यावसायीले अनुरोध गर्दै आएका छन् । The post बङ्गुरले बजार नपाउँदा किसान चिन्तित appeared first on Etajakhabar.
0 notes
Photo
अदुवाले मूल्य नपाउँदा किसानलाई चिन्ता १९ चैत, सल्यान । यस वर्ष दुई करोड बढीको अदुवा निर्यात भएको छ । अदुवा उत्पादनमा वृद्धि भए पनि किसानले उचित मूल्य नपाउँदा अदुवा निर्यातमा गिरावट आएको छ ।
0 notes
Photo
मूल्य नपाउँदा अदुवा किसान मर्कामा तेह्रथुम, १४ चैत । थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले राम्रो मूल्य पाएको देखेपछि यसैको खेती गर्ने सोच बनाए । उनले प्रतिकेजी रु ५० दरले बीउ किनेर पाँच रोपनी जमिनमा रोपे । अघिल्लो वर्षको जस्तो अदुवाले मूल्य पाएको भए उनले यो वर्ष रु चार लाख बढी आम्दानी सहजै गर्ने थिए । तर, उनलाई यसपालि लगानी उठाउन नै धौ–धौ परेको छ । उत्पादित अदुवाले राम्रो मूल्य नपाउँदा तिम्सिना जस्ता धेरै अदुवा किसान मर्कामा परेका छन् । अदुवाको बिक्री घटेपछि ��िसानको लगानी नै डुब्ने अवस्था भएको छ । म्याङलुङ नगरपालिका–२ का अदुवा किसान ठगमाया भण्डारीले गत वर्ष जस्तै मूल्य पाउने आशामा यो वर्ष ३० क्विन्टल अदुवा फलाइन् । तर यही वर्ष अदुवाको मूल्य घटेपछि उनले घाटा बेहोर्नु परेको छ । अदुवाको मूल्य घटेपछि यो वर्ष लगानी नै गुम्ने खतरा भएको छ । “अदुवामा गरिएको लगानी यो वर्ष सबै डुब्ने भयो,” उनले भनिन् – “दश क्विन्टल बीउ मकै र कोदो फल्ने बारीमा रोपेको थिएँ, यसपटक डुबिएला जस्तो छ ।” जिल्लाका किसान अहिले अदुवा प्रतिकेजी रु १८ ले बिक्री गर्न बाध्य छन् । गत वर्ष किसानले रु ४० देखि ७० सम्म लगाएर अदुवाको बीउ खरिद गरेका थिए । तर महँगोमा खरिद गरेर रोपेको अदुवा बिक्री गर्ने बेला ह्वात्तै मूल्य घटेपछि किसानलाई मर्का परेको हो । गत वर्ष जिल्लाका बजारमा अदुवा रु ५५ प्रतिकेजीसम्म कारोबार भएको थियो । अदुवाको मूल्य बढ्नुपर्ने समयमा बिक्री हुनै गाह्रो भएपछि जिल्लाभरका किसान मर्कामा परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा अलैँचीपछि सबैभन्दा धेरै उत्पादन हुने र आम्दानी हुने नगदे बाली अदुवा हो । कम मेहनत र दुःख गर्दैमा मनग्य आम्दानी लिन सकिने भन्दै खाद्यान्न बाली छाडेरै अदुवाखेती थालेका किसान बजार भाउ नपाउँदा खेतीबाटै निरुत्साहित बनेका छन् । यो वर्ष विगत वर्षभन्दा धेरै अदुवा उत्पादन भए पनि मूल्य नपाएकाले आगामी वर्ष अदुवाको उत्पादन घट्ने निश्चित जस्तै देखिएको व्यापारी दुर्गानारायण भण्डारीले बताए । “मैले यो वर्ष करिब २५० टन अदुवा खरिद बिक्री गरेँ,” उनले भने – “मूल्य नपाएको रिसले धेरैले बीउ नै नराखी बेच्नुभएको छ ।” जिल्लाका धेरै किसानले अदुवाको बजारीकरण गरिदिन अनुरोध गरेका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । यहाँ उत्पादित अदुवाको प्रमुख बजार भारत हो । भारतीय बजारबाट यो वर्ष माग थोरै मात्रामा आएकाले पूर्वी पहाडमा उत्पादित अदुवाले बजार र मूल्य नपाएको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । अदुवा