#खर्चिला
Explore tagged Tumblr posts
Text
aaj ka rashifal 11may 2023 : इन राशि के लिए बड़ा ही खर्चिला दिन, जाने आपके लिए कैसा रहेगा आज का दिन?
aaj ka rashifal 11may 2023 : गुरुवार का दिन आपके लिए कैसा रहने वाला है, यह जानने के लिए इस लेख को जरूर पढ़ लें। उज्जैन के प्रसिद्ध ज्योतिषाचार्य तथा पंचांगकर्ता पं. चंदन श्याम नारायण व्यास यहां आपको आपकी राशि के अनुसार आपको बता रहे हैं कि गुरुवार का दिन यानी आज का दिन आपके लिए कितना खास होने वाला है। किस राशि के लोगों को आज अपने ससुराल से खुशखबरी मिलने जा रही है और किसका बिजनेस विदेश में अपनी…
View On WordPress
#11may#2023#aaj#aaj ka rashifal 11may 2023 : इन राशि क��� लिए बड़ा ही खर्चिला दिन#Rashifal#आज#आपके#इन#का#के#कैसा#खर्चिला#जाने#जाने आपके लिए कैसा रहेगा आज का दिन?#दिन#न्यूज़#बड़ा#ब्रेकिंग#रहेगा#राशि#लिए#ही
0 notes
Text
हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो । आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन…
View On WordPress
0 notes
Text
हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह
हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह
कैलाली, ३ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरूको महान् चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको ह��� । आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा…
View On WordPress
0 notes
Text
'जीवन्त एडभान्स इमेजिङ'मा कहलिएका ३८ चिकित्सकको लगानी, कुन चिकित्सकको कति लगानी ?
‘जीवन्त एडभान्स इमेजिङ’मा कहलिएका ३८ चिकित्सकको लगानी, कुन चिकित्सकको कति लगानी ?
काठमाडौं—देशकै मुटु मानिने दरबारमार्गस्थित ‘जीवन्त एडभान्स काठमाडाैं इमेजिङ प्रा.लि.’ ले चिकित्सा स्वास्थ्यका गहन रोगहरु पत्ता लगाउने काम गर्छ । काठमाडौं उपत्यकाबाट मात्रै नभएर देशका विभिन्न भागहरुबाट पनि बिरामीहरु एमआरआई, सिटिस्क्यान, एमआरसीपी, कार्डियाक एमआरआई, क्यान्सर स्क्यानिङ, एमआर स्क्रेप्टोकोपीलगातयका सेवाहरु लिन आउँछन् । अन्य सेवाहरुको तुलनामा यस्ता सेवाहरु निकै खर्चिला हुने गर्छन् ।…
View On WordPress
0 notes
Text
एन्टिजन टेस्ट : कोरोना परीक्षणको अर्को गम्भीर त्रुटि नबनोस्
नेपाल सरकारले कोरोना भाइरस (SARS-CoV-2) को संक्रमण समुदायमा फैलिएको घोषणा नगरे पनि केही समुदायमा तीव्र गतिमा भाइरस फैलिरहेको छ । विगत केही दिनमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विभिन्न क्षेत्रमा सयौंको संख्यामा र तराईका जिल्लामा पनि बढ्दो संख्यामा संक्रमितहरू देखापर्न थालेका छन् ।
नेपालमा अझै पनि अधिकांश संक्रमित व्यक्तिहरूमा लक्षणहरू नदेखिएकाले संक्रमित भए नभएको जान्न पीसीआर परीक्षण गर्नुपर्छ । त्यसो त कोभिड-१९ रोगको लक्षणहरू देखिए पनि संक्रमण पुष्टि गर्न परीक्षणको विकल्प छैन । हाल सरकारी तथा निजी गरी कुल ४७ वटा प्रयोगशालाल��� दैनिक औसतमा १२ ह��ार नमुना परीक्षण गरिरहेका भए पनि सरकारको क्षमता भने दैनिक १८ हजार नमुना परीक्षण गर्न सक्ने खालको छ । समुदायमा यसरी नै संक्रमण फैलिँदै जाँदा केही दिनमा यो परीक्षण संख्या पर्याप्त नहुने पक्कै छ ।
परीक्षण क्षमता वृद्धि गर्ने विभिन्न मोलेकुलर विधिहरूको विषयमा सम्बन्धित निकायलाई समयमा नै सूचित गरिएको थियो ।भीटीएम, एक���स्ट्रयाक्सन रि–एजेन्ट र एक्स्ट्रयाक्सन प्लेटफर्म नचाहिने डाइरेक्ट पीसीआर (Direct PCR), ल्याम्प (LAMP) तथा नमुनाहरूको मिश्रण परीक्षण (पुल टेस्टिङ) विधिहरू परीक्षण क्षमता वृद्धि गर्ने केही कम खर्चिला विधिका उदाहरणहरू हुन् जुन विश्वभरी नै प्रयोगमा आइरहेका छन् । यी विधिहरूका बारेमा विभिन्न पत्रपत्रिकामा जानकारीमूलक लेखहरू पनि प्रकाशित गरिएका छन् ।
आरडीटी (एन्टिवडी टेस्ट) जस्तो उपयोगिता नभएको टेस्ट प्रयोग गरेर कोरोना रोकथाममा पर्न गएको नकारात्मक असर सेलाउन नपाउँदै एन्टिजन परीक्षणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । कम खर्चिलो र चाँडो नतिजा दिन सक्ने डायग्नोस्टिक परीक्षण विधि भएकोले एन्टिजन टेस्टप्रति आकर्षित हुनु स्वाभाविक हो । तर हाल उपलब्ध रि–एजेन्टहरू भरपर्दो नभएको र सीमित दायरामा मात्रै प्रयोग गर्नुपर्ने भएकाले यो पनि आरडीटी (एन्टिबडी टेस्ट) जस्तै कम उपयोगी र विवादास्पद हुने देखिन्छ ।
कोरोना भाइरसको संरचना र एन्टिजन टेस्ट
