Tumgik
#डोल्पामा प्रहरी
thakurbabanews · 1 year
Text
डोल्पामा प्रहरी इन्स्पेक्टर नबिनले हवल्दार हरिलाई कुट्दा नाक र मुखमा गम्भीर चोट ! कारण यस्तो रहेछ…
१७ वैशाख, डोल्पामा प्रहरी इन्स्पेक्टर नबिनले हवल्दार हरिलाई कुट्दा नाक र मुखमा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसी माथि कुटपिट गरेका हुन् । सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय हरि आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 10 months
Text
रुखले च्यापेर डोल्पामा महिलाको मृत्यु
डोल्पा, ८ पुस । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ। देउराली सामुदायिक वनमा दाउरा ल्याउन जंगल गएको बेला ढलेको सल्लाको रुखले च्यापेर त्रिपुरासुन्दरी नगरपालिका-११ की ३० वर्षीया सिरु बोहोराको मृत्यु भएको हो। हुम गाउँ नजिकै पर्ने कादुरी खोलाको जंगलमा शनिबार दाउरा ल्याउन गएकी बोहोराको ढलेर लागेको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। घटनाका विषयमा अनुसन्धान…
View On WordPress
0 notes
nigranidainik · 2 years
Text
कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्म मतपेटिका सङ्कलन हुने
कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्म मतपेटिका सङ्कलन हुने
कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिनुभयो । माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उहाँले जनाउनुभयो । “भौगोलिक विकटताका कारण सबै…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years
Text
कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्म मतपेटिका सङ्कलन हुने
कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्म मतपेटिका सङ्कलन हुने
कर्णाली, ५ मङ्सिर । कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिनुभयो । माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उहाँले जनाउनुभयो । “भौगोलिक…
Tumblr media
View On WordPress
0 notes
janatakoawaz · 4 years
Text
तिब्बतबाट आएका लुटेराहरूले गुम्बामा रहेको सयौं वर्ष पुरानो बहुमूल्य मूर्ति लुटे
तिब्बतबाट आएका लुटेराहरूले गुम्बामा रहेको सयौं वर्ष पुरानो बहुमूल्य मूर्ति लुटे
डोल्पा : डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ। यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन्। माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले बताएका छन्। त्यसका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन उनीहरूले सरकारसँग माग राखेका छन्। ‘उपल्लो डोल्पाका अधिकांश भागमा प्रहरी चौकी छैनन्। भएका पनि बर्खाका केही महिना मात्र हुन्। जाडोमा प्रहरी…
Tumblr media
View On WordPress
0 notes
acharya123himal · 4 years
Text
विष सेवनबाट डोल्पामा १ जनाको मृत्यु, २ को अवस्था गम्भीर
विष सेवनबाट डोल्पामा १ जनाको मृत्यु, २ को अवस्था गम्भीर
[ad_1]
३ जेठ, डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।
शुक्रबार राति करिब ८ बजेतिर खाना खाइसकेपछि लगातार उल्टी…
View On WordPress
0 notes
Tumblr media
बाढीपहिरो अपडेटः अहिलेसम्म ६७ जनाको मृत्यु « Nepali News काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच/पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार/चार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन/तीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई/दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक/एक गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् ।
0 notes
mirrorkhabar · 6 years
Text
हिउँपहिरोमा परी तीन जना बेपत्ता
माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन्। माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन्।
बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसदसत्या पहाडीले जानकारी दिनुभएको छ ।
यता डोल्पा प्रहरी प्रमुख प्रहरी नायब…
View On WordPress
0 notes
samaya-samachar · 1 year
Text
प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार
हेमन्त केसी सुर्खेत, १७ वैशाख ।  जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटपिट गरेका हुन् ।    जिल्ला कारागार, डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । उनको जिल्ला…
Tumblr media
View On WordPress
0 notes
pnpmedia · 7 years
Text
डोल्पामा २२ मतदान केन्द्र संवेदनशील, सूचनाको संवाहक प्रहरी
डोल्पामा २२ मतदान केन्द्र संवेदनशील, सूचनाको संवाहक प्रहरी
दुनै (डोल्पा), १६ कात्तिक । डोल्पामा तोकिएका जम्मा ६६ मतदान केन्द्रमध्ये २२ वटा सुरक्षा चुनौतीको हिसाबमा संवेदनशील सूचीमा राखिएका छन् । निर्वाचन कार्यालय डोल्पाका अनुसार संवेदनशील सूचीमा राखिएको २२ वटै मतदान केन्द्र उपल्लो डोल्पाका हुन् । सुरक्षा तथा सञ्चार व्यवस्थापनको हिसाबमा माथिल्��ो भेगमा पर्ने मतदान केन्द्र अन्य मतदान केन्द्रको तुलनामा थप संवेदनशील भएको कार्यालयको भनाइ छ । डोल्पामा आसन्न…
View On WordPress
0 notes
samaya-samachar · 2 years
Text
उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ
हेमन्त केसी, सुर्खेत , १९ चैत । उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन् ।   बिरामी उद्धार देखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन । जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी हुँदै पहुँचवाला कार्यालयका कर्मचारीहरु हेलिकाेप्टरमा…
View On WordPress
0 notes
onlinekhabarapp · 4 years
Text
जाजरकोटमा सुत्केरीको मृत्यु
२० साउन, जाजरकोट । कुशे गाउँपालिका-५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ ।
सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा मृत्यु भएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।
त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका- ९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका-५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकी छिन् ।
घाइते बिसीलाई बारेकोट गाउँपालिकाको दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । घाइते बिसीको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ ।
0 notes
onlinekhabarapp · 4 years
Text
दुःख भुलेर दुर्गममा चेतना फैलाउँदै स्वास्थ्यकर्मी र प्रहरी
२६ चैत, जाजरकोट । कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको हेरदेखका साथै अग्ला-अग्ला डाँडा चहार्दै कोरोना भाइरसविरुद्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहेकी छन् ।
बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत रोकायका लागि यो बाध्यता र कर्तव्य बनेको छ । उनलाई आफ्नो बच्चाको माया त छ त्योभन्दा बढी चासो गाउँमा कोरोना भाइरसविरुद्ध जनचेतना फैलाएर सयौँ सर्वसाधारणको जीवन बचाउने अभियानमा सामेल हुनुमा छ ।
जिल्लामा सो गाउँपालिका सूचना र सञ्चारको पहुँच नभएको स्थानीय तहका रुपमा स्थापित छ । यहाँ फोन गर्न र रेडियो सुन्नसमेत अग्ला डाँडाकै सहारा लिनुपर्छ । वरिपरि अग्ला डाँडाको बीचमा थोरै समथर रहेको लिम्सामा गाउँपालिकाको प्रसाशकीय कार्यालय छ । सोही गाउँबाट दैनिक कल्पनालगायत उनको साथमा आधा दर्जन प्रहरी तथा स्वास्थ्यकर्मी माइक र डेक लिएर देख्दै त्��हाँ कहिले पुगिएलाजस्ता लाग्ने अजङ्गका पहाड चढेर गाउँका सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्न सन्देश प्रवाह गरिरहेकी छन् ।