बिक्रीका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था रहेको छ । “यहाँ उत्पादित अदुवा भारतको सिलगुढी, नक्सालबारीलगायत बजार लगिन्छ, त्यहाँ पु¥याएर नेपाली अदुवालाई धुलाइ गरिन्छ,” व्यापारी भण्डारीले भन्नुभयो – “धुलाइ गरेपछिको राम्रो अदुवाको मूल्यमात्रै हामीले पाउने हो ।” जिल्लाका धेरै किसानले अदुवा खेतीका लागि साहु, बैंक, सहकारी संस्था र गाउँघरका समूहबाट ऋण लिएका छन् । अघिल्लो वर्षको मूल्य देखेर अदुवा खेतीमा लागेका किसानले यसको बिक्रीबाट लिएको ऋण र त्यसको ब्याजसमेत बुझाउन सक्ने स्थिति देखिएको छैन । आफू खटेको परिश्रमको मूल्य नपाउने भएपछि अदुवा किसान निराश भएका छन् । जिल्लामा यो वर्ष एक हजार ६७ हेक्टर क्षेत्रफलमा ��्यावसायिक अदुवा खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा उत्पादित अदुवा भारत, बङ्गलादेश हुँदै तेस्रो मुलुकतर्फ निकासी भएको थियो । यो वर्ष अदुवाले यी मुलुकको बजार नपाएपछि तेह्रथुमसहित धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथरलगायतका जिल्लामा उत्पादन भएको अदुवा बारीमै उम्रिने भएको छ । The post मूल्य नपाउँदा अदुवा किसान मर्कामा appeared first on Etajakhabar.
0 notes
Photo
मलेसियाबाट फर्किएका महराको घर पनि पुग्न नपाउँदै बीच बाटोमै हत्या बैतडी, २० फागुन- मलेसियाबाट मजदुरी गरी घर फर्किरहेका दार्चुला अ��ी नगरपालिका–१० बाँझका गणेश सिंह महराको हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला अपी नगरपालिका–१० बाँझका २२ वर्षीय नरेन्द्रसिंह महरा, १८ वर्षीय भवानसिंह महरा र २४ वर्षीय शेरसिंह महरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जनाउनुभएको छ । सोमबार मलेसियाबाट घर फर्केका गणेश दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए । मृतक गणेशका आमा कुटनी महराले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दार्चुला सदरमुकाममा फागुन १६ गते साँझ गणेशसँगै मादकपदार्थ सेवन गरी सँगै घरतिर लागेका बताइएको छ । सँगै घर फर्केका उनीहरुमध्ये गणेश फागुन १६ गते राति १२ बजे दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए । पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।
0 notes
Photo
अनुदान रकम नपाउँदा भूकम्पपीडितको बिचल्ली काभ्रे, २९ माघ- भुम्लुटारकी सावित्री उप्रेतीले हालसम्म पनि सरकारले उपलब्ध गराउने भनेको अनुदान रकम पाउनुभएको छैन । राहत रकम नपाउँदा उहाँको परिवार दुई वर्षदेखि अस्थायी टहरामा नै बस्दै आएको छ । उहाँ आफैले नयाँ घर बनाउनसक्ने अवस्था छैन । “सरकारले परिचयपत्र मात्र उपलब्ध गराएको छ, राहत रकमको अहिलेसम्म कुनै टङुगो छैन” उप्रतीले भन्नुभयो । उपे्रती मात्र होइन उक्त क्षेत्रका धेरैजसो भूकम्पपीडितले परिचयपत्रसमेत नपाएको अवस्था छ । उनीहरु राहत नपाउने हो कि भन्ने चिन्तामा परेकाछन् । भुम्लुटार र फलाँटे गाविसबीच सीमा सम्बन्धी विवाद छ । विवादका कारणले गर्दा त्यहाँका स्थानीयले अहिलेसम्म पनि लालपुर्जा पाउन सकेका छैनन् । उनीहरुले लालपुर्जा नपाउँदा हालसम्म परिचयपत्र पाउन नसकेका हुन् । लामो समयदेखि चल्दै आएको भुम्लुटार र फलाँटेको सीमा विवाद सुल्झाइदिन समेत उनीहरुले सरकारसँग माग गरेका छन् । भुम्लुटार गाविसमा कुल ६६३ घरधुरी भूकम्पपिडित रहेका छन् । उक्त क्षेत्रको ६ हजार ५०० जनसंख्या रहेको गाविस सचिव रमेशप्रसाद दवाडीले बताउनुभयो ।