#डडलधरम
Explore tagged Tumblr posts
Photo
डडेलधुरामा दलित महिला व्यावसायिक तरकारीखेतीतिर डडेल्धुरा, १८ वैशाख । दैनिक ज्यालादारी र मजदुरी गरी जीविकोपार्जन गर्दै आइरहेका डडेल्धुरा अमरगढी नगरपालिका–८ खनमडाका दलित महिला व्यावसायिक तरकारीखेतीतर्फ उन्मुख भएका छन् । जिल्ला कृषि विकास कार्यालय र जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग दिन थालेपछि डडेल्धुरा अमरगढी नगरपालिका खनमडाका २७ परिवार दलित महिला व्यावसायिक तरकारीखेतीमा लागेको यहाँस्थित अनुकूलन परियोजनाले जनाएको छ । तरकारीखेतीका लागि नयाँ प्रविधि र सिँचाइको व्यवस्थासमेत मिलाइएको सो परियोजनाका जिल्ला संयोजक पुरन ऐरले जानकारी गराउनुभयो । पुरुषहरू ज्यालादारी तथा पुख्र्यौली पेसा डोका डाला निर्माण गर्ने भए पनि महिला भने तरकारीखेतीका लागि दिनहुँजसो खेतबारीमै व्यस्त रहने गरेको पाइन्छ् । दैनिक मजदुरी गरी तरकारी खानका लागि बजारबाट किन्ने यहाँका दलित महिला अहिले भने तरकारीखेतीतर्फ आकर्षित हुन थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । प���िला ज्यालादारीमा काम गरेर भए पनि बजारबाट तरकारी किनेर खाने गथ्र्यौ तर आजभोलि आफैँ तरकारी लगाएर बजारमा बेच्नका लागि जाने गरेको व्यावसायी कलावती पार्कीले बताउनुभयो । रसायनिक मलले स्वास्थ्यमा नकारात्मक असर पर्नेबारे ज्ञान पाएपछि आफूहरूले तरकारीमा जैविक विषादी प्रयोग गर्ने विधि सिकेर तरकारीबारीमा जैविक विषादी र मलको मात्रै प्रयोग गर्ने गरेको घटाल कृषक समूहका महिला बताउँछन् । थोरै जमिन हुँदा धान गहुँलगायतका खाद्यान्न बालीबाट हुने उत्पादनबाट तीन महिनाका लागि पनि खान नपुग्ने खेतबारीमा तरकारीखेतीबाट जीविकोपार्जनका लागि सहज हुने भन्दै यहाँका दलित परिवार तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । तरकारीखेती सुरु गरेसँगै उनीहरूको आयस्तर समेत वृद्धि भएको छ । The post डडेलधुरामा दलित महिला व्यावसायिक तरकारीखेतीतिर appeared first on Etajakhabar.
0 notes
Photo
डडेल्धुरामा मानसिक रोगी बढ्दै डडेल्धुरा, २६ चैत । डडेल्धुराको विभिन्न ६ स्थानमा गरिएको अध्ययन एवम् उपचारमा करिब पाँच सय नागरिक मानसिक रोग (डिप्रेसन) बाट पीडित भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरा र सिएमसि नेपालले जिल्लाको जोगबुढा, आलिताल, नवदुर्गा, अजयमेरु, देवलदिब्यपुर र बगरकोटमा गरेको अध्ययन एवम् उपचारमा उक्त सङ्ख्यामा मानसिक रोगी फेला परेको हो । तथ्याङ्कअनुसार डडेल्धुरामा सबैभन्दा बढी मानसिक रोगी (डिप्रेसन) को समस्या भएका नागरिक जोगबुढामा दुई सय ५३, अजयमेरुमा ७१, बगरकोटमा ६२, नवदुर्गामा ५९, देवलदिब्यपुरमा २६ र आलितालमा १६ जना छन् । स्वस्थ्य नागरिकमा आइपर्ने चिन्ता नैरश्यता लगातार दुई हप्तासम्म रहिरहनुलाई डिप्रेसन मान्न सकिने चिकित्सकहरुको बताउँछन् । डिप्रेसनका कारण विश्वमा आत्महत्याका घटनामा पनि वृद्धि भएको पाइन्छ । आत्महत्याका घटना पछिल्लो समय डडेल्धुरामा पनि बढ्दै गएका छन् । चालु वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा आत्महत्याका मुद्दा सबै भन्दा बढी छन् । डिप्रेसनले नागरिकको आत्मविश्वासमा कमी ल्याई निराशजनक जीवन व्यतित गर्नमा सहयोग पु¥याउँछ । जस कारण मानिसमा धेरै चिन्ता भई आफू केही गर्न नसक्ने ठानी आत्महत्याको म��नसिकता पलाउने गर्छ । यो रोगको सबैभन्दा उपयुक्त र प्रभावकारी उपचार भनेको नै मनोपरामर्श हो, उप क्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल अधिकृत डा विप्लव घिमिरेले बताउनुभयो । विश्व स्वस्थ्य दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरामा शुक्रबार आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा डा घिमिरेले पछिल्लो समयमा संसारभरीकै नागरिकमा यो समस्या देखिने गरेको बताउँदै य��बाट मुक्ति पाउनका लागि मनोवैज्ञानिकको सल्लाहअनुसार औषधि सेवन गर्नु उपयुक्त हुन्छ भन्नुभयो । The post डडेल्धुरामा मानसिक रोगी बढ्दै appeared first on Etajakhabar.
