#गङ्गा विजयी
Explore tagged Tumblr posts
Text
सिन्धुली–२ (२) मा माओवादीका गङ्गा विजयी
सिन्धुली–२ (२) मा माओवादीका गङ्गा विजयी
सिन्धुली, ७ मङ्सिर । सिन्धुली–२ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा (एमाले)का रामकुमार पौडेललाई तीन हजार दुई सय १२ मतान्तारले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । श्रेष्ठले १३ हजार एक,…
View On WordPress
0 notes
Text
नेमकिपाले भक्तपुरमा खाता खोल्यो, यस्तो छ भक्तपुरको समग्र मतगणना
२ जेठ, भक्तपुर । भक्तपुर नगरपालिक���मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले खाता खोलेको छ ।
भक्तपुर नगरपालिका– १ को मंगलबार बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलै विजयी भएको हो । खत्री एक हजार ३७६ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार भक्तपुरको नगर प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५९२ मत ल्याई अग्रता कायम गरेका छन् । नेपाली काँग्रेसका राम कासुलाले ५२४ र गङ्गा अवालले ५०३ मत प्राप्त गरे ।
त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अष्ट कवेको अग्रता कायम नै रहेको छ ।
मध्यपुरथिमि–१ को दुईहजार ९३७ मतमध्ये एक हजार ७५० मतको गणना हुँदा कवेले ८७७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले ७०६ मत ल्याई कवेलाई पछ्याउँदैछन् ।
उपप्रमुखमा काँग्रेसका अञ्जना मधिकर्मीले ७८२ र नेमकिपाका केदार खड्काले ४८५ मत प्राप्त गरेका छन् ।
0 notes
Photo
#Local_Election कुशे गाउँपालिकामा काँग्रेस विजयी जाजरकोट, २ जेठ । कुशे गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार हरिचन्द्र बस्नेत दुई हजार ५०८ र उपाध्यक्षमा रामछाया शाही दुई हजार ३७८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का तत्तबहादुर हमालले दुई हजार ४४ र उपाध्यक्षका गङ्गा आरसीले एक हजार ९८८ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)का जनकराज शर्माले एक हजार ८१५ र अम्बिका बस्नेतले एक हजार ४३१ मत ल्याउनुभएको निर्वाचन कार्यालयले बताएको छ । त्यस्तै वडा नं १ मा एमालेका गोपाल नेपाली र वडा नं २ मा एमालेकै जनक शाहीको पूरै समूह विजयी भएका छन् । वडा नं ३ मा भने नेपाली काँगे्रसका टेकबहादुर हमालको समूह विजय भएको छ । त्यस्तै वडा नं ४ बाट एमालेका कृतिबहादुर शाहीको पूरै समूह तथा वडा नं ५ मा काँग्रेसका लक्ष्मी सिंहको पूरै समूह विजयी भएको छ । वडा नं ६ मा भने नेकपा(माओवादी केन्द्र)का अमर शाहीको समूह विजयी भएको छ । वडा नं ७ मा काँग्रेसका रामबहादुर शाहीको पूरै समूह तथा वडा नं ८ मा काँग्रेसका अमर रोकायको पूरै समूह विजयी भएका छन् । त्यस्तै वडा नं ९ मा काँग्रेसकै देविका सिंहको समूह विजयी भएको निर्वाचन कार्यालयले बताएको छ । माओवादी केन्द्र चार वडामा विजयी त्रिवेणी नलगाड नगरपालिकाका वडा १, २, ३ र ४ मा नेकपा (माओवादी केन्द्र)का पूरै समूह विजयी भएका छन् । नलगाड– १ मा हिरालाल पुन २९७, वडा नं २ मा रामकुमार गौतम २४५, वडा नं ३ मा प्रचण्ड ओली ३३२ र वडा नं ४ मा लक्ष्मी रावल ३७० मत ल्याई विजयी हुनुभएको हो । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार टेकबहादुर रावलले एक हजार ३५९ र उपप्रमुख उम्मेदवार बालकुमारी बस्नेतले एक हजार १९३, काँग्रेसका प्रमुख उम्मेदवार छवि पन्तले ९७९ र उपप्रमुख उम्मेदवार धनमाया शाहीले ९२४ तथा एमाले प्रमुख उम्मेदवार नवेन्द्र नेपालीले ५९४ र उपप्रमुखका उम्मेदवार सुनिता बोहराले ७३२ मत ल्याउनुभएको छ । अरु वडामा अहिले मतगणना जारी छ । रासस
0 notes
Text
कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी
कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी
सुदूरपश्चिम, ६ मङ्सिर । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो । सो क्षेत्रमा ६३ हजार सात सय ४० मत…
View On WordPress
0 notes
Text
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
दमौली, २ जेठ । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का ��म्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली काँग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले…
View On WordPress
0 notes
Photo
गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी सिन्धुली, १ जेठ । गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर सुनुवार विजयी हुनुभएको छ । सुनुवारले पाँच सय २८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद घिमिरेले चार सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ज्वालाप्रसाद न्यौपानेले अग्रता कायमै राख्नुभएको छ । उहाँले छ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै काँग्रेसका पुष्पबहादुर कार्कीले तीन सय ४७ र एमालेका टीकाबहादुर देवकोटाले एक सय ३५ मत प्राप्त गर्नुभएको छ । गोलनजोरमा अहिलेसम्म एक हजार दुई सय ५० मत गणना भइसकेको छ । यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी सुष्पा भुजेलले छ सय २५, काँग्रेसका गङ्गा श्रेष्ठले तीन सय ६३ र एमालेकी धनकुमारी पुलामीले एक सय ५२ मत प्राप्त गर्नुभएको छ । यसैबीच सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका तथा तीनपाटन, फिकल, सुनकोसी, घ्याङ्लेक, मरिण र हरिहरपुरगढी गाउँपालिकामा अहिले मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराईले जानकारी दिनुभयो । रासस
0 notes