उहाँले उक्त क्षेत्रको समस्याबारे लामो समयदेखि छलफल भइरहेको तर हालसम्मपनि समस्या समाधान हुन नसकेको बताउनुभयो । उक्त क्षेत्रका स्थानीयलाई तत्काल लालपुर्जा वितरण गर्न सकिए समस्याको समाधान हुने आशा उहाँको छ । स्थानीय बासिन्दाले लालपुर्जाको समस्याबारे मालपोत र नापी कार्यालयको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । भुकम्पबाट भुम्लुटार गाविसका १६ जनाले ज्यान गुमाएका थिए । सो गाविसका ४१९ घरधुरीमध्ये ५० घरधुरीले मात्र लालपुर्जा पाएको फलाटे गाविसका शिक्षक रमेशराज खरेल बताउनुहुन्छ ।भुकम्पपिडितलाई तत्काल लालपुर्जा वितरण गर्न डिजिटल नापी स्थानीय क्षेत्रमा आउने आशा खरेलले व्यक्त गर्नुभयो ।कोशीपारी क्षेत्रका विभिन्न गाविसहरुमध्येयस क्षेत्रमा जनधनको क्षति भए पनि स्थानीयले अहिलेसम्म राहत नपाएको गुनासो उहाँले व्यक्त गर्नुभयो । भुम्लुटार र फलाँटे क्षेत्रका बासिन्दा���ाई लालपुर्जा डिजिटल प्रविधिबाट वितरणगरिने काभ्रेका नापी प्रमुख रामप्रसाद तिमल्सिनाले बताउनुभयो । उक्त क्षेत्रमालालपुर्जा वितरण गर्न कार्यालयले एउटा टोली खटाउने उहाँले जानकारी दिनुभयो भुम्लुटार र फलाँटे गाविसमा हालसम्म भुकम्पपीडित परिचयपत्र नपाएपछि कतिपय व्यक्तिले आफ्नै व्यक्तिगत लगानीमा ��र समेत बनाउन थालेका छन् । त्यस्तै अरुको घरमा जग्गा कमाएर बसेकाहरुका भने भुकम्पपछि बिचल्लि छ । भुकम्पपीडितले भूकम्पपछि चर्किएको जमिनमा टहरा बनाएर बसेका छन् । प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले भुम्लुटार र फलाँटेमा जस्तै अन्य गाविसमा पनि पिडितले लालपुर्जा नपाएकाले लालपुर्जा वितरणको विषयमा छलफल भइरहेको बताउनुभयो । सम्बन्धित क्षेत्रको समस्याका विषयमा जानकारी लिन शुक्रबार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, सञ्चारकर्मीसहितको टोली सो क्षेत्रमा पुगेको थियो । समस्या समाधानका निम्ति जिल्ला प्रशासन कार्यालयले कुनै कसर बाँकी नराख्ने प्रजिअ सिम्खडाले बताउनुभयो । भूकम्पपीडितको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले आफूले सक्ने भए जिल्लाबाटै कार्य गरिने र नसक्ने भए तत्काल त्यसलाई केन्द्रमा पठाउने उहाँको भनाइ थियो । पुनःनिर्माण प्राधिकरणमा आफ्ना गुनासा टिपाउन समेत उहाँले पीडितलाई आग्रह गर्नुभयो ।
0 notes
Photo
किबी फलको बिरुवाले बजार नपाउँदा कृषक मारमा चरिकोट, ६ माघ- किबी फलको बिरुवाले बजार नपाउँदा कृषक मारमा परेका छन् । किबी फलको बिरुवा रोप्ने समय भए पनि बोच गाविस–५ का विदुर बस्नेतले उत्पादन गरेर रोप्न तयार पारेको आठ हजार बिरुवाले बजार पाउन सकेको छैन । “बिरुवा बिक्री नहुँदा रु आठ लाख बराबरको नोक्सानी भएको छ,” उहाँले भन्नुभयो । जिल्लामा किसानले अलैँची र किबी फललाई व्यावसायिक रुपमा अगाडी बढाए पनि उत्पादित बिरुवाले बजार पाउन सकेको छैन । किबी फलको प्रति बिरुवाको मूल्य रु ४०० भए पनि हाल रु १०० मा पनि बिक्री हुन नसक्दा बिरुवा उत्पादन गर्ने कृषक मारमा परेका छन् । किबी फलको स्रोत केन्द्रको रुपमा सरकारले स्थापना गरेको बागवानी केन्द्र बोचका प्राविधिक गुणराज पौडेल कृषकले माग गरेको जातको बिरुवा दिन नसक्दा बिक्री गर्न समस्या भएको बताउनुहुन्छ । जिल्लाका छ वटा नर्सरीमा करिब २१ हजार बिरुवा उत्पादन भएकामा ती सबै हेवार्ड जातका भएका कारण बिक्री गर्न समस्या भएको पौडेलको भनाइ छ ।
0 notes
Photo
सुन काण्ड सेलाउन नपाउँदै वीरगञ्जमा चाँदी काण्ड, साढे पाँच किलो चाँदीसहित एक पक्रा�� पुस २३ गते- ३४ किलो सुन काण्ड सेलाउन नपाउँदै प्रहरीले साढे पाँच किलो चाँदी हित एकजनालाई विरगञ्जबाट पक्राउ गरेको छ । अवैध चाँदी ढुवानीको अभियोगमा वीरगन्ज छपकैया निवासी प्रदीप साह सोनार पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले पाँच किलो ६ सय १५ ग्राम चाँदीका गहना बरामद गरेको छ । पक्राउ परेका सोनारलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
0 notes
Photo
पञ्चासे चिनाउने फोटो प्रदर्शनी, जहाँ तालमा पात झर्न नपाउँदै चराले टिपेर सफा पारिहाल्छन् पोखरा, १७ पुस- पोखरा फोटोग्राफर संघ, पोखराको आयोजनामा शनिबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको परिसरमा सुरु प्रदर्शनीमा प्राकृतिक, जैविक, ऐतिहासिक एवं धार्मिक स्थल पञ्चासे चिनाउने फोटो प्रदर्शनीमा छन् । २ दिनसम्म चल्ने प्रदर्शनीमा ४० वटा फोटो प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक लक्ष्मीपति पौडेलले जानकारी दिए । फोटोले कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासे क्षेत्रको जैविक विविधता, दैनिक जनजीवन, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्रलगायतको चिनारी दिएका छन् । प्रदर्शनीको नेपाल पर्यटन पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले उद्घाटन गर्दै फोटो प्रदर्शनीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा दिने बताए । उनले बोर्डले पोखरा आसपासमा हुने मेला महोत्सवमा आवश्यक सहयोग गरे पनि त्यसबाट भने अपेक्षाकृत पर्यटन प्रवद्र्धन हुन नसकेको टिप्पणी गरे । उनले जुन क्षेत्रमा पनि राजनीतिक प्रभाव पर्ने भएकोले यसमा तत्काल सुधारको खाँचो औल्याए । पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्सन प्रजुले संघले यस्ता खालका कार्यक्रममा आवश्यक सहयोग गर्ने बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथमा हुने महोत्सवमा फोटो प्रदर्शनीको लागि निःशुल्क स्टल दिने घोषणा गरे । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रशस्त सम्भावना रहेको फोटोग्राफी अझै व्यावसायिक हुन नसकेको औल्याए । पर्यटन बोर्डको प्रवद्र्धनमा भएको कार्यक्रममा फोटो छनोट समिति संयोजक दुर्गाप्रसाद पौडेललगायत फोटोग्राफरलाई मायाको चिनो तथा प्रशंसापत्र वितरण गरिएको थियो । संघका अध्यक्ष तुलसीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका संरक्षक गणेश छवि, कार्यक्रम संयोजक लक्ष्मीपति पौडेल, फोटोग्राफर महिला समिति संयोजक इन्दिरा शर्माले पनि बोलेका थिए । संघका उपाध्यक्ष जनकराज तिवारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव परशुराम शर्माले गरेका थिए । ‘नेपालको पर्यटन प्रवद्र्धनमा फोटोग्राफी’ भन्ने नाराका साथ संघको गत कात्तिक १९ र २० गते भएको पोखरादेखि पञ्चासे, चित्रेसम्मको फोटोग्राफी यात्राका क्रममा खिचिएका १ सय ५० फोटोमध्ये छनोटमा परेका ४० फोटो प्रदर्शनीमा राखिएका हुन् । यात्रामा सहभागी १९ मध्ये १५ जना फोटोग्राफरले खिचेको फोटो प्रदर्शनीमा छन् । समुद्री सतहदेखि २ हजार ५ सय १७ मिटरको उचाइमा पर्ने पञ्चासेमा बालाचतुदर्शीमा मेला लाग्छ । यहाँको आश्चर्यजनक पक्ष भनेको यहाँको तालमा चराले पात पतिगंर टिप्ने हुँदा ताल वर्षभरि सफा देखिने विश्वास छ ।
0 notes
Photo
सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा रोल्पा, ९ मङ्सिर- रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् । “आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा मुस्किलले एक हजार रुपैयाँको सुन्तला बिक्री हुन्छ”, धवाङ–९ भूमकी रामकुमारी गुरुङले गुनासो गरिन् । “गाउँमै सङ्कलन केन्द्र स्थापना गरे समय पनि बचत हुने र श्रमशक्ति पनि कम लाग्ने थियो, यसतर्फ कसैले ध्यान दिएका छैनन्”, गुरुङले असन्तुष्टि पोख्दै भनिन् । घरमा गाईवस्तुको स्याहार पनि आफैँ गर्ने तथा सुन्तलासमेत आफैँ सदरमुकामसम्म ल्याउनुपर्दा महिलालाई थप समस्या हुने गरेको धवाङ–९ भूमकै वीनमाली पुनले बताइन् । “पुरुषहरु डोको बोकेर बजार जान लाज मान्छन्, सुन्तला बेचेर आएको पैसा भने उनीहरुलाई नै दिनु पर्छ”, पुनले अगाडि थपिन् । रोल्पा सदरमुकाम आसपास धवाङ, तित्रिकोट, वाइगाउँलगायत स्थानका सुन्तला उत्पादक किसानले डोकोमा ढुवानी गरी कात्तिकदेखि चैतसम्म सदरमुकाममा सुन्तला बिक्री गर्ने गर्दछन् । “सङ्कलन केन्द्रको आवश्यकता महसुस गरी कार्यालयमा किसानले मागगर्न आए निश्चित स्थानमा सङ्कलन केन्द्र स्थापना गर्न सकिने जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । सुन्तलालाई लामो समयसम्म टिकाइराख्न सुन्तला उत्पादक किसानलाई क्यारेटसमेत वितरण गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
0 notes
Photo