चित्रमा देखाइएको जस्तै कोरोना भाइरस (SARS-CoV-2) मा चार मुख्य संरचनात्मक (स्पाइक प्रोटिन, मेमब्रेन ग्लाइकोप्रोटिन, इन्भेलोप प्रोटिन र न्युक्लियोक्याप्सिड प्रोटिन) र अन्य धेरै सहायक प्रोटिनहरू हुन्छन् । भाइरसको आनुवंशिक तत्वको रूपमा आरएनए रहेको हुन्छ । नमुनामा भएका भाइरसका संरचनात्मक प्रोटिनका टुक्राहरू पत्ता लगाउन एन्टिजन र आरएनए पत्ता लगाउन मोलेकुलर (जस्तै, आरटी पीसीआर) टेस्टहरू उपयोग गरिन्छ ।
अमेरिकामा हालसम्म चारवटा मात्र एन्टिजन टेस्ट किटलाई खाद्यान्न तथा औषधि अनुगमन प्रशासन (एफडीए) ले आपतकालीन प्रयोगको स्वीकृति दिएको छ । यी चारैवटा टेस्ट किटले कोरोना भाइरसका न्युक्लियोक्याप्सिड प्रोटिन पत्ता लगाउँछन् । टेस्ट किटका निर्माताहरूले प्याकेज इन्सर्टमा दाबी गरेको टेस्ट सेन्सिभिटी ९५ प्रतिशतभन्दा बढी छ । टेस्ट किटले बिरामीमा रोग भएको पुष्टि गर्न सक्ने क्षमतालाई टेस्ट सेन्सिभिटी भनिन्छ । शत प्रतिशतको निकट सेन्सिभिटी भएका किटहरू भरपर्दो हुन्छन् । महत्वपूर्ण बुँदाको हकमा यी चारैवटा टेस्ट कोभिड-१९ ��ो लक्षणहरू भएका बिरामीहरूको मात्रै नमुना परीक्षण गर्न स्वीकृति पाएका हुन् । साधारणतया किट निर्माताहरूको टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटीको दाबी क्लिनिकल प्रयोगशालाहरूले स्वतन्त्र रूपमा मूल्याङ्कन गरेर साइन्टिफिक जर्नल अथवा पत्रपत्रिकामार्फत सार्वजनिक गर्छन् । यसरी क्लिनिकल प्रयोगशालाहरूले बिरामीहरूको नमुनामा परीक्षण गरी प्रकाशित गरेको टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटीमात्र भरपर्दो र वास्तविकताको निकट हुन्छ ।
एन्टिजन टेस्टका कमीहरू
एन्टिजन टेस्टहरूको अविश्वसनीय नेगेटिभ रिपोर्ट (फल्स नेगेटिभ) एउटा महत्वपूर्ण नकारात्मक पक्ष हो । यसै कारणले हरेक एन्टिजन नेगेटिभ रिपोर्ट अनिवार्य रूपमा आरटी-पीसीआर टेस्टद्वारा नेगेटिभ भएको प्रमाणित गर्नुपर्छ । हिजोआज साइन्टिफिक जर्नलमा एन्टिजन टेस्ट प्रयोगकर्ता प्रयोगशालाहरूले कोरोना संक्रमण नभएका व्यक्तिका नमुनाहरूमा फल्स पोजेटिभ रिजल्ट रिपोर्ट गरेको पनि प्रशस्तै उदाहरणहरू भेटिन्छन् ।
पाँचवटा अध्ययनलाई समेटेर गरिएको एउटा मेटाएनालाइसिस लेखमा एन्टिजन टेस्टको औसत टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटी क्रमश: ५६.२% र ९९.५% रहेको पाइएको छ । यस अध्ययनमा समेटिएका एन्टिजन टेस्ट किट प्रायजसो चीनमा उत्पादित छन् ।
महामारीको चपेटामा परेको बेला स्पेनले टेस्ट सेन्सिभिटी ८० प्रतिशत भनिएको किटले ३० प्रतिशतमात्र देखाएपछि चीनमा उत्पादित ३ लाख ४० हजार यस्तै एन्टिजन किट फिर्ता गरेको थियो ।
चीनमा उत्पादित यस्तै एन्टिजन किटहरूले नेपाली बजार चाँडै नै भरिने सम्बन्धित क्षेत्रका विज्ञहरूको आशंका छ । रोचक कुरा त के छ भने सस्तो एन्टिजन किटहरू बनाउने चीन आफू भने मोलेकुलर (आरटी-पीसीआर) विधिबाट मात्र परीक्षण गर्छ । चीनले गत मे महिनामा कोरोना भाइरसको महामारी सुरु भएको वुहान सहरका एक करोड १० लाखमध्ये ६५ लाख बासिन्दाको परीक्षण गरेको थियो । यति धेरै संख्याको परीक्षणमा मोलेकुलर (आरटी पीसीआर) विधि नै प्रयोग गर्यो । केवल ९ दिनमा परीक्षण पूरा गर्न नमुनाहरूको मिश्रण (पुलिङ) अनि आरटी पीसीआर विधि प्रयोग भएको थियो ।
केही दिनअघि मात्र वुहान सहरका बासिन्दाले महामारीपछिको सबैभन्दा ठूलो जमघटमा मास्क नै नलगाई पुल पार्टी गरेको समाचार सार्वजनिक भएको थियो ।
परीक्षणमा एन्टिजेन टेस्ट प्रयोग गरिएको भए सायदै यस्तो समाचार सुन्नमा आउँथ्यो होला ।
बेल्जियममा र्यापिड डायग्नोस्टिक टेस्टको रू��मा प्रयोग गर्नको लागि गरिएको सम्भाव्यता अध्ययनमा आरटी-पीसीआरको तुलनामा एन्टिजन टेस्टको टेस्ट सेन्सिभिटी ३०.२ प्रतिशतमात्र पाइएको थियो । अनुसन्धान पश्चात कोभिड-१९ निदानको लागि एन्टिजन टेस्ट प्रयोग गर्नुहुँदैन र आरटी-पीसीआरको उपयोग घटाउनुमा कुनै फाइदा नभएको निष्कर्ष निकालेको थियो ।
त्यस्तै, हंगकंगमा गरिएको अध्ययनमा एन्टिजन टेस्ट भाइरल कल्चर र आरटी पीसीआरभन्दा क्रमशः १,००० र १००,००० गुणा कम सेन्सिभिट पाइएको थियो । सोही अध्ययनमा आरटी-पीसीआरको तुलनामा एन्टिजन टेस्टको टेस्ट सेन्सिभिटी ११.१% देखि ४५.७% को बीचमा रहेको पाइएको छ ।
अमेरिकी एफडीएले आपतकालीन प्रयोगको स्वीकृति दिएका एन्टिजन किटहरूमा पनि फल्स पोजेटिभ देखिएका धेरै उदाहरणहरू छन् । तीमध्ये केही त उच्च व्यक्तित्वहरूसँग जोडिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकपूर्व गरिएको एन्टिजेन परीक्षणमा ओहायो राज्यका गभर्नर माइक डवाइन कोरोना भाइरस पोजेटिभ देखिए र यसैकारण भेटको योजना परिवर्तन गर्नुपर्यो । पछि उनमा गरिएको पीसीआर परीक्षण दोहोर्याएर गर्दा नेगेटिभ प्रमाणित भएको थियो ।
