Tumgik
#चतवलई
nepal123 · 7 years
Photo
Tumblr media
विमानस्थलको पानी बग्ने नाला भित्र पसेको चितुवालाई प्रहरीले थुन्यो, राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि निकाल्ने काठमाडौँ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा रहेको ड्रेन ९पानी बग्ने नाला० भित्र चितुवा छिरेपछि समस्या परेको छ । आज बिहान ८ बजे एक्कासि चितुवा ड्रेनभित्र छिरेपछि समस्या परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले बुद्ध एयरका पाइलटले जहाज रोक्ने क्रममा चितुवा देखेपछि चितुवा आत्तिएर ड्रेनभित्र पसेको बताउनुभयो । प्रवक्ता ठाकुरले चितुवालाई अहिले ड्रेनको दुवै मुख थुनेर राखिएको र राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एयरपोर्टका कर्मचारी मिलेर उद्धार गरिने जानकारी दिनुभयो । The post विमानस्थलको पानी बग्ने नाला भित्र पसेको चितुवालाई प्रहरीले थुन्यो, राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि निकाल्ने appeared first on Etajakhabar.
0 notes