दिनभरि सन्देश प्रवाह गरी बेलुका स्वास्थ्य संस्थामा पुगी भोलिपल्ट बिहानै कुन गाउँमा गएर सन्देश प्रवाह गर्ने सल्लाहसहित टोली छुट्टिने गर्छ । लकडाउनपछि गाउँपालिकाका प्रहरी र स्वास्थ्यकर्मीको यो नयाँ दैनिकी बन्दै आएको छ ।
जिल्लाका सातै स्थानीय तहमा माइकबाट सन्देश प्रवाह गरी गाउँगाउँमा कोरोनाविरुद्धको सन्देश प्रवाह गर्ने काम चालू छ । अन्य ठाउँमा फोन र सञ्चारमाध्यमको पहुँच भए पनि दुर्गम बारेकोटमा भने ती सबै सुविधा पाउनु फलामका चिउरा चपाए झैँ हुने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाइ छ । सदरमुकाममा बाक्लो बस्ती भएकाले प्रहरी प्रशासनलाई ‘लकडाउन’ कसरी कार्यान्वयन गराउने भन्ने चिन्ता छ ।
नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भने, ‘होम क्वारेन्टाइन बसेका छन् भनिएको छ तर निगरानी कसैले नगर्दा के भयो भन्ने पत्तो नै लाग्न सकेको छैन ।’ एक गाउँबाट अर्को गाउँमा जान दिनभरि लाग्छ उनले थपे, ‘विदेशबाट आएका मान्छेका सकभर जानकारी नै दिइन्नँ ।’
छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले भन्छन्, ‘यस्तो स्थितिमा अहिले स्वास्थ्य संस्थाबाट हतियारबिनाका सिपाही झैँ स्वास्थ्यकर्मी खटिनुभएको छ, उहाँहरु अहिलेको मुख्य हिरो हो तर उहाँहरुसँग हतियार छैन । बिनाहतियार युद्धमा खटाइएको छ ।’
अन्य स्थानीय तहमा लकडाउनभन्दा पनि कोरोना भाइरसका विषयमा व्यापक जानकारी गराउनु आवश्यक रहेको बताउँदै उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले प्रहरी र स्वास्थ्यकर्मीको कामको प्रशंसा गरे ।
जिल्लामा क्वारेन्टाइनमा बस्न आग्रह गर्दा अपमान हुने बुझाइका कारण समस्या हुँदै गएको छ । हाल थर्मलगनलगायत अन्य स्वास्थ्य सामग्री भित्रिएका कारण काम गर्न सजिलो हुने अपेक्षा भने गरिएको छ ।
जिल्ला अस्पतालबाट नै बिरामीको नमूना लिन मिल्ने उपकरण उपलब्ध गराई तालिमसम्म दिएको भए प्रभावकारी हुने स्थानीय तहका प्रमुखहरुको भनाइ छ ।
छिमेकी डोल्पामा लकडाउनको उल्लघङ्न हुन थालेपछि बुधबारदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
0 notes
onlinekhabarapp · 5 years
Text
बालविवाह रोक्न पुरोहित र धर्मगुरुलाई कानूनी प्रशिक्षण
२१ कात्तिक, सुर्खेत । प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लाका पुरोहित र धर्मगुरुलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।
प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनी रूपमा सचेत गराउँदा बालविवाह न्यूनीकरणमा मद्दत पुगने भएकाले प्रशिक्षण दिइएको बताए ।
‘विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै हो’, उनले भने, ‘अभिभावक र बालबालिका तयार भए पनि पुरोहितले कानूनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन सक्दैन ।’
कानूनले बालविवाहलाई अपराधको रुपमा परिभाषित गरेको छ । मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्ने–गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्ष ०७६/७७ मा सल्यानमा बालविवाहका तीन मुद्दा दर्ता भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सुर्खेत र दैलेखमा सात/सात, सल्यानमा तीन र जुम्लामा दुई गरी १९ मुद्दा दर्ता भएका थिए । त्यस्तै, प्रहरीले चालू आवको हालसम्मको अवधिमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्धार गरेको थियो ।
प्रदेश प्रहरी प्रमुख जोशीले झण्डै ५०० हिन्दू, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानूनी प्रशिक्षण दिएको जानकारी दिए । प्रशिक्षणमा सुर्खेतमा १००, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुमपश्चिममा २३ पुरोहित सहभागी थिए ।
सुर्खेतका अगुवा पुरोहित तिलकप्रसाद रिजालले बालविवाह, जातीय विभेदलगायतका कुरीतिको पक्षमा आफूहरु नरहेको बताउँदै कानूनी व्यवस्थाको पालना गर्न/गराउन प्रतिबद्ध रहेको बताए ।
0 notes
onlinekhabarapp · 5 years
Text
कर्णालीका अधिकांश प्रहरी कार्यालय भाडाको घरमा, ६ कार्यालय प्रदेश ५ बाट सञ्चालित