यस्तै, अर्को घटनामा भर्मन्ट राज्यको म्यानचेस्टर मेडिकल सेन्टरमा एन्टिजन टेस्ट पोजेटिभ देखिएका ६५ जनामध्ये केवल ४ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । एन्टिजन टेस्टको अविश्वसनीय परीक्षण नतिजाका कारण भर्मन्ट स्वास्थ्य विभागले म्यानचेस्टर क्षेत्रका १६१३ बासिन्दाहरूको पीसीआर परीक्षण गर्यो र थप एकजना संक्रमित नागरिक पहिचान गर्यो ।
नेपाल भित्रिएका एन्टिजन टेस्ट
जापानले फुजीरेबायो डायग्नोस्टिक्स (Fujirebio Diagnostics Inc.) को ५० हजार एन्टिजन किट नेपाललाई अनुदानस्वरूप प्रदान गर्ने भएको छ ।सोमध्ये सात हजार एन्टिजन किट नेपाल भित्रिसकेको छ । यस किटको निर्माताले प्याकेज इन्सर्टमा दाबी गरेको टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटी क्रमश: ९१.७ प्रतिशत र ९७.३ प्रतिशत रहेको छ । जर्नल अफ क्लिनिकल भाइरोलोजीमा २५ अगस्ट २०२० मा प्रकाशित एक लेख अनुसार यो किट (Lumipulse G SARS-CoV-2 Ag) प्रयोग गरी परीक्षण गरिएका ३० वटा एन्टिजन पोजेटिभमध्ये ८ वटा आरटी-पीसीआर परीक्ष��मा फल्स पोजेटिभ साबित भएका थिए । लेखमा अनुसन्धानकर्ताले उपचारको क्रममा फल्स पोजेटिभ व्यक्तिलाई कोभिड-१९ रोगीसँगै एउटै कोठामा राखेर उपचार हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
दक्षिण कोरियाली फर्म एसडी बायोसेन्सरद्वारा विकसित STANDARD Q COVID-19 Ag एन्टिजन किट नेपाल भित्र्याउन तयारी ��इरहेको बुझिएको छ । हाल भारतमा प्रयोग भइरहेको यस किटको टेस्ट सेन्सिभिटी ५०-८४ प्रतिशतमात्र रहेकोले आईसीएमआरले यो परीक्षण किट आरटी पीसीआर विधिसँग संयोजन गरेर प्रयोग गर्न निर्देशन दिएको छ ।
किन नेपालमा एन्टिजन टेस्ट प्रयोगमा ल्याउन हुँदैन
एन्टिजन टेस्ट प्रयोग गरेर परीक्षण गर्ने ठूला राष्ट्रहरू भारत र अमेरिकाको कोरोना संक्रमणको स्थिति सर्वविदितै छ । विश्वमान चित्रमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएका राष्ट्रहरूको सूचीमा यी दुई देशहरु अगाडि रहेका छन् । अर्कोतर्फ संक्रमण काबुमा राख्न सफल भएका देशहरूले भने कोरोना परीक्षणको लागि आरटी-पीसीआर विधि नै उपयोग गरेको देखिन्छ । सम्पन्न मुलुकहरूमा दोहोर्याएर, तेहेर्याएर उपर्युक्त निदान नभएसम्म परीक्षण गर्न सक्ने श्रोत, साधन र सुविधा छन् । अर्थतन्त्र कमजोर बन्दै जाँदा नेपालमा सरकार र नागरिक दुवैको बारम्बार परीक्षण गर्नसक्ने क्षमता नभएकोले पीसीआर परीक्षण नै उपयुक्त हुन्छ । कम खर्चिलो र चाँडो नतिजा दिनसक्ने भन्दैमा महत्वपूर्ण र गम्भीर कमी भएका एन्टिजन टेस्टहरू उपयोग नगर्नु संक्रमण रोकथामको लागि फाइदाजनक छ ।
एन्टिजन टेस्ट हालको परिस्थितिमा कम खर्चिलो हुन्छ भन्ने तर्क युक्तिसंगत नभएको देखिन्छ । हाल परीक्षण भएकामध्ये लगभग १० प्रतिशत नमुनाहरू पोजेटिभ देखिएका छन् । यही स्थितिलाई मध्यनजर राखेर लागत बचतको गणना गर्न सकिन्छ । संक्रमितको दर १० प्रतिशत, टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटी क्रमशः ५० प्रतिशत र ९९ प्रतिशत भएको एन्टिजन टेस्टले ९५ प्रतिशत नमुनाहरू नेगेटिभ र ५ प्रतिशत पोजेटिभ देखाउँछ । माथि उल्लेख भएजस्तै एन्टिजन टेस्टको नेगेटिभ रिपोर्ट विश्वसनीय नहुने भएकोले पीसीआर विधि प्रयोग गरी नेगेटिभ भएको प्रमाणित गर्नुपर्छ । त्यसैले ९५ प्रतिशत नमुनाहरूको एन्टिजन र पीसीआर टेस्ट दुवै गर्नुपर्ने भएकोले खर्च झन् बढ्ने देखिन्छ । यसरी दोहोरो परीक्षण गर्नुपर्ने भएकोले रिपोर्ट आउन झन् ढिलो हुन्छ । त्यसैले सही तवरले प्रयोग गर्ने हो भने एन्टिजन टेस्टले लागत बचत गर्न संक्रमितको दर धेरै नै उच्च हुनुपर्छ । अर्कोतर्फ संक्रमितलाई एन्टिजन टेस्टले नेगेटिभ भनेर रिपोर्ट हुँदा नागरिकहरू संक्रमण मुक्त छु भनेर ढुक्क परेर अन्जानमा उनीहरुले संक्रमण फैलाउने सम्भावना हुन्छ । माथि उल्लेख भए जस्तै एन्टिजन टेस्टले फल्स पोजेटिभ रिपोर्ट पनि दिने भएकोले संक्रमण नभएकालाई पोजेटिभ भनेर रिपोर्ट हुँदा नागरिकले भोग्नुपर्ने तनावको प्रशस्त उदाहरणहरू पत्रपत्रिकामा प्रकाशित छन् ।
सेप्टेम्बर १० देखि दैनिक झण्डै एक लाखको दरले नयाँ संक्रमण देखिएपछि भारतको स्वास्थ्य मन्त्रालयले एन्टिजन टेस्टमा नेगेटिभ भएका तर पछि लक्षण देखिएका व्यक्तिहरूमा आरटी-पीसीआर टेस्ट गर्न निर्देशन दिएको छ ।
भारतले ��ुल परीक्षणको ८७ प्रतिशतसम्म एन्टिजन टेस्ट प्रयोग गरिरहेको देखिएको छ ।