0 notes
Photo
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सेवा विस्तार डडेल्धुरा, २७ फागुन- उपक्षेत्रीय अस्पताल स्थापना भएको तीन वर्षको समयमा एक–दुईजना विशेषज्ञ चिकित्सक मात्र रहने उपक्षेत्रीय अस्पतालमा पछिल्लो समयमा भने चारजना विशेषज्ञ चिकित्सकको पदपूर्ति भएको छ । उन्नाइसजना विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिएको भए तापनि पदपूर्ति भने चार जनाको मात्रै हुन सकेको हो । सुदूर���श्चिमका पहाडी सात जिल्लाका नागरिकलाई सेवा पु¥याउने हिसाबले नागरिकको दबाबमा ३ वर्षअगाडि २०७० सालमा उपक्षेत्रीय अस्पताल स्थापना गरिएको भए तापनि विशेषज्ञ चिकित्सक भने सुदूरपश्चिमका नागरिकलाई सबै किसिमको सेवा प्रदान गर्न पहिलोपटक चारजनाको उपस्थिति रहेको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी गराउनुभयो । अस्पतालमा हाल हड्डी रोग विशेषज्ञ डा शिवराज पनेरु, बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर, दन्तरोग विशेषज्ञमा डा पदम नेपाली हाजिर भइसकेका र स्त्रीरोग विशेषज्ञ डा नमराज जैसी (जेसी) पनि चाँडै आउने उपक्षेत्रीय अस्पतालले जनाएको छ । चारैजना विशेषज्ञ चिकित्सकको उपस्थितिले यस क्षेत्रका सर्वसाधारणले सुलभ रुपमा उपचार सेवा पाउने र जुनसुकै समयमा पनि सेवा दिन तयार रहेको विशेषज्ञ चिकित्सकको भनाइ रहेको सेवा दिनका लागि नै यस क्षेत्रमा हाजिर भएको जनाएका छन् । साथै, २० जना मेडिकल अधिकृतको दरबन्दीमा १० अधिकृतले पनि सँगै सेवा दिइरहेको अध्यक्ष सिंहले जनाउनुभयो । अस्पतालले चाँडै एनआइसियु सेवा पनि विस्तार गरिरहेको र एनआइसियु सेवाका मेसिन जडान कार्य भइरहेको उपक्षेत्रीय अस्पतालले जनाएको छ । यो मेसिन जडानपश्चात् कम तौल भएका बच्चा वा समय नपुगी आगाडि नै जन्मेका वच्चालाई जोखिमबाट जोगाउनका लागि आइसियु सेवा प्रभावकारी हुने विशेषज्ञ चिकित्सक बताउँछन् ।
0 notes
Photo
डडेल्धुरामा जीप दुर्घटनामा पाँचको मृत्यु, मृत्यु हुनेमा सबै पुरुष फागुन ४ गते- डडेल्��ुराको अमरगढीमा जीप दुर्घटना हुँदा पाँचजनाको घटनास्थमै मृत्यु भएको छ । अमरगढी नगरपालिका ३ मा से १ ज ८३३ नम्बरको जीप दुर्घटनामा परेको हो । डिएसपी जीवनबहादुर शाहीका अनुसार ज्यान गुमाउनेमा सबै पुरुष छन् । जीप सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनामा परी घाईते भएका ६ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
0 notes
Photo
डडेल्धुरामा कुपोषणका कारण पाँच बर्षीय बालिकाको मृत्यु डडेल्धुरा, २६ माघ- कुपोषणले पीडित रहेकी बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ । कुपोषणको उपचार नहुँदा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भएको होे । पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले धनगढी रिफर गरेपनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो । मैले आफ्नै खर्चमा आमाछोरीलार्ई डडेल्धुरा लगेको थिए, धनगढी लगेर उपचार गराउन खर्च जुटाउन नसक्दा बच्चीको मृत्यु भएको मुनाका आफन्त पर्ने धामीले जानकारी गराउनुभयो । चिकित्सकले धनगढीमा रहेको पोषण