८ साउन, सुर्खेत । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफ्नै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् ।
कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए ।
जोशीका अनुसार जाजरकोटमा १३, रुकुम पश्चिममा १२, दैलेखमा १०, कालीकोट र हुम्लामा नाै/नाै,  सुर्खेतमा आठ, सल्यानमा आठ, डोल्पामा छ, मुगुमा छ र जुम्लामा चार प्रहरी कार्यालय आफ्नो भवन नहुँदा महङ्गो रकम तिरेर भाडामा बसेका छन् ।
७४ लाख भाडामा खर्च 
कर्णाली प्रदेशमा नेपाल प्रहरीका विभिन्न कार्यालयको कार्यालय व्यवस्थापनका लागि वार्षिक झण्डै ७४ लाख बढी रकम भाडामा खर्च हुने गरेको छ । कार्यालय सञ्चालनका लागि आफ्नो भवन नहुँदा कर्णाली प्रदेशका विभिन्न प्रहरी कार्यालयले वार्षिक ७३ लाख ८० हजार ८५२ बढी रकम भाडामा मात्र खर्च गर्ने गरेको प्रहरी नायब महानिरीक्षक जोशीले जानकारी दिए ।
आफ्नो नाममा भवन नहुँदा कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा १९ लाख ९३ हजार १५२, रुकुम १० लाख ६२ हजार ६७२, जाजरकोटमा सात लाख ३७ हजार २०८, सल्यानमा सात लाख २० हजार, कालीकोटमा छ लाख ६२ हजार ८८ घरभाडामा भुक्तानी गर्ने गरेको जोशीले जानकारी दिए ।
त्यस्तै दैलेखमा पाँच लाख ७९ हजार ७२०, हुम्लामा पाँच लाख ६३ हजार ४०, मुगुमा चार लाख १० हजार ४००, डोल्पामा तीन लाख ९८ हजार ५३२ र जुम्लामा दुई लाख ५४ हजार ४० भाडावापत वार्षिकरूपमा भुक्तानी गर्ने गरिएको उनले बताए ।
आफ्नो वार्षिक भाडाको रकमले नपुग्दा स्थानीय तह तथा अन्यले केही प्रहरी चौकीको भाडा तिरिदिने गरेको उनको भनाइ छ । जनतासँग प्रत्यक्षरूपमा जोडिएको नेपाल प्रहरी नै भवन अभावमा बस्नुपर्दा कार्यसम्पादनमा असर पर्ने उनले बताए ।
सामान्यतया खाने, बस्ने, शौचालयलगायतका आधारभूत कुरा परिपूर्ति नहुँदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा असर पर्ने गरेको उनको भनाइ छ । “प्रदेशको आफ्नो जग्गा छैन, जग्गा प्राप्तिका लागि पहल गरिएको छ, जग्गा प्राप्ति भएमा भवन निमार्णको पहल गरिनेछ”, उनले भने। आफ्नो नाममा जग्गा भए पनि कर्णालीका अधिकांश प्रहरी चौकीहरुले बजेट अभावमा भवन बनाउन सकेका छैनन् ।
६ वटा कार्यालय प्रदेश ५ बाट सञ्चालित
आफ्नो प्रदेशमा भवन नहुँदा कर्णाली प्रदेशका आधा दर्जन कार्यालय प्रदेश बाहिर सञ्चालन भएका छन् । प्रहरीका महत्वपूर्ण कार्यालय भवन अभावमा प्रदेश नं ५ को नेपालगञ्जबाट सञ्चालन हुन बाध्य छन् ।
कर्णाली प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी दङ्गा नियन्त्रण गण, सङ्घी प्रहरी एकाइ कार्यालय, प्रदेश प्रहरी कुकुर शाखा, प्रदेश प्रहरी सवारी शाखा र प्रदेश प्रहरी भण्डार शाखा नेपालगञ्जबाट सञ्चालन भएको प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक जोशीले जानकारी दिए ।
0 notes
onlinekhabarapp · 6 years
Text
हिउँपहिरोमा परी ५ दिनदेखि ३ जना बेपत्ता, घटनास्थल जान सकेन प्रहरी
२२ चैत, डोल्पा । गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएका छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू भएको छैन ।
माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ ।
‘हिउँ परेको बेला क्रिष्टल माउन्टेन परिक्रमा गर्दा पुण्य कमाइन्छ भनेर गएका तीन जना १७ गतेदेखि हराइरहेका छन्,’ डोल्पा प्रहरी प्रमुख अवदेश कुमार विष्टले भने, ‘तर, खोज्न सक्ने अवस्था छैन ।’
डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । भारी मात्रामा हिउँ परेकाले घटनास्थलमा जान नसकिएको डीएसपी विष्टको भनाइ छ ।
‘अहिले जाँदा फेरि अर्को दुर्घटना हुनसक्छ । अब हिउँ नपग्लिएसम्म खोज्न जान सकिँदैन,’ विष्टले भने ।
प्रदेश प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउने काम मात्र भएको उनले बताए ।
0 notes