लक्षण नदेखिएका व्यक्तिहरूमा पनि एन्टिजन टेस्ट गर्ने नीति भारतले बनाएको छ ।
यति धेरै जनसंख्या र बाक्लो जनघनत्व भएको देशमा लक्षण नदेखिएकामा एन्टिजन टेस्टजस्तो अपत्यारिलो टेस्ट प्रयोग गर्दा संक्रमण अझ धेरै फैलिन सक्छ । विश्वको आकडा हेर्दा साधारणतय, संक्रमण भएकामध्ये ४० देखि ४५ प्रतिशतमा रोगका लक्षणहरू नदेखिने (एसिम्प्टोमेटिक) र यस्ता व्यक्तिहरूले लामो समय (१४ दिनभन्दा बढी) सम्म संक्रमण सार्न सक्दछन् ।
योकोहामा जापानमा क्वारेन्टिन गरिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजमा भएको संक्रमणको विश्लेषण गर्दा ७४ प्रतिशत संक्रमित व्यक्तिहरू एसिम्प्टोमेटिक रहेको र एसिम्प्टोमेटिक व्यक्तिहरू ६९ प्रतिशत संक्रमणको स्रोत रहेको पाइएको थियो ।
यसैगरी एक संक्रमित तर एसिम्प्टोमेटिक व्यक्ति अन्तर्राष्ट्रिय यात्रापछि चीन फर्किएर ७१ जनाभन्दा बढीको संक्रमणको स्रोत बनेका थिए ।
आधिकारिक आँकडा प्रकाशित नभए पनि नेपालमा ७५-८० प्रतिशत संक्रमितमा लक्षण नदेखिएको अनुभव चिकित्सकहरूले व्यक्त गरेका छन् । एसिम्प्टोमेटिक व्यक्तिहरूले थाहा नपाई संक्रमण फैलाउने उच्च जोखिम भएकोले यो समूहको पनि उचित परीक्षण र व्यवस्थापन गर्न अनिवार्य छ । सबै जसो एन्टिजन किट प्रयोग गर्ने निर्देशिकामा लक्षण देखिएका बिरामीको नाकबाट संकलन गरिएका नमुनाहरूमा मात्र परीक्षण गर्न निर्देशन दिइएको हुन्छ । एसिम्प्टोमेटिक व्यक्तिको र घाँटीका नमुनामा एन्टिजन टेस्टको प्रभावकारिता र उपयोगिताबारे केही खुलाइएको छैन । घाँटीबाट संकलित नमुनाहरू हीन हुँदाहुँदै अझै पनि नेपालमा घाँटीबाट नै नमुनाहरू संकलन गरिएको देखिन्छ । यसर्थ एन्टिजन टेस्ट किटहरू सामान्य रूपमा प्रयोग भए भने यो महामारीलाई अझ लामो समय र अहिलेभन्दा धेरै विकराल रूपमा झेल्नुपर्ने हुन सक्छ ।
आरटी-पीसीआरको विस्तार र परीक्षण खर्च कटौती अथवा वैकल्पिक मोलेकुलर विधि
केही समयअघि नमुनाबाट भाइरसको आनुवंशिक तत्व (आरएनए) निकाल्न करोडौंमा अटोमेटेड एक्स्ट्राक्सन मेसिनहरू खरिद गरिएको थियो । यी मेसिनहरू प्रयोगमा आएपछि आरटी-पीसीआर परीक्षण संख्या व्यापक रूपमा वृद्धि गर्न सकिने दाबी गरिएको थियो । म्यानुयल एक्स्ट्राक्सन गर्दाभन्दा केही सुधार देखिए पनि अझै सरकारले दाबी गरेको क्षमतामा (दैनिक १८ हजार) परीक्षण हुनसकेको छैन ।
आरटी-पीसीआर विधि खर्चिलो भएकोले ��रकार र आमनागरिकले धान्न नसक्ने अभिव्यक्ति आउन थालेको छ । आजभन्दा ४-५ महिना अगाडि नै त्यतिबेला सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ शुल्कभन्दा कम खर्चमा पीसीआर परीक्षण गर्न सकिन्छ भनेर सरोकारवालालाई ज्ञात गराइएको थियो । भीटीएम र एक्स्ट्राक्सन रि-एजेन्ट प्रयोग नगरी ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पीसीआर विधि अपनाउँदा परीक्षण खर्चमा धेरै नै बचत हुनुको साथै परीक्षण क्षमता पनि वृद्धि गर्न सकिन्छ । यो विधिको बारेमा पहिले नै केही लेखहरू प्रकाशित भएका छन् ।
‘नेपालमा अहिलेभन्दा छिटो र सस्तोमा कोरोना परीक्षण गर्न सकिन्छ’ लेख हेर्नुहोस ।
आरटी-पीसीआरको विकल्प लुप मिडिएटेड आइसोथर्मल एम्प्लिफिकेसन, छोटकरीमा ल्याम्प (Loop-mediated isothermal Amplification, or LAMP) हुन सक्छ । तुलनात्मक रूपमा आरटी-पीसीआरभन्दा द्रूत र कम खर्चिलो यस प्रविधिको धेरै परिमार्जनमध्ये प्रमाणीकरण अध्ययन पश्चात नेपाललाई सुहाउने विधिलाई उपयोगमा ल्याउन सकिन्छ । एउटै तापक्रममा इन्क्युबेसन गरे पुग्ने यो सरल प्रविधिलाई नेपालका दुर्गम जिल्लाहरूमा कुनै विशेष महँगो उपकरणबिना नै प्रयोगमा ल्याउन सकिन्छ ।
केही समय अगाडि विकसित गरिएको क्यासपर/क्यास (CRISPR/Cas) प्रविधिलाई परिमार्जन गरेर बनाइएका सेरलक (SHERLOCK) र डिटेक्टर (DETECTR) जस्ता नयाँ प्लेटफर्महरू आरटी-पीसीआरको विकल्प हुन सक्छन् । तर यी विधिहरू डायग्नोस्टिक प्रयोगशालाहरूमा व्यापक रूपमा प्रयोग नभएकोले थप अनुसन्धान तथा प्रमाणीकरण अध्ययन गरी निखार्न जरुरी छ ।
संसारमा धेरै मुलुकहरूले तथा नेपालका पनि केही सरकारी प्रयोगशालाहरूले प्रयोग गर्दै आएको अर्को विधि हो, नमुनाहरूको मिश्रण परीक्षण (पुल टेस्टिङ) । पुल टेस्टिङ संक्रमणको प्रिभिलेन्स (व्यापकता) १० प्रतिशतभन्दा कम हुँदासम्म उपयुक्त हुन्छ । नमुनाहरू संकलन गरिएको क्षेत्रमा संक्रमणको व्यापकता जति कम भयो त्यति नै पुलिङ/पुल टेस्टिङ प्रभावकारी र कम खर्चिलो हुन्छ । त्यसैगरी प्रिभेलेन्सको आधारमा मिश्रण गर्ने नमुनाहरूको संख्या तय गरिन्छ । संक्रमणको प्रिभेलेन्स धेरै भएको बेला कम नमुनाहरू र प्रिभेलेन्स थोरै भएको बेला धेरै नमुनाहरूको पुल टेस्टिङ गर्न सकिन्छ । एउटै परिवारका सदस्यहरू, संक्रमणको जोखिम न्यून भएका व्यक्तिहरू र प्रिभेलेन्स न्यून भएको बेला सङ्कलन गरिएका कुनै पनि नमुनाहरूमा पुल टेस्टिङ गर्न सकिन्छ । समुदायमा ५ प्रतिशतसम्म संक्रमित हुँदा तीनदेखि पाँचवटा र १ प्रतिशत वा सोभन्दा कम संक्रमित हुँदा १० वटासम्म नमुनाहरूको मिश्रण परीक्षण गर्न उपयुक्त हुन्छ ।