पुनःस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिएपनि खर्च नहँुदा जान नसकेको उहाँको भनाइ रहेको छ । ४० वर्षीया मुनाका अरु दुई छोरी र एक छोरा भने स्वस्थ छन् । कान्छी छोरीमा जन्मँदै कुपोषण भएको धेरै पछि थाहा भएको हो । कुपोषण भएको थाहा पाएपछि पनि समयमै उपचार हुन नसक्दा ज्यान गुमाउनुपरेको हो । पोषणयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको तीन महिनाअघि मात्रै स्वास्थ्य चौकीबाट थाहा पाएको मुनाले बताइन् । मुनाका पति क्षयरोगका बिरामी छन् र पनि उनी मजदुरीका लागि भारतको दिल्लीमा छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गराउन नसक्दा छोरीको ज्यान गएको मुनाले बताइन् । सरकारी गैरसरकारी संस्थाले स्वास्थ्यकोे क्षेत्रमा काम गरिरहेका भए पनि १३ प्रतिशत बच्चामा कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ ।
0 notes
Photo
डडेल्धुरामा उपचारको ५७ वर्षपछि नौ जना मात्रै कुष्ठरोगी माघ – १८ । कुनैबेला कुष्ठीरोगी मात्रै देखिने डडेल्धुराको पोखरा बजारमा अहिले ती रोग लागेका मानिस भेटिँदैनन्। भेटिएका मध्ये उपचार गरेर राम्रो भइसकेका र रोगका कारण बिरामीका औँला खुट्टालगायत अङ्ग झरे पनि निको भइसकेको अवस्थामा भेटिन्छन्। सरकारले २०१८ साल अर्थात् ५७ वर्ष पहिला कुष्ठर��ग निवारणसम्बन्धी अभियान चलाएपनि डडेल्धुरामा भने एक वर्ष अघि नै पोखरास्थित टिम अस्पतालबाट उपचार शुरु भएको स्थानीय बद्ध दुर्गादत्त भट्ट बताउँछन्। सो अस्पतालले २०१७ सालमै कुष्ठरोगको सम्पूर्ण उपचार निःशुल्क गर्नाका लागि औषधिमुलोसहित टिम अस्पताल सञ्चालनमा आएको अर्का स्थानीय बद्धा वर्ष���या लक्ष्मी भट्टको भनाइ छ। अमरगढी नगरपालिकाको पोखरा बजार नजिक २०१७ सालमा स्थापना भएको सुदूरपश्चिमको पहिलो सो अस्पतालमा बाजुरा, अछाम, दार्चुला, बझाङ, डोटीलगायत भारतको बरेलीसम्मका करिब ६०० कुष्ठरोगी टिम अस्पताल वरपर टहरा बनाई बसेका र रोग निको भएपश्चात् फर्केर गएका थिए भने कतिपय त अहिले पनि रहेको अमरगढी–७ दमडागाउँका मानिस बताउँछन्। सन्ताउन्न वर्ष पहिला मासिक करिब तीन हजार बढी कुष्ठरोगीेको उपचार हुँदै आएको सो अस्पतालको तथ्याङ्कमा उल्लेख रहेको हाल उपक्षेत्रीय अस्पताल ९पुरानो टिम अस्पताल०का ल्याप्रोसी तरादत्त पन्त बताउँछन्। उपक्षेत्रीय अस्पताल बनिसकेपछि डडेल्धुरामा अहिले लगभग ५७ वर्षपछि नौ जना मात्रै कुष्ठरोगी रहेको उनी उल्लेख गर्छन्। समयमा नै कुष्ठरोगको उपचार गरौँ, अपाङ्ग हुनबाट बचौँ भन्ने नाराका साथ आज ६४औं विश्व कुष्ठरोग निवारण दिवसमा सो कुष्टरोगीको सङ्ख्या सार्वजनिक गरिएको हो। डडेल्धुरा सदरमुकाममा अस्पतालका लागि स्थानीयवासीले जमिन उपलब्ध नगराएपछि सदरमुकामभन्दा आठ किलोमिटर टाढा पोखरा बजार नजिकै दुमडाका मुखिया दुर्गादत्त भट्टले निजी जमिन कुष्ठरोगको उपचारका लागि टिम अस्पताललाई उपलब्ध गराएपछि राज्यको ध्यान जानुभन्दा अघि नै विसं २०१७ देखि नै यहाँबाट कुष्ठरोगको सफल उपचार थालिएको मुखिया भट्टको भनाइ छ। विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले नेपालमा एक लाखभन्दा बढी कुष्ठरोगी रहेको तथ्याङ्क सार्वजनिक गरेपछि सरकारले २०१८ सालमा वीर अस्पतालको एउटा झ्यालबाट औषधि वितरण गर्दै क्लिनिक सञ्चालनमा ल्याएको थियो। कुष्ठरोग सरुवा भए पनि कमभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिने गरेको ल्याप्रोसी पन्तको भनाइ छ। यस रोगको उपचार स्वस्थ्य संस्थामा निःशुल्क हुने भएकाले रोगका लक्षण देखा परेमा स्वास्थ्य संस्थामा जचाउन स्वास्थ्य कार्यालय सो कार्यलयले आग्रह गर्दै आएको छ। The post डडेल्धुरामा उपचारको ५७ वर्षपछि नौ जना मात्रै कुष्ठरोगी appeared first on नेपाल आज.
0 notes
Photo
डडेल्धुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु डडेल्धुरा, १३ माघ- कृषीयोग्य भूमिको वैज्ञानिक उपयोग र आधुनिक कृषि प्रविधिको अवलम्बन गर्ने गरी जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना सञ्चालनमा आएको छ । दश वर्षसम्म लागू हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत साना तथा व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट र ब्लक) वृद्धि गर्ने, व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन र सुपरजोन)को विकास गर्ने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले जानकारी दिनुभयो । यस आवमा तरकारी र मकै बीउ उत्पादनका लागि परियोजनाले २० वटा पकेट र दुईवटा ब्लक निर्माण गरी तरकारी र बीउ उत्पादनलाई व्यावसायिक रुपमा वृद्धि गर्ने कार्यक्रम रहेको आचार्यको भनाइ छ । राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भावनाका आधारमा तोकिएका पूर्वाधार भएको क्षेत्रमा उत्पादन हुने वस्तुलाई प्राथमिकता दिई कार्यक्रम जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिने परियोजनाले जनाएको छ । जिल्लालाई आलुखेतीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा विकास गरिने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । गाङ्खेत, अशिग्राम र अमरगढी नगरपालिकाको ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरी प्रशोधन केन्द्रको रुपमा विकास गर्ने कार्यक्रम छ । गाङ्खेत, बगरकोट र नगरपालिका क्षेत्रमा तरकारी ब्लक स्थापना गरिने र समैजी, अजयमेरु, मणिलेक, वृलापुर, कोटे��ी, आलिताललगायत क्षेत्रमा मकै बीउ र अन्य बीउ उत्पादन गर्नका लागि पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ ।
0 notes
Photo
डडेल्धुरामा भूकम्पको जोखिम डडेल्धुरा, २ माघ- समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रजिअ उदयबहादुर सिँंले घरहरु बिनामापदण्ड मनपरी किसिमले बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने जनाउँदै सतर्��ता अपनाउन सुझाव दिनुभयो । सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उहाँको भनाइ छ । जिल्लामा भवन तथा भौतिक कुरा निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने र भूकम्परहित घरको निर्माण हुनुपर्नेमा सरोकार भएकाहरुको भनाइ छ । भिरालो जमिनमा घर बनाइएकाले डडेल्धुरा उच्च जोखिममा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामकुमार श्रेष्ठ बताउनुहुन्छ । यहाँ नयाँ बनेका घर पनि भूकम्प प्रतिरोधात्मक नभएर मनोमानी रुपमा निर्माण भइरहेको इञ्जिनियर श्रेष्ठको जिकिर छ ।