केराले बजार नपाउँदा कृषक समस्यामा धनगढी, ७ कात्तिक । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् । भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो परिमाणमा भित्रिन थालेपछि स्थानीय केराखेती कृषक आफ्नो उत्पादनले उचित मूल्य पाउन नसकेर समस्या परेका हुन् । ‘भारतीय सरकारले त्यहाँका कृषकलाई सिँचाइ, मल, बीउ लगायतमा अनुदान दिने गरेकोले उत्पादन लागत पनि यहाँको केराको तुलनामा कम हुन्छ, स्थानीय केराखेती कृषक लछीराम आचार्य भन्नुहुन्छ —“नेपालमा यस्तो सुविधा नहुँदा उत्पादन लागत बढ्ने हुँदा स्थानीय केराले उचित मूल्य पाउन नसकेको हो ।” भारतबाट भित्रिने काँचो केरा प्रति दर्जन २५ रुपैयाँमा स्थानीय बजारमा बिक्री वितरण भइरहेकोमा कैलालीलगायत आसपासका कृषकले उत्पादन गर्ने केराको उत्पादन लागत नै २८ रुपियाँ पर्ने गरेको कृषकले बताएका छन् । भारतबाट भित्रिने केराले कैलालीसहित सुदूरपश्चिमको पहाडी क्षेत्रमा समेत बजार ओगटेपछि यहाँ उत्पादित केरा खेतमै सुक्न थालेको गुनासो कृषकको छ । स्थानीय कृषकले भारतीय केराको आयातमा रोक लगाउनुपर्ने, कम गुणस्तरका केराको क्वारेन्टाइन जाँचमा कडाइ गरिनुपर्ने माग राख्दै के��ी दिनअघि कञ्चनपुरको गड्डाचौकी नाकामा विरोध स्वरुप काँचो केरा सडकमा फ्याँकेका थिए । यसैगरी कैलालीका कृषकले प्रमुख जिल्ला अधिकारीलाई केही दिन अघि ज्ञापनपत्र बुझाउँदै केराको समस्या समाधान गर्न माग गरेका थिए । केरा विकास सञ्जालका सल्लाहकार कृषक लछीराम आचायको आरोप छ – ‘भारतीय व्यापारीसँगको मिलेमतोमा भन्सारमा बसेका क्वारेन्टाइन चेकपोस्टका कर्मचारीले कम गुणस्तरका केरा भित्र्याउनमा सहयोग गरिरहेका छन् ।’ बीस बिगाहा जमिनमा केराखेती गरिरहेका कृषक आचार्य आफ्नो खेतमा उत्पादित केरामध्ये २५ प्रतिशत केराले बजार पाउन नसकेको गुनासो गर्नुहुन्छ । तर भारतबाट आउने केराको क्वारेन्टाइन जाँचका बेला कर्मचारीको मिलेमतोमा कम गुणस्तरका केरा आयात गर्ने काम भएको भन्नेबारे थाहा नभएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवाराज पाण्डेको भनाइ छ । कैलालीको अत्तरिया, टिकापुर, चौमाला, राजीपुर, लालपुर, जोशीपुर फुलबारी, भजनीलगायतका क्षेत्रमा गरी करिब एक हजार भन्दा बढी हेक्टर जमिनमा केराखेती हुनेगरेको छ । जिल्लामा उत्पादित केरा सुदूरपश्चिमको पहाडी जिल्लासहित बाँके, सुर्खेत, दाङ र काठमाडौँसम्म बिक्री हुनेगरेको छ ।
0 notes
Photo
काठ नपाउँदा विद्यालय भवन बन्न सकेन कञ्चनपुर, ६ कात्तिक । काठ नपाउँदा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको पिलरीफाँटामा दातृ निकायको सहयोगमा निर्माणाधीन विद्यालय भवनको कार्य पूरा हुन सकेको छैन । पञ्चकोटी मणिकाधाम प्राथमिक विद्यालय निर्माणको कार्य काठको अभावमा अगाडि बढ्न नसकेको हो । विल्डवन नामक गैरसरकारी संस्थाले इटा, सिमेन्ट, सरिया र दक्ष मिस्त्रीको व्यवस्था गरी स्थानीय बासिन्दाले श्रमदानसँगै ढुङ्गा, बालुवा, काठको व्यवस्था गर्नुपर्ने सम्झौता गरिए पनि काठ उपलब्ध नहँुदा विद्यालय भवन निर्माणको कार्य पूरा गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नक्साल विष्टले बताउनुभयो । “विद्यालय भवनको छत राख्ने कार्यसम्म पूरा भए पनि अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा काठ खरिद गर्न नसक्दा निर्माण