नेपालमा कोभिड-१९ बाट मृत्यु र संक्रमित हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएकोले क्षमता अनुरूप पूर्ण रूपमा आरटी-पीसीआर परीक्षण गर्नुपर्नेमा टेस्ट सेन्सिभिटी र स्पेसिफिसिटी दुवैमा समस्या ��एका एन्टिजन टेस्ट प्रयोग गर्न सरकारले अनुमति दिनु युक्तिसङ्गत देखिँदैन । उच्च गुणस्तरीय, विश्वसनीय र सर्वमान्य आरटी-पीसीआर टेस्ट नै दुई हजार रुपैयाँमा उपलब्ध हुने भएकोले कोरोनाको परीक्षणमा आरटी-पीसीआर अथवा माथि चर्चा भएका अन्य मोलेकुलर विधिहरू कार्यान्वयन र विस्तार गर्न जोड दिऔं ।
लेखकको परिचय
अस्ट्रेलियामा मुख्यालय (हेडक्वाटर) रहेको सोनिक हेल्थकेयरको प्रयोगशालाहरू अस्ट्रेलियामा, न्युजिल्याण्ड, युरोप र अमेरिकाका विभिन्न सहरहरूमा फैलिएका छन् । सोनिक हेल्थकेयर यूसएअन्तर्गत १२ वटा प्रयोगशालाहरू छन्, जुन पूर्वमा न्युयोर्कदेखि पश्चिममा हवाईसम्म फैलिएको छ । डाक्टर ढकालका अनुसार यी १२ वटा प्रादेशिक प्रयोगशालाहरूले परीक्षण गर्न नसकेको तथा प्राविधिक रूपमा कठिन टेस्टहरू उनी कार्यरत सोनिक रेफ्रेन्स ल्याबमा परीक्षण हुन्छ ।
संक्रामक रोग, आनुवांशिक रोग, क्यान्सर तथा फार्माकोजिनोमिक्ससँग सम्बन्धित परीक्षणहरू गर्ने उनको ल्याबले अहिले महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको परीक्षण पनि गरिरहेको छ । उनले काम गर्ने ’सोनिक रेफ्रेन्स ल्याब’ अमेरिकामा निजी क्षेत्रलाई कोभिड–१९ को परीक्षण गर्न अनुमति दिएपछि पहिलो परीक्षण सुरु गर्नेमध्येकै प्रयोगशाला पनि हो ।
उनी अहिले सोनिक हेल्थकेयर युसएको कोभिड–१९ टास्क फोर्सको साइन्टिफिक एड्भाइजरको रूपमा पनि संलग्न छन् । यो कमिटीले सोनिक हेल्थकेयर युसएअन्तर्गतका विभिन्न प्रयोगशालाहरूलाई कोभिड–१९ को परीक्षणसँग सम्बन्धित राय तथा सुझाव दिन्छ ।
२० वर्षदेखि माइक्रोबायोलोजी र मोलेकुलर बायोलोजी क्षेत्रमा काम गर्दै आएका डाक्टर ढकालले अमेरिकाको युनिभर्सिटी अफ युटाबाट एक्सपेरिमेन्टल प्याथोलोजीमा विद्यावारिधि हासिल गरेर त्यहीँबाट पोस्ट डक्टरल फेलोसिप गरेका छन् । युनिभर्सिटी अफ युटा र एआरयूपी ल्याबरेटोरी (ARUP Laboratory)को संयुक्त प्रोग्रामबाट मेडिकल तथा पब्लिक हेल्थ माइक्रोबायोलोजीमा क्लिनिकल फेलोसिप गरेका डाक्टर ढकाल बोर्ड सर्टिफाइड माइक्रोबायोलोजिस्ट र मोलेकुलर बायोलोजिस्ट हुन्।
0 notes
Text
‘हार्ड हिटर’ करण केसीले दोस्रोपटक गरेको ‘चमत्कार’ – Nepali News
‘हार्ड हिटर’ करण केसीले दोस्रोपटक गरेको ‘चमत्कार’ – Nepali News
२० असोज, काठमाडौं । केही वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् करण केसी । उनलाई फास्ट बलरको रुपमा टिममा राख्ने गरिएको छ । तर, उनको बलिङको स्तरमा अहिलेसम्म पनि प्रश्न उठ्ने गर्छ । हुन पनि धेरै म्याचहरुमा उनी खर्चिला र विकेटविहिन हुने गरेका छन् ।
बरु करणले आफ्नो ब्याटबाट नेपाललाई अहिलेसम्मकै महत्वपूर्ण जित दिलाएको गर्विलो क्षण छ । गत वर्ष १४ फेब्रुअरीमा भएको क्यानाडाविरुद्धको…
View On WordPress
0 notes
Text
अमेरिकी स्वास्थ तथा मानवीय सेवा मन्त्रीद्वारा राजिनामा
अमेरिकी स्वास्थ तथा मानवीय सेवा मन्त्रीद्वारा राजिनामा
वासिङ्गटन, १४ असोज (रासस÷एपी) : अमेरिकाका स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजिनामा दिनु भएको समाचार छ । राष्ट्रपति ट्रम्प प्रशासनबाट राजिनामा दिने वरिष्ठ मन्त्रीहरुमध्ये उहाँ पहिलो हुनुहुन्छ । उहाँको बारेमा सरकारी ढुकुटीको दुरुपोगसम्बन्धी आरोप थियो । सरकारी कामकाजको सिलसिलामा यात्रागर्दा निजी क्षेत्रका अति खर्चिला जेट विमानहरु चार्टर गरी बारम्बार राष्ट्रको ढुकुटी दुरुपयोग गरेको…
View On WordPress
0 notes
Text
New Post has been published on The Viral Pages : Hindi News, Breaking News Hindi, Latest Hindi Khabar, Samachar
New Post has been published on http://wp.me/p8uFZk-37y
भारत दौरे के लिए जस्टिन बीबर ने रखी इतनी लंबी डिमांड की पढ़ कर आप भी चौंक जाएंगे...
