#दखउन
Explore tagged Tumblr posts
Photo
‘बिग आइकन’ विजेता सुवास भन्छन्-‘म के हुँ भनेर देखाउन ४ बर्ष लाग्यो'(भिडियाे) ‘सातौ विग आइकन’को उपाधि जितेका सुवास गुरुङलाई नेपाली चलचित्रको पाश्र्व गायक बन्ने रहर छ । केहि दिन अगाडि पोखरामा आयोजना भएको ‘विग आइकन’को उपाधि उचालेपछि उनले संगीतमा नै केहि
0 notes
Photo
आँफुलाई सेक्सी देखाउन खोज्ने महिला रचनात्मक र बुद्धिवान् : अध्ययन एजेन्सी । राम्री र सुन्दरी युवतीलाई कर्के नजरले नचिहाउने पुरुष सायदै होलान् । अझ सुन्दर पहिरनमा ठाँटिएर हिँड्ने युवतीहरु भनेपछि पुरुषहरु मरिहत्य नै गर्छन् । यो त भयो सरसर्ती हेर्दा देखिने कुरा । तर भित्री रुपमा कतो पोषक लगाउने महिला बढी बुद्धिवान् होलान् ? हालैको एक अनुसन्धानले सेक्सी लुगा लगाउने महिला बढी बुद्धिवान् हुने जनाएको छ । वेडफोर्ड युनिभर्सिटीमा ���१ देखि ६४ वर्ष समुहका विधार्थीबीच गरिएको अध्ययनमा अन्य महिलाभन्दा आकर्षक लुगा लगाउने महिला बढि सिर्जनात्मक, विश्वसनिय, तार्किक र बुद्धिमान हुने पत्ता लागेको हो । उक्त अध्ययनका अनुसार त्यस्ता महिलाहरु आत्मनिर्भर बन्न प्रयत्न गर्ने, आफ्नो इच्छा अनुसार चल्ने स्वभावका हुने , चाडो चाडो कपडा फेर्न रुचाउछने उल्लेख छ ।
0 notes
Photo
मोटो अनुहारलाई स्लिम देखाउन यसरी गर्नुस् मेकअप कतिपय महिलाको अनुहार उनीहरूको शरीरको तुलनामा ज्यादै मोटो देखिन्छ । जसले गर्दा सामान्य मेकअप तथा ड्रेसअप मात्र गर्दा असुहाउँदो देखिन सक्छ । मोटो अनुहारको मेकअपमा ध्यान नदिँदा भद्दा देखिने सम्भावना पनि बढी हुन्छ । यस्तो समस्या हुने अधिकांश महिलाले घरेलु विधि अपनाउने गर्छन् । तर, यस्तो विधिले सधैँ काम गर्छ भन्ने हुँदैन । विभिन्न घरेलु उपायले पनि समस्या समाधान भएन भने ब्युटिसियनकै भर पर्नुपर्ने हुन्छ । अनुहारको आकार तथा मोटाइअनुसार फरक तरिकाको मेकअप गरेर यस्तो समस्यालाई कम गर्न सकिन्छ । मोटो अनुहार हुने महिलाले मेकअप गरेर स्लिम लुक्स देखाउन सकिन्छ । स्लिम लुक्स देखाउन अपनाउनुपर्ने मेकअप टिप्सबारे ब्युटिसियन बिन्दिया श्रेष्ठले नयाँ पत्रिकामा दिएका सुझाव हामीले पनि यहाँ प्रस्तुत गरेका छाैंः मोटो अनुहार भएका महिलाले डार्क फाउन्डेसनको मद्दतले आफ्नो मुहार स्लिम देखाउन सक्छन् । यसका लागि निधार, गालाको माथिल्लो भाग र चिउँडोमा हलुका फाउन्डेसन लगाउनुपर्छ । त्यस्तै, अनुहार छुट्याउने साइडको च्यापुको माथिल्लो भागमा डार्क फाउन्डेसन लगाउनुपर्छ । यसले अनुहार केही पातलो देखाउन सहयोग गर्छ । कन्ट्रोलिङ अनुहार स्लिम देखाउन सेपको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले केही समय लाग्ने भए पनि अनुहारमा फाउन्डेसन लगाएपछि आँखा, गाला तथा ओठको मेकअप गर्नुअघि कन्ट्रोलिङ ब्रसको मद्दतले यसलाई मुहारमा लगाउनुपर्छ । आफ्नो स्किन टोनअनुसार दुई या तीन सेड डार्क फाउन्डेसन लगाउनुपर्छ । हाइलाइटर मोटो अनुहारलाई स्लिम दखाउने सबैभन्दा उपयुक्त विकल्प हो, हाइलाइटर । यसका लागि आफ्नो अनुहार तथा गालाको भागलाई विशेष ध्यान दिनुपर्छ । हाइलाइटर भने अनुहारको बीच भागमा लगाउनुपर्छ । आइब्रोको बीच भागबाट लगाउँदै तलतिर लगाउनुपर्छ । त्यस्तै, नाक तथा माथिल्लो ओठको माथिबाट नाकसम्मको भागमा लगाउँदा राम्रो हुन्छ । कपालको सहायता बाटुलो मुहार भएका महिलाले हेयर स्टाइलमा परिवर्तन गरेर पनि आफ्नो अनुहार पातलो देखाउन सक्छन् । विज्ञको सल्लाहअनुसार अनुहार सुहाउँदो हेयर कट गरेर या हेयर कलर गरेर स्लिम लुक्स दिन सकिन्छ । आँखाको मेकअप अनुहारलाई स्लिम तथा आकर्षक देखाउन आँखाको मुख्य भूमिका हुन्छ । आँखालाई आकर्षक र ड्रामेटिक इफेक्ट दिनका लािग आइस्याडोको मद्दत लिन सकिन्छ । त्यसका लागि बाहिरी भागमा पातलो आइलाइनर लगाउनुपर्छ । यसरी आइलाइनर बाहिरी भागबाट बिस्तारै भित्री भागतिर लगाउनुपर्छ । यसलाई फिनिसिङ दिन डबल सेड मस्कारा पनि लगाउनु राम्रो हुन्छ । सिमर बाटुलो मुहारलाई पातलो देखाउन सिमरको पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारको कलरअनुसार गाला तथा चिउँडोमा लगाउन सकिन्छ । यसले छालाको बनावटलाई हाइलाइट गर��दिन्छ । जसले गर्दा अनुहारको लुक्स केही स्लिम देखिन्छ । आवश्यकताअनुसार यसलाई पाउडर या क्रिमको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
0 notes
Photo
लोप हुँदै परम्परागत पानीघट्ट, भावी सन्ततीले खोजे के देखाउने ? बैतडी, २३ पुस- केही समयअघिसम्म जिल्लाका सबै क्षेत्रमा सञ्चालनमा रहेका पानीघट्ट पछिल्लो समय लोप हँुदै जान थालेपछि यसको सुधारको माग बढेको छ । कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको र परम्परागत रुपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्लास्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको माग बढेको तल्लादेहीका स्थानीयबासिन्दा नरेन्द्र भण्डारीले बताउनुभयो । सुधारिएको मदानीबाट घट्ट चलाउन दुई इन्च पानी भए पुग्छ । नदी र खोलाहरुमा पानीको सतह घट्दै गएपछि आधुनिक पानीघट्टको आवश्यकता परेको भण्डारीले बताउनुभयो । “सडक सञ्जाल र विद्युत नभएको पुर्चौडी क्षेत्र आधा दर्जन गाविसमा आधुनिक पानीघट्ट पु¥याउनु जरुरी रहेको छ”–उहाँले भन्नुभयो, “पानी घट्टकै भरमा कुटानी पिसानी हुन्छ, बिद्युत् नपुगेकाले यस्तो ठाउँमा परम्परागत पानीघट्ट सुधारको आवश्यकता छ ।” बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले घट्ट सुधारमा अनुदान दिँदै आएको थियो तर विगत छ महिनादेखि उक्त कार्यक्रम बन्द भएकाले पानीघट्ट सुधारको माग गर्दै निवेदन थुप्रिएका छन् । बैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक चेतना तथा विकास सङ्घका अनुसार अहिले सम्म ६०० जति सुधारिएका घट्ट जडान भएका छन् । जिल्लामा एक हजार ५०० सयको हाराहारीमा घट्ट सञ्चालनमा रहेको तथ्याङ्क छ । तीमध्ये ६०० म���त्रै सुधारिएका छन् । घट्ट सुधार गर्न पाइप, औजार र उपकरणमा रु २५ हजारसम्म लगानी हुने गरेको छ । परम्परागत रुपमा प्रयोग हुने काठका सामग्रीको सट्टा फलाम र पोलिथिनका सामग्री राखिन्छ । नयाँ बनाउदा घट्ट, घर र कुलोसहितमा रु डेढ लाखसम्म खर्च हुने बताइएको छ । “उपभोक्ताबाट अत्याधिक माग आएको छ, पानीघट्ट सुधार कार्यक्रमलाई निरन्तरता दिन बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग पहल गरिरहेका छौँ”– उहाँले भन्नुभयो । बिद्युत् र डिजेल मिल भन्दा घट्टको पिसानी सस्तो र मिठो हुने भएका कारण गाउँमा यसको माग बढेको हो । रासस
0 notes
Photo
संविधान संशोधन विधेयक दर्ता गर्नुपर्नाका कारण देखाउन सर्वोच्चको आदेश काठमाडौँ, २३ मङ्सिर- सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले आज नेपालको संविधानको भावना विपरीत संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नुपर्नाका कारणको पुस ५ गते लिखित जवाफ माग गरेको हो । पूर्व सांसद मञ्च, नेपालका तर्फबाट विष्णुबहादुर राउत, झलकनाथ वाग्ले, शङ्करनाथ शर्मा अधिकारी, ब्रह्मनारायण चौधरी, शारदा पोखरेल पाँचजनाले यही मङ्सिर १६ गते प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक नेपालको संविधानको भावना विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो । रित निवेदनमा प्रदेश सिमाना र सङ्ख्या हेरफेर तथा घटबढ गर्ने संवैधानिक अधिकार केवल निर्वाचित सङ्घीय संसद् तथा प्रदेश सभाहरू��ाई मात्र भएको उल्लेख थियो । व्यव���्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालका संविधानको भावना र मनसाय विपरीत रहेको भन्दै सो संशोधन प्रस्तावलाई पारित नगर्न नगराउने भनी रिट निवेदनमा माग गरिएको थियो । आजको आदेशमा सरकारले लिखित जवाफ पेस गरेपछि अन्तरिम दिने वा नदिने बारेमा पनि सोही दिन छलफल हुने उल्लेख छ ।
0 notes
Text
प्रिय पुस्तक : जीवनको सम्भावना देखाउने ‘द प्रोफेट’
प्रिय पुस्तक : जीवनको सम्भावना देखाउने ‘द प्रोफेट’
भोजपुरबाट औ��चारिक अध्ययनका लागि काठमाडौं आएपछि मेरो साहित्यको अध्ययन पनि अघि बढ्यो । आरआर क्याम्पसमा आईएमा भर्ना भएको थिएँ । त्यतिबेला म भारत र अन्य देशका अलि चलेका लेखकलाई पढ्ने र हेर्ने प्रक्रियामा थिएँ । ओशो, युजी कृष्णमूर्ति, रवीन्द्रनाथ टैगोर लगायत लेखकका कृतिहरु पढ्दै थिएँ । माक्सिम गोर्कीको ‘आमा’ पढिसकेको थिएँ । नेपालको सन्दर्भमा बिपी कोइरालाको साहित्यलाई एक ढंगले पढिसकेको थिएँ । त्यसबेला…
View On WordPress
0 notes
Photo
निर्वाचन मिति घोषणा ढिलाइमा कारण देखाउन आदेश काठमाडौँ, २३ भदौ । सर्वोच्च अदालतले सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणामा ढिलाइ हुनुको कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज अग्राधिकारसहित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुका कारण १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ । आदेशमा संवैधानिक र कानुनी प्रक्रियामा जटिलता देखिएको हुनाले विपक्षीलाई ढिलाइ हुनुका कारण लिखित रुपमा पेस गर्न भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसद् लगायतलाई विपक्षी बनाइ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । “निर्वाचन क्षेत्र निर्धारण आयोग र प्रदेशको सिमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन सङ्घीय आयोग गठन गरी सोअनुसार कानुन निर्माण गरेर सङ्घीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरी संविधान कार्यान्वयन गरियोस्”– रिट निवेदनमा माग गरिएको थियो ।
0 notes
Text
लचकता देखाउन मधेसी नेतालाई भारतको आग्रह
लचकता देखाउन मधेसी नेतालाई भारतको आग्रह
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भएमात्र नेपाल–भारतबीच अहिले देखिएको परिस्थिति सहज हुने बताएकी छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । (more…)
View On WordPress
0 notes
Text
सरकारले भारतलाई देखाउन वार्ताको नाटक गर्योः उपेन्द्र यादव
१४ मंसिर, बिराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार भएको त्रिपक्षीय वार्ता सरकारले भारतलाई देखाउन मात्र गरेको आरोप लगाएको छ । (more…)
View On WordPress
0 notes
Text
प्रियंका देखिइन्, केकी कता ? ट्रेलर देखाउने वित्तिकै निर्मातालाई यस्तो हतार
प्रियंका देखिइन्, केकी कता ? ट्रेलर देखाउने वित्तिकै निर्मातालाई यस्तो हतार
माघ १ गतेबाट देशभरका हलमा चल्न लागेको चलचित्र ‘फन्को’को काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको पछाडि दौडने यूवायूवतीको कथामा यो चलचित्र निर्माण भएको छ । (more…)
View On WordPress
0 notes