कार्य पूरा गर्न सकेका छैनौँ” उहाँले भन्नुभयो । नदीले बगाएर ल्याएको काठ बरामद गरी झ्याल ढोकाका लागि ल्याउँदै गर्दा वन कार्यालयले अभिभावक माथि मुद्दा चलाइयो उहाँले भन्नुभयो, “काठ खरिद गर्ने हामीसँग हैसियत नहुँदा झ्याल ढोका बिनाको भवनमा विद्यार्थीलाई राख्नुपर्ने बाध्यता भएको छ ।” दातृ निकायले तीन कोठा, दुई शौचालयसहितको भवन निर्माण गरेको छ । विद्यालय भवन निर्माणका लागि एक अमेरिकी महिलाले समेत यहाँ श्रमदान गरेकी थिइन । दुई कक्षासम्म पढाइ भइरहेको विद्यालयमा १०० बढी बालबालिका पठनपाठन गर्दै आएका छन् ।
0 notes
Photo
धेरै रक्सी पिएपछि चेत नपाउँदा नालामा डुबेर युवकको मृत्यु पर्सा, २७ असोज । तीन फिट गहिरो नालामा डुबेर गएराति वीरगन्जमा एक ३० वर्षीय युवकको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरेका वीरगन्ज उपमहानगरपालिका वडा नं ६ गणेशमान चोक निवासी ३० वर्षीय गोपाल शर्माको नालामा डुबेर मृत्यु भएको हो । वीरगन्जको महावीर मन्दिर नजिकैको तीन फिट गहिरो नालामा लडेका शर्मा अत्यधिक मदिरा सेवनका कारण बाहिर निस्किन नस्दा नालाको पानीमै डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक जीवलाल जुडालीले जानकारी दिनुभयो । नालामा डुबेरको शव बटुवाले देखेपछि आज बिहान प्रहरीलाई जानकारी भएको हो । मृतक शर्माको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।
0 notes
Photo
दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा चिन्तित फलेवास (पर्वत), २२ असोज । नेपालीको महान् पर्व दसैँअगावै सामाजिक सुरक्षा भत्ता बुझ्न नपाउँदा पर्वतका वृद्धवृद्धा, एकल महिलाको दसैँ खल्लो हुने भएको छ । अधिकांश बैंकले दसैँअगावै सामाजिक सुरक्षा भत्ताको रकम वितरण नगर्दा चाडबाड मनाउनबाट वृद्धवृद्धा विमुख बनेका हुन् । चाडबाडका बेला राम्रो लुगा किन्ने र छोरी–ज्वाइँ, नाति–नातिनालाई टीकाटालो गर्ने अनि घरखर्चका लागि सामान किन्न नपाउँदा दसैँ खल्लो लागेको वृद्धवृद्धाले गुनासो गरेका छन् । जिविसले असोजको पहिलो साता नै बैंकलाई भत्ता वितरणका लागि निकासा दिएको भए पनि अधिकांश बैंकबाट वितरण हुन सकेको छैन । व्यक्तिगत खातामा रकम स्थानान्तरण गर्न केही समय लागेको र कतिपय गाव��स र नगरपालिका कार्यालयका सचिवले मरेका र बसाइँ सरेकाहरुको लगतकट्टा नगरिदिएको बैंकले जनाएका छन् । “लगतकट्टा गरेका गाविसको रकम वृद्धवृद्धाको खातामा पठाएका छौँ” गरिमा विकास बैंक कुश्मा शाखाका प्रबन्धक सुन्दर भण्डारीले भन्नुभयो – “लगतकट्टा भएर आएमा दसैँलगत्तै सबै क्षेत्रका वृद्धवृद्धाले भत्ताको रकम निकाल्न सक्ने गरी व्यवस्था गर्छौं ।” पर्वत जिल्लामा दुई वर्ष पहिलेदेखि पाँचवटा गाविसबाहेक सबै गाविसका बासिन्दा र यो वर्षदेखि कुश्मा नगरपालिकाका सबै वडाका वृद्ध, एकल महिलालगायतलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ । उत्तरी क्षेत्रमा बेनीस्थित राष्ट्रिय वाणिज्य बैंकले रकम वितरणको जिम्मा लिएको छ । कुश्मा नगरपालिका