जस्टिन बीबर भारत दौरे पर आने वाले हैं और इसके लिए उनके फैन्स काफी ज्यादा एक्साइटेड हैं। उनके आने का कार्यक्रम लगभग चार महीने से तय है और इसकी तैयारी भी जोर शोर से चल रही है। लेकिन इसी बीच एक चौंकाने वाली खबर सामने आई है कि जस्टिन बीबर ने भारत में परफॉर्म करने के लिए इतनी सारी डिमांड रखी है।
दरअसल जस्टिन बीबर के डिमांड की लिस्ट इतनी लंबी है कि आप भी अपना सर पकड़कर बैठ जाएंगे। दरअसल ये डिमांड ना सिर्फ लंंबी चौड़ी है बल्कि काफी खर्चिला भी है। आपको बता दें कि जस्टिन बीबर 10 मई को भारत में परफॉर्म करेंगे।
जस्टिन बीबर ने अपने भारत दौरे के लिए जो सामान की लिस्ट दी है वो हम आपको नीचे बता रहे हैं और कमेंट में आप अपना रिएक्शन जरूर दिजिएगा।
दो फाइव स्टार होटल बुक किए जाएं और जिसमें 13 कमरे बिक होंगे
जस्टिन बीबर के ड्रेसिंग रूम के सभी पर्दे सफ़ेद हों।
कमरे में कांच का फ्रिज हो।
बीबर के कमरे में 24 पानी की बोतलें, 4 एनर्जी ड्रिंक, 6 विटामिन वॉटर की बोतलें, 6 क्रीम सोडा और कई किस्म के फलों का रस रखा जाए।
खाने की वैरायटी बनाए रखने के लिए भी एक लंबी लिस्ट दी गई है, जिसमें वेज और नॉन वेज शामिल है।
हेल्थ फूड के नाम पर नारियल पानी, बादाम शेक, प्रोटीन पॉउडर, ऑर्गेनिक शहद व केले और हर्बल चाय समेत फ्रेश फल रखने हैं।
उनके इर्दगिर्द कहीं भी लिली के फूल नहीं होने चाहिए।
बीबर की पूरी टीम के लिए कई साइज की टी-शर्ट्स भी इस लिस्ट में मांगी गई हैं।
जस्टिन बीबर के काफ़िले को ले जाने के लिए 10 लग्ज़री कारें, 2 वॉल्वो बसें बुक की जाएंगी।
कारों को सुरक्षा देने के लिए महाराष्ट्र सरकार की जेड प्लस सिक्योरिटी टीम साथ में होना चाहिए।
बीबर के अपने 8 सुरक्षा गार्ड भी उनकी सुरक्षा में साथ रहेंगे।
परफॉर्म करने के लिए होटल से स्टेडियम तक बीबर सड़क के रास्ते नहीं, बल्कि चॉपर (हेलिकॉप्टर) से जाएंगे।
बीबर जब सफर करेंगे तो 10 कंटेनर माल उनके साथ आएगा, जिसमें उनका सोफा सेट, प्ले-स्टेशन, वॉशिंग मशीन और टेबल-टेनिस की टेबल जैसे सामान शामिल होंगे।
शो के लिए टिकट के दाम 4000 से लेकर 75000 तक हैं और जस्टिन बीबर के लिए प्राइवेट जेट बुक की जा चुकी है। इसके अलावा जस्टिन बीबर के साथ कुछ और स्टार्स भी हिस्सा ले सकते
0 notes
Text
सुदूरपश्चिममा सरकारले दिएका एम्बुलेन्स सञ्चालनमा नआउँदै थन्किए
२४ पुस, डोटी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् ।
सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती ए��्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसकेको बताइएको छ ।
डोटी जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए ।
उनले मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएको जानकारी दिए । उनले भने, ‘नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु ।’
मन्त्रालयले दिएकोभन्दा विभिन्न सङ्घ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम ��िष्टले बताए । उनले भने, ‘एम्बुलेन्स पुरान��� छन्, रङ रोगनले मात्रै नयाँ भएको हो, त्यसैले चलाउनै डरलाग्छ ।’
मन्त्रालयले बाँडेका एम्बुलेन्स धामधम बिग्रिन थालेको चालक बताउँछन् । ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरुको दाबी छ ।
निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ ।
कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको दाबी चालकहरुको छ । एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीले गुनासो छ ।
मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गरे। उनले भने, ‘एम्बुलेन्समा ब्रेकको समस्या भएको गुनासो आउने गरेको छ , हामीले मर्मतका लागि सिप्रदी ट्रेडर्समा पठाउने गरेका छौँ ।’
चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा इसिजी सेवामात्र रहेको पनि चालक बताउँछन् । मन्त्रालयले कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा १६ एम्बुलेन्स वितरण गरेको थियो ।
0 notes
Text
‘गेम चेन्जर’ करण केसीले दोस्रोपटक गरेको ‘चमत्कार’
२० असोज, काठमाडौं । केही वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् करण केसी । उनलाई फास्ट बलरको रुपमा टिममा राख्ने गरिएको छ । तर, उनको बलिङको स्तरमा अहिलेसम्म पनि प्रश्न उठ्ने गर्छ । हुन पनि धेरै म्याचहरुमा उनी खर्चिला र विकेटविहिन हुने गरेका छन् ।
बरु करणले आफ्नो ब्याटबाट नेपाललाई अहिलेसम्मकै महत्वपूर्ण जित दिलाएको गर्विलो क्षण छ । गत वर्ष १४ फेब्रुअरीमा भएको क्यानाडाविरुद्धको म्याचमा उनले नेपाललाई ‘चमत्कारिक’ जित दिलाएका थिए । आईसीसी वल्ड क्रिकेट लिग डिभिजनको २ को त्यही जितले नेपाललाई एक दिवसीय स्टाटस दिलाउने ढोका खोलेको थियो ।
एकपटक त्यो म्याचलाई सम्झौं जसलाई क्रिकइन्फोले गत वर्षकै उत्कृष्ट व्यक्तिगत प्रदर्शनहरुको सुचीमा राखेको थियो ।
