Tumgik
#टरयकटरक
nepal123 · 8 years
Photo
Tumblr media
कैलालीमा गएराती भयो भयानक दुर्घटना : ट्र्याक्टरको ट्रलीसँग मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु धनगढी, १३ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से५प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु३त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार यी तीनै जनाको मृत्यु भएको हो । दुर्घटनापछि घाइते दुई जनाको पद्मा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
ट्र्याक्टरको इन्जिनले चेप्दा एकको मृत्यु सिन्धुली, ९ चैत । सिन्धुलीको कमलामाई नगरपालिका–१० भिमानमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ । दुर्घटनामा कनपा–१० निवासी ट्र्याक्टरका कामदार १८ वर्षीय कपिल तामाङको ज्यान गएको हो । कनपा–१० चदाँखोलामा बलौटो लिन गएको ना ३ त ६०९७ नंको ट्र्याक्टर उकालो सडकबाट लोड तान्न नसकी पछाडि फर्कंदा दुर्घटना भएको थियो । ट्र्याक्टर पछाडि फर्कंदा ट्र्याक्टरकै इन्जिनले च्याप्दा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको बताइएको छ ।
0 notes