क्षेत्रमा विभिन्न बैंकलाई जिम्मा दिइएको छ । पातीचौर क्षेत्रमा सेवा विकास बैंकले जिम्मा लिएको छ । कार्कीनेटा क्षेत्रमा मुक्तिनाथ बैंकले पनि वितरणको तयारी गरेको जिविस पर्वतका सामाजिक सुरक्षा शाखा प्रमुख चन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “सबै बैंकमा समयमा नै निकासा पठाएका छौँ” जिविसले असोज ४ गते केन्द्रबाट निकासा भएपछि ६ र ७ गते नै बैंकमा रकम पठाइएको थियो । बैंकले समयमा नै काम सकेको भए दसैँं अगाडि नै सबैले सामाजिक सुरक्षाभत्ता पाउने अवस्था थियो । जिविस पर्वतले दिएको जानकारीअनुसार पर्वतमा यस चौमासिकमा रु १५ करोड सामाजिक सुरक्षाभत्ता निकासा गरिएको छ । जिल्लामा २० हजार जति सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रहेका छन् ।
0 notes
Photo
दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा काठमाण्डु, २ असोज- दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा परेका छन् । विगत वर्षमा एक महिनाअघि नै टिकट सुरक्षित गर्ने काम सुरु भइसक्थ्यो तर यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले समात्ने र कच्ची सडकमा मार्ग इजाजत नदिएका लगायत समस्याले टिकट सुरक्षित गर्ने काम सुरु गर्न नसकेको यातायात व्यवसायी बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनाल व्यवसायीका समस्या समाधान गरी टिकट सुरक्षित गर्न एक साताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका अधिकारीबीच वार्ता भएको बताउछन् । ‘काभ्रेपलाञ्चोकको बिर्ता देउरालीमा भएको दुर्घटनापछि कच्ची सडकमा मार्ग इजाजत नलिई सञ्चालन भएका सवारी बन्द गरिए, ती सडकमा अस्थायी मार्ग इजाजत प्रदान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ, जिल्ला प्रशासनले गृहमन्त्रालयबाट निर्देशन नआएको भन्दै अस्थायी ‘रुट परमिट’ नदिँदा टिकट बुकिङ खोल्न सकिएको छैन’, उनले भने । धेरै सडक कच्ची भएकाले विभागले अस्थायी मार्ग इजाजत समेत नदिँदा यस वर्षको दसैँमा यात्रुलाई समस्या पर्ने देखिएको गुल्मीबाट काठमाण्डु उपत्यकामा आई व्यवसायी गरिरहेकी सरस्वती ज्ञवालीको गुनासो छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ समस्या समाधान गरी छिटो टिकट सुरक्षित गर्ने काम खोल्ने गृहकार्यमा लागिएको बताउछन् । यस वर्ष असोज १५ गते घटस्थापनापछि अधिकांश शैक्षिक संस्था बन्द हुने भएकाले उच्च शिक्षा अध्ययनका लागि राजधानी आएका विद्यार्थी घर फर्कन टिकट खोज्दै नयाँ बसपार्क धाउन थालेका छन् । पटक पटक टिकट सुरक्षाका लागि धाउँदा पनि नखुलेको खबर पाउने गरेको भोजपुरबाट आइ राजधानीमा अध्ययनरत एकिन्द्र अधिकारीले गुनासो गरेका छन् । उपभोक्तावादी संस्थाले भने यातायात व्यवसायीले एकाधिकारका निहुँमा चाडबाडमा बढी भाडा असुल्न खोजेको बताएका छन् । उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेल व्यवसायी जिम्मेवारी नहुने र सरकारले नियमन गर्न नसक्ने कारणले यात्रु समस्यामा पर्ने गरेको बताउछन् ।
0 notes