#गचछदर
Explore tagged Tumblr posts
Photo
मोर्चाको दोहोरो चरित्रले समस्याः गच्छदार १ बैशाख, बिराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष बिजयकुमार गच्छदारले मोर्चाले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । आज बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले आफ्नो निर्णयमा अडिन नसक्दा समस्या झन् जटिल बन्दै गएको बताए । ‘कहिले सिमांकनको टुंगो अहिल्यै लगाउनुपर्छ भन्ने, कहिले आयोग बनाउनुपर्छ भन्ने,’ गच्छदारले भने यस्तो कुराले कसरी निकास दिन सक्छ ?’ मोर्चा आफैं पनि स्थानीय तहको निर्वाचनकालागि भित्र भित्रै उम्मेदवार छनौट गर्ने काम गरिरहेको दाबी गर्दै गच्छदारले मोर्चाले बाहिर मात्रै चुनावको विरोध गरिरहेको दाबी गरे । उनले मोर्चालाई पनि चुनवको सदुपयोग गरेर अघि बढ्न सुझाव दिए । The post मोर्चाको दोहोरो चरित्रले समस्याः गच्छदार appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य – गच्छदार विराटनगर, २१ फागुन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयन र राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन भएकाले निर्वाचनलाई सबैले उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । निर्वाचनले मात्रै राजनीतिक स्थायित्व कायम हुने भन्दै अध्यक्ष गच्छदारले न्यूनतम सहमति गरेर भए पनि असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले संविधान संशोधन र निर्वाचन प्रक्रियालाई सँगसँगै अघि बढाउन सकिने विचार प्रकट गर्नुभयो । नेकपा (एमाले)को मेची–महाकाली अभियान सुरु भएकाले यसलाई बिथोल्ने गतिविधि गर्न नहुने उल्लेख गर्दै उहाँले एक अर्काको निषेधको राजनीति गर्न खोजे मुलुकमा राजनीतिक मुठभेड सिर्जना हुनसक्ने भएकाले यस विषयमा दलहरुलाई सचेत हुनुपर्ने सुझाव प्रकट गर्नुभयो ।
0 notes
Photo
संविधान संशोधन भए मात्र देशले निकास पाउँछ: अध्यक्ष गच्छदार सप्तरी, २२ माघ- मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताउनुभएको छ । फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — “संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुकमा द्वन्द्व बढ्नसक्छ ।” अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन् भन्दै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाईसमेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने बताउनुभयो । पूर्व मेचीदेखी पश्चिम महाकालीका जनताहरु अधिकारका लागि आन्दोलनरत छन्, उहाँले भन्नुभयो — संविधान कार्यान्यनका लागि ठूला दलले संविधान संशोधन पछि मात्र निर्वाचनको कुरा ल्याउनुपर्छ । अध्यक्ष गच्छदारले संविधान संशोधन नभए संविधान कार्यान्वन पनि नहुने बताउँदै तीन ठूला दलबीच देखिएको समन्वय अभाव र भेदभावले देश क्रमिक रुपमा द्वन्द्वमा फस्दै गएको तथा यसबाट आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत असर परेको धारणा व्यक्त गर्नुभयो ।
0 notes
Text
विवादित जिल्लामा जनमतसंग्रह: गच्छेदार
विवादित जिल्लामा जनमतसंग्रह: गच्छेदार
९ मंसिर, बिराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हिम्मत भए विवादित पाँच जिल्लामा जनमत संग्रह गर्न चुनौती दिएका छन् । फिफा बरियतामा नेपाल पाँच स्थान उक्लियो आज बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गच्छेदारले विवादित जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कंचनपुरको विषयमा जनमत संग्रह गर्न प्रमुख दलहरुलाई चुनौती दिएका हुन् । ‘घरि ६ प्रदेश घरि ७ प्रदेश, त्यो…
View On WordPress
0 notes
Text
प्रयास अन्तिमसम्म जारी राख्छौ: गच्छदार
प्रयास अन्तिमसम्म जारी राख्छौ: गच्छदार
विराटनगर, ३ जेठ-उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन् । (more…)
View On WordPress
0 notes