Don't wanna be here? Send us removal request.
Text
प्रधानमन्त्री ओली दोहामा
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा जानेक्रममा यहाँ आइपुगेका छन् ।
यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छिन् ।
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई नेपालका लागि कतारका राजदूत डा नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वाग��� गरे ।
करीब दुई घण्टाको विश्रामपछि प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डल बाकुका लागि नेपाली समयअनुसार रातिको ८ बजे प्रस्थान गर्नेछ । दोहाबाट बाकुको उडान समय २ घण्टा ५० मिनेट रहेको छ ।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post प्रधानमन्त्री ओली दोहामा appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76163/
0 notes
Text
अपराधिकरण र भ्रष्टिकरणलाई राजनीतिक आवरणले सुरक्षा दिन सकिँदैनः प्रवक्ता बाँस्कोटा (भिडियो सहित)
सरकारले नेपालका विकास निर्माण र दौत्य सम्बन्ध प्रगाढ बनाउन चीनको सकारात्मक प्रभाव रहेको जनाएको छ ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपालले विभिन्न देशसँगको सम्बन्ध थप बलियो बनाइरहेकोले चीन, भारत, अमेरिकासहित सबै मित्रराष्ट्रसँग सकारात्मक प्रभाव बढ्ने बताए।
चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले विश्वमा नेपालको प्रभाव पनि बढेको भन्दै मन्त्री बाँस्कोटाले नेपालको सम्बन्ध फैलिँदै गएको बताए । फरक प्रसंगमा मन्त्री बाँस्कोटाले विप्लव समूहले वार्ताका लागि सारेका शर्तको कुनै अर्थ नरहेकाले र बिनाशर्त हिंसा छाड्नुपर्ने बताए। उनले अब जाँतो घुमाएको जस्तो कुरा नघुमाउन र संवि��ानको दायराभित्र रहेर राजनीति गर्न पनि विप्लव समूहलाई आग्रह गरे।
विप्लव समूहका सबै क्रियाकलाप राष्ट्रघाती भएकाले चन्दा उठाउन, अपहरण गर्न र मान्छे मार्न पाउनुपर्छ भन्ने माग पूरा गर्न सरकारले कल्पना पनि गर्न नसक्ने उनले बताए ।
यस्तै कलाकारिता सभ्य बन्नुपर्छ भन्ने मान्यतामा सरकार रहेकाले उच्छृङखल खालका गीतसंगीतलाई छाडा छाड्न नसकिने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक मूल्य मान्यताभित्र रहेर सबैले आफ्नो पेशा सञ्चालन गर्नुपर्ने बताए ।
प्रवक्ता बास्कोटाले सरकारले कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिएको र सहसचिव राममृष्ण सुवेदीलाई सचिवमा बढुवा गरिएको जानकारी दिए । बैठकले सेनाका लेखा उपरथी श्री भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी श्री आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ । काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ भने सुचना महामार्ग निर्माण सम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको प्रवक्ता बास्कोटाले जानकारी दिए ।
मन्त्रीपरिषद्ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ भने डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको प्रवक्ता बास्काटोले बताए । बैठकले गैर करका दरहरू पुनरावलोकन स्वीकृत गरेको छ ।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post अपराधिकरण र भ्रष्टिकरणलाई राजनीतिक आवरणले सुरक्षा दिन सकिँदैनः प्रवक्ता बाँस्कोटा (भिडियो सहित) appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76158/
0 notes
Text
राप्रपाका पूर्व नेतासहित दर्जनौं डोल्पाली कांग्रेसमा प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का पूर्व सह–महामन्त्री, कर्णाली प्रदेश पूर्व प्रमुख एवं केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित डोल्पास्थित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरु कांग्रेसमा विनासर्त प्रवेश गरेका छन्।
राप्रपाका पूर्व नेता बुढाले आफूमात्र नभई डोल्पा जिल्लाका आफ्ना चार दर्जन सहयोगीसँगै लिएर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभा��ति शेरबहादुर देउवाबाट पार्टी प्रवेशसँगै सदस्यता समेत लिए।
यसरी पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, डोल्पाका पदाधिकारी र सदस्यहरु क्रमशः उपाध्यक्ष श्यामबहादुर रोकाया, जिल्ला कार्यसमितिका सदस्यहरु— नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्री, राजु हिराचन झाक्री, अम्लेश बुढा, अमिर रोका, टोटाङ रोकाय, मानबहादुर बुढा, सोमराज मल्ल, रन्जना शाही, सन्दर झाक्री, गुरु छोयसाङ बुढा, कार्मा बुढा, वसु झाक्री, लक्ष्मी रोका, रत्न राना, धनिराम मल्ल, नन्दकुमारी मल्ल, रेशम मल्ल, विश्वनाथ राना मगर, प्रद्युम्न शाही, धृष्टधुम्न शाही, यशु शाही, विद्या शाही, सुनिता बोहरा, दिलचन्द्र शाही, आरधना शाही, हिक्मत कुमार बोहरा, अभिमन्यु बोहरा, रमेश शाही, जितेन्द्र शाही, इन्द्रबहादुर शाही, मलि बुढा, जुना बुढा, विवेक शाही, मिना रोका सहित जम्मा ४९ जना रहेको कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी पूर्व नेकपा (माओवादी) केन्द्रीय राष्ट्रिय महाधिवेशन आयोजन समितिका सदस्यहरु एवं हाल नेपाल कम्युनिष्ट पार्टीका कर्णबहादुर शाही र लोकबहादुर चलाउने पनि विना शर्त नेपाली कांग्रेसमा प्रवेश गरेको विज्ञप्तिमा बताइएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार एक कार्यक