0 notes
Photo
डडेल्धुरामा जिप दुर्घटना हुँदा १५ जना घाइते डडेल्धुरा, २�� पुस- डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएकोे हो । दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ग्रामीण सडक साँघुरो हुँदा घुम्तीमा गाडीलाई मोड्न पर्याप्त ठाउँ नहँुदा गाडी मोड्न नसक्दा दुर्घटना भएको घाइतेको भनाइ रहेको छ । जिपमा १० बोरा सिमेन्ट र एक क्विन्टलभन्दा बढी छड राखिएको थियो । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जिपमा मानिससँगै व्यापारिक प्रयोजनका सामग्रीसमेत बोक्ने गरेका छन् । डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक मापदण्ड विपरीत रहेकाले ग्रामीण क्षेत्रमा पटकपटक यातायातका सवारीसाधन दुर्घटना हुने गरेका छन् ।
0 notes
Photo
डडेल्धुरामा नेपाली सेनाको गाडी दुर्घटना, ३३ जना घाईते डडेल्धुरा, २४ पुस- शनिबार राति परेको हिमपातका कारण साउखर्कमा अवरुद्ध भएको भीमदत्त राजमार्ग खोलेर फर्कँदा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । हिमपातका कारण अवरुद्ध सडक खोलेर फर्कने क्रममा गरुड दल गण डडेल्धुरास्थित नेपाली सेना चढेको गाडी दुर्घटना हँुदा ३३ जना घाइते भएका छन् । अवरुद्ध बाटो खोली फर्कने क्रममा साउखर्कभन्दा करिब पाँच सय मिटरयता डडेल्धुरास्थित गरुड दल गणका सेना चढेको गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेमध्ये तीन जना सिकिस्त रहेको गरुड दल गणका सहसेनानी प्रेम बोगटीले बताउनुभयो । घाइते सेनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
0 notes
Photo
डडेल्धुरामा पहिलो पटक व्यवसायिक च्याउखेती सुरु डडेल्धुरा, २९ असोज । डडेल्धुरामा पहिलो पटक व्यवसायिक च्याउखेती सुरु गरिएको छ । तुफानडाँडामा आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरी दैनिक १०० किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउ व्यावसायी तिलक हमालले बताउनुभयो । बजारको बढ्दो मागलाई ध्यानमा राखेर करिब रु सात लाखको लगानीमा पहिलो पटक व्यावसायिक च्याउखेती सुरु गरिएको व्यवसायी हमालले बताउनुभयो । डडेल्धुरासहित छिमेकी जिल्ला बैतडी, डोटी र कैलालीमा समेत च्याउ बिक्री गर्ने उद्देश्यका साथ तीन जनाको सयुक्त लगानीमा समूह निर्माण गरी च्याउ व्यवसाय सुरु गरिएको अर्का व्यवसायी केशव महताले बताउनुभयो । कम लागानी र थोरै परिश्रममा राम्रो आमदानी लिन सकिने भएकाले च्याउखेती तर्फ आर्किर्षित भएको उनको कथन छ । च्याउखेतीका लागि सात जनाले रोजगारी प्राप्त गरेको बताउँदै उहाँले वार्षिक करिब रु ४० लाखदेखि ४५ लाखसम्मको च्याउ उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । यसवाट वार्षिक रु १० लाखदेखि रु १५ लाख सम्मको नाफा हुने अनुमान उनको छ । काठमाडाँैबाट च्याउको बीउ आयात गरी उत्पादन सुरु गरेको बताइएको छ । २२ दिनमा उत्पादन हुने च्याउ सस्तो मूल्यमा बजारमा ल्याउने व्यवसायी हमालले बताउनुभयो । बाह्य जिल्ला अथवा विदेशबाट प्याकिङ्ग भएर आउने च्याउको मूल्य यहाँ प्रति किलो रु ३०० भन्दा बढीपर्ने गरेको छ ।
0 notes