क्यानाडाले पहिलो ब्याटिङ गर्दै नेपाललाई एक सय ९५ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपाल चाँडै धराशायी बन्यो । एक सय २४ रनमा ९ विकेट गुमाउँदा नेपालको हार केवल औपचारिकता मात्रै बाँकी रहेको जस्तो देखिन्थ्यो । तर, करणले म्याचलाई अविश्वसनीय ढंगले नेपालको पक्षमा मोडे ।
४८ बलमा ५१ रन ल्याउने पर्ने तर, हातमा एक मात्र विकेट । नेपालले आशा मारिसकेको अवस्थामा करणको ब्याटिङ जाग्यो । उनलाई अर्को छेउमा सन्दिप लामिछानेले साथ दिए । दशौं विकेटका लागि यो जोडीले ५१ रनको साझेदारी गर्दा सन्दिपको खातामा ५ रन मात्र थियो । बाँकी सबै रन करणले बटुलेका थिए । उनले चार छक्का र तीन चौकासहित ३१ बलमा ४२ रन बनाए । अन्तिम दुई बलमा ८ रन चाहिँदा उनले छक्का र दुई रन हानेका थिए ।
यो म्याच नेपालको लागि अति महत्वपूर्ण किन थियो भने हारेको भए नेपालले ओडिआई स्टाटस पाउने ढोका बन्द हुने थियो । साथै डिभिजन ३ मा झर्नुपर्ने हुन्थ्यो । यही जितले नेपाललाई डिभिजन १ मा बढुवा गर्यो र वर्ल्ड कप क्वालिफायरमा पुर्यायो ।
आजको म्याचको कुरा गर्दा त्यो कठिन स्थिति त होइन । तर, पनि निकै चुनौतिपूर्ण अवस्थामा नेपाल थियो ।
यो पनि पढ्नुहोस करणको नायकत्वमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जित
पारस खड्का जस्ता आक्रामक ब्याट्सम्यानलाई पनि बलरहरुले खुलेर खेल्न दिएका थिएनन् । अन्यथा पारस टि–२० मा यति यति सुस्त ब्याटिङ गर्ने ब्याट्सम्यान होइनन् । उनले ४१ बल खेल्दा ३३ रन मात्र बनाए । यसैबाट थाहा हुन्छ कि बलिङ कुन स्तरको थियो । विनोद भण्डारीले २४ बलमा २६ रन बनाउनु बाहेक अरु ब्याट्सम���यान चल्न सकेका थिएनन् ।
९३ रनमा पाँच विकेट गुमाएको स्थितिमा सोमपाल कामीभन्दा अगाडि करणलाई ब्याटिङ गर्न पठाइयो । ठूलो शट खेल्न सक्ने करणको क्षमताले गर्दा परिस्थितिको माग अनुसार उनलाई एक स्थान बढुवा गरिएको थियो र करणले त्यही अनुसार डेलिभरी दिए ।
एक सय ६ रनको स्थितिमा विनोद भण्डारीलाई गुमाएपछि नेपाल संकटमा परेको थियो । नेपाललाई १२ बलमा २८ रन चाहिएको अवस्थामा नेदरल्यान्ड्सको टिम खुशी मनाउने तयारीमा थिए । तर, करणको मगजमा अर्कै कुरा खेलिरहेको रहेछ । १८ औं ओभरको चौंथो बलमा ठूलो छक्का हान्दै उनले आफ्नो मनस्थितिको संकेत दिए । तर, पनि अन्तिम ओभरमा १७ रन चाहिँदा खेल अझै नेदरल्यान्ड्को पकडमा थियो । करणलाई अर्कोपट्टि सोमपालले साथ दिएका थिए ।
अन्तिम ओभरमा भाग्यवस करण नै स्ट्राइकमा आए । पहिलो बलमै उनले छक्का हानेर खेलमा प्राण भरे । दोस्रो बल डट खेलेका उनले तेस्रो र चौंथो बलमा क्रमशः चौका र छक्का हान्दै स्कोर बराबरीमा ल्याए । पाचौं बलमा एक रन लिएर नेपाललाई जित दिलाए ।
नेदरल्यान्ड्सजस्तो बलियो टिमविरुद्ध आजको जितले प्रतियोगितामा नेपालको मनोबल उच्च बनाएको छ । हिजोको हङकङविरुद्धको म्याचमा पनि नेपालले ५ विकेटको जित प्राप्त गरेको थियो ।
करणको चुनौति
करण मुलत एक बलर हुन् । माथि नै भनियो कि उनको बलिङ अझै पनि भर गर्न लायक छैन । उनी ब्याट्म्सम्यानले हात खोल्न सक्ने खुकुला बलहरु प्रशस्त फ्याक्ने गर्छन् । उनको बलमा खासै गति पनि छैन । तर, हिजो र आजको म्याचमा भने करणको बलिङ अर्कै स्तरमा देखिएको छ । दुवै म्याचमा गरी उनले ८ विकेट लिइसकेका छन् । यो फर्मलाई निरन्तरता दिनु करणको पहिलो चुनौति हो ।
अर्कोतर्फ करणबाट नेपालले ब्याटिङमा पनि आशा गर्न थालेको छ । खासगरी उनलाई नेपालले रन गति बढाउनुपर्ने अवस्थामा ‘हार्ड हिटर’ को रुपमा प्रयोग गर्न चाहन्छ । तर करण ब्याटिङमा पनि ‘कन्सिस्टेन्ट’ छैनन् । उनीसँग पावर छ, तर कौशलको कमि छ । उनले ब्याटिङलाई निखार्न अझै बढि मिहिनेत गर्नुपर्छ । खासगरी १–२ रन लिएर स्ट्राइक गर्ने सवालमा करण निकै कमजोर छन् । उनी प्राय ठूला सटहरुमै भर पर्छन् । यसरी खेल्दा आउट हुने सम्भावना प्रचुर हुन्छ ।
जे होस, करणले बडा दशैंको अघिल्लो दिन सम्पूर्ण नेपालीहरुलाई एउटा मिठो जित उपहार दिए । सन्दिप लामिछानेको ४ विकेटलाई बिर्सने हो भने आजको म्याच पूर्णरुपमा करण केसीको नाममा रह्यो । आगामी दिनहरुमा नेपालले करणलाई तल्लो क्रममा ब्याटिङ गर्ने राम्रो अलराउन्डरको रुपमा हेर्न चाहेको छ ।
0 notes
Text
टी-२० विश्वकप छनोट : कतारसँग नेपालको अप्रत्यासित हार
७ साउन, काठमाडौं । सिंगापुरमा आयोजना भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो प��िलो खेलमा नेपालले कमजोर आँकिएको कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्यो ।
प्रतियोगिताको मुख्य दावेदार मानिएको नेपाललाई पहिलो खेलमै झट्का लागेको हो । ६ जना बलर खेलाएको नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।
ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ धरासायी बन्यो । नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको सामान्य चुनौति पेश गर्यो ।
