Tumgik
#खसयल
nepal123 · 7 years
Photo
Tumblr media
गाउँमा पहिलो पटक यात्रुबाहक गाडी पुग्दा अबीरजात्रा गरेर खुसियाली धुलिखेल, २४ फागुन- गाउँमा पहिलो पटक यात्रुबाहक गाडी पुग्दा स्थानीयवासीले खुुसी साटासाट गरी रमाइलो मनाएका छन् । जिल्ला सदरमुकामबाट १६ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको बल्थली गाविस र महाँकालचौर गाविसको सिमानामा पर्ने टोड्केमा अहिलेसम्म ठूलो गाडी पुगेको थिएन । आइतबार मात्रै सो ठाउँसम्म पहिलो पटक बिहेको जन्तीसहित गाडी पुग्दा स्थानीयवासीले चालकलाई खादा र अबीर लगाई स्वागत गरेका छन् । त्यससँगै आपसमा नाचगान गरेर स्थानीयले खुसियाली मनाए । उक्त गाउँमा मोटरबाटो बनाएर सम्पन्न भएकै बेलामा त्यहाँस्थित महाँकालचौर–६ भञ्ज्याङखर्कका राजन तामाङको बिहेको रिजर्भ गाडी पहिलो पटक पुगेको हो । पहिलो पटक गाउँमा गाडी आएकाले खुसी लागेको भन्दै आफूहरूले गाडीका चालक पनौती–४ का रामशरण केसीलाई खादा र अबीर लगाई स्वागत गर्दै नाचगान गरेको स्थानीय उमेश लामाले बताए । लामाले भने “हाम्रो गाउँमा यसअघि साना गाडी मात्र आउँथ्यो, अहिले राम्रो मोटरबाटो बनेसँगै हिम्मत गरेर जन्तीको रिजर्भ गरी बल्थलीबाट लगेको गाडी सिसाखानीबाट फर्किँदा टोड्के गाउँसम्म पुगेका हुन् ।” सहरबाट गाउँ र गाउँबाट सहर बजार हिँड्ने बेलामा कठिनाइ भइरहेको अवस्थामा पहिलोपटक गाउँमा नै गाडी पुगेकोमा यहाँका बासिन्दा अत्यन्त खुसी भएका छन् । नियमित बस सञ्चालन गर्न माग बिहेको रिजर्भको गाडी पहिलो पटक गाउँमा पुगेपछि स्थानीयले खुसीसँगै गाउँमा गाडी सञ्चालनका लागि माग गरेका छन् । गाउँमै गाडी नपुग्दा सदरमुकाम र बजारसम्म पुग्नको लागि पैदल हिँडेर कठिनाइ खेप्नुपथ्र्यो । अहिले यात्रुबाहक बस नै पुगेपछि उनीहरुले सधैँ बस सञ्चालन हुने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका हुन् । “अब यात्रुबाहक बस गाउँसम्म चल्न थाले, बस सेवा समितिसँग कुरा राख्नुपर्छ,” स्थानीय विक्रम केसीले भने । गाडी गाउँमा पु¥याउँदा खुसी हुँदै स्थानीयले खादासहित अबीर लगाई स्वागत गरेपछि चालक रामशरण केसीले स्थानीयको माग पूरा भए आफूले सो रुटमा गाडी चलाएर सहज बनाइदिने बताए ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
सोलुखुम्बुको कोसीपारीमा पहिलोपटक जीप र ट्र्याक्टर पुग्दा खुसीयाली ६ फागुन, सोलुखुम्बु। सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् । आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जीप र एउटा ट्र्याक्टर पुर्‍याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए । केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि आज पहिलोपटक जीप र ट्र्याक्टर पारी तारिएको हो । दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रुपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन् । जीप र ट्र्याक्टर कोसी तार्ने समारोहमा उपस्थित पावैका नीरज राईले आजको दिन कोसीपारीका बासिन्दाका लागि जीवनकै खुसीको दिन भएको बताए । रासस
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
कोसीपारी पहिलोपटक जिप र ट्र्याक्टर पुग्दा खुसीयाली सोलुखुम्बु, ६ फागुन- सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् । आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जिप र एउटा ट्र्याक्टर पु¥याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए । केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि आज पहिलोपटक जिप र ट्र्याक्टर पारी तारिएको हो । दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रुपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन् । जिप र ट्र्याक्टर कोसी तार्ने समारोहमा उपस्थित पावैका नीरज राईले आजको दिन कोसीपारीका बासिन्दाका लागि जीवनकै खुसीको दिन भएको बताउनुभयो ।
0 notes