Tumgik
#नखलन
nepal123 · 7 years
Photo
Tumblr media
धुर्मुसले आँफु नखेल्ने भएपछि छक्का पञ्जा २ यूनिटलाई दिए शुभकामना  काठमाडौं । छक्का पञ्जामा राम्रो अभिनय गरेर चर्चा बटुलेका कलाकार सिताराम कट्टेलले छक्का पञ्जा २ मा अभिनय नगर्ने भएपछि चलचित्रलाई शुभकामना दिएका छन् । महोत्तरीको बर्दिवासमा हालै तेस्रो एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेपनि आफ्नै ब्यानर ‘धुर्मुस सुन्तली फाउन्डेसन’ मार्फत नयाँ चलचित्र निर्माणको तयारीमा रहेका कारण उनले चलचित्रमा अभिनय गर्न नभ्याउने स्रोतको बुझाई छ । धुर्मुसले फेसबुकमार्फत छक्का पञ्जा २’ यूनिटलाई शुभकामना दिएका हुन् । दीपाश्री निरौलाले निर्देशन गरिरहेको फिल्ममा दीपकराज गिरी, शिवहरि पौड्याल, जितु नेपाल, केदार घिमिरे माग्नेबुढा, किरण केसी, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनयउ रेहेको छ । The post धुर्मुसले आँफु नखेल्ने भएपछि छक्का पञ्जा २ यूनिटलाई दिए शुभकामना appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भारतलाई चीनले ‘आगोसँग नखेल्न’ चेतावनी दियो फागुन ५ । चीनले भारतलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । उसले दुई देशबीचको सम्बन्ध मित्रवत् राख्न भारतका तर्फबाट ‘एक चीन’ नीति को सम्मान गरिनुपर्ने पनि प्रष्ट पारेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ ताइवानको एक संसदीय प्रतिनिधिमण्डको भारत भ्रमण लगत्तै चीनले भारतलाई यस्तो चेतावनी दिएको हो । ताइवानको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमणप्रति चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले भने, ‘हामीलाई विश्वास छ, भारतले चीनको चासो र चिन्तालाई बुझ्ने छ ।’ भारत ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहने र ताइवानसँग सम्बन्धित विषयलाई समझदारीमा अघि बढाउने अपेक्षा चीनले गरेको पनि उनले बताए । यसबाट नै भारत र चीनबीचको सम्बन्ध सुमधुर हुने उनको भनाइ थियो । The post भारतलाई चीनले ‘आगोसँग नखेल्न’ चेतावनी दियो appeared first on नेपाल आज.
0 notes