कप्तान र उपकप्तानले ५.६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारसले १७ बलमा २८ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन जोडे । उनीहरु आउट भएपछि दिपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा शून्य रनमा आउट भएका थिए ।
जवाफी ब्याटिङमा आएको कतारले सुरुमै एक विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले धैर्यतापूर्वक खेले । इनाम उल हकले ३२ बलमा ४२ रन बनाउँदै टिमलाई जिततर्फ अघि बढाएका थिए । उनी रन आउट भएपछि भने टिम केही दवावमा आएको थियो । एक समय २ विकेट क्षतिमा ६८ रन बनाएको कतारले ९९ रनमा ६ विकेट गुमायो । तर, त्यतिबेलासम्म नेपाललाई निकै ढिला भइसकेको थियो । मोहम्मद रिजवान र नोउवान सरवारले कतारलाई चार बल बाँकी छँदा जित दिलाए ।
नेपालका बलरहरुमा सन्दिप लामिछानेले ३ विकेट लिए पनि खर्चिला भए । उनले ४ ओभरमा ३३ रन दिए । बाँकी एक विकेट करण केसीको नाममा रह्यो ।
प्रतियोगितामा सहभागीहरुमध्ये नेपालमात्रै एक दिवसीय मान्यताप्राप्त राष्ट्र हो ।
0 notes
Text
दिल्लीको नाटकीय हारले सन्दीपको उत्कृष्ट बलिङ ओझेलमा
१९ चैत, काठमाडौं । क्रिकेट अनिश्चतताको खेल हो भन्ने गरिन्छ । तर, ���तिसम्मको अनिश्चिचता पनि सायद कल्पना गरिएको हुँदैन । आईपीएलको इतिहासमै एउटा नाटकीय हार व्यहोर्ने क्रममा दिल्ली क्यापिटल्सले फगत ६ रनका लागि पछिल्लो सात विकेट गुमायो ।
खेल चार ओभर बाँकी हुँदासम्म दिल्लीको जित औपचारिकता मात्र बाँकी रहेको देखिन्थ्यो । एउटा फ्ल्याट पीचमा २१ बलमा २३ रन चाहिने र हातमा ७ विकेट सुरक्षित । मैदानमा दुई अन्तर्राष्ट्रिय स्तरका ब्याट्सम्यान । तैपनि, दिल्लीले १४ रनको पराजय सम्भव तुल्यायो ।
अन्तिम चार ओभरमा मोहम्मद सामी र साम कुरानले खेल नाटकीय ढंगले दिल्लीको पक्षमा मोडिदिएका थिए । यस क्रममा ईंग्ल्यान्डका अलराउन्डर कुरानले ह्याट्रिक विकेटसमेत लिन सफल भए । अन्तिम विकेटका रुपमा सन्दीप लामिछानेलाई बोल्ड गरेसँगै उनको ह्याट्रिक पूरा भएको थियो र पञ्जाबले अविस्मरणीय जित दर्ता गर्यो ।
दिल्लीको हारले नेपाली स्पिनर सन्दीप लामिछानेले गरेको उत्कृष्ट बलिङलाई ओझेलमा पारिदिएको छ । बलरलाई कुनै सहयोग नरहेको फ्ल्याट पिचमा पनि सन्दीपले कसिलो बलिङ गर्दै महत्त्वपूर्ण समयमा दुई ठूला विकेट हात पारेका थिए । उनी दोस्रो म्याचमा पनि दिल्लीका सर्वाधिक कम खर्चिला बलर सावित भए । ४ ओभरमा बलिङ गरेका सन्दीपले २७ रन खर्चिएका थिए । यदि दिल्लीले जितेको भए उनी म्यान अफ द म्याचको हकदार बन्न सक्थे ।
चण्डीगढको रंगशालामा पहिलो इनिङको औसत टोटल नै एक सय ८३ रन हो । अर्थात् यहाँको पिच ब्याट्सम्यानलाई स्वर्ग नै मानिन्छ । यस्तो पिचमा सामान्यतया टस जित्नेले ��्याटिङ रोज्छन् । तर, दिल्लीका कप्तान श्रीयस अयरले बलिङ रोजे । उनले सायद आफ्ना बलरहरुमाथि भरोसा गरेका थिए ।
कप्तानको निर्णयलाई सही सावित गर्दै दिल्लीका बलरहरुले राम्रो सुरुवात गरे । क्रिस मोरिसले केएल राहुललाई १५ रनमा र सन्दीपले साम कुरानलाई २० रनमा आउट गरे भने मयंक अग्रवाल रनआउट भए । ५८ रनमा ३ विकेट गुमाएपछि दबावमा आएको पञ्जाबलाई सरफराज खान र डेभिड मिलरले सम्हाले । उनीहरुको आक्रामक साझेदारीले पञ्जावलाई ठूलो स्कोरतर्फ डोर्याउने खतरा देखिएको थियो, तर सन्दीपले सरफराजलाई क्याच आउट गराएपछि पञ्जाब फेरि ब्याक फुटमा आयो । जसोतसो पञ्जाबले एक सय ६६ रनको स्कोर खडा गर्यो । दिल्लीका लागि मोरिसले तीन, सन्दीपले २ र कंगिसो रवाडाले २ विकेट लिएका थिए ।
फर्ममा रहेका दिल्लीका ब्याट्सम्यानहरुका लागि एक सय ६७ रनको लक्ष्य सामान्य ठानिएको थियो । तर, अन्तिम क्षणमा कथाले अर्कै मोड लियो । दिल्लीका रिसभ पन्त लगातार दोस्रो छक्का हान्न खोज्दा २९ रनको स्कोरमा आउट भएपछि विकेट पतनको श्रृंखला सुरु भयो । उनीलगत्तै कोलिन इन्ग्राम पनि ३८ रन बनाएर बाटो लागे । त्यसपछि क्रमशः क्रिस मोरिस ०, हनुमान बिहारी २, हर्षल पटेल ०, कंगिसो रबाडा ०, अभेष खान ४ र सन्दिप लामिछाने ० रनमा आउट भए । दिल्लीले १४ रनको अप्रत्याशित हार व्यहोर्यो ।
हिजोको खेलको नतिजालाई लिएर भारतीय क्रिकेट फ्यानहरुले सामाजिक सञ्जालमा थरीथरी बहस गरिरहेका छन् । दिल्लीका फ्यानहरुले म्याच फिक्सिङको आशंका समेत गरेका छन् ।
‘यो इन्डियन प्रिमियर लिग होइन, इन्डियन फिक्सिङ लिग हो,’ ओमार शाहले लेखेका छन्, ‘अन्यथा १७ बलमा ७ विकेट असम्भव हुन्छ,’ हामद आजमले लेखेका छन् ।
यसैगरी प्रशान्त सुक्लाले लेखेका छन्, ‘आईपीएल दर्शकका लागि होइन, बुकीहरुका लागि हो । यहाँ हरेक म्याचको नतिजा पहिल्यै निर्धारित हुन्छ । दर्शकहरु उल्लु बनिरहेका छन् ।’
विजय सरावगी लेख्छन्, ‘आईपीएललाई विश्वकै रोमाञ्चक लिग प्रमाणित गर्नका लागि यस्तो असम्भव स्क्रिप्ट लेखिन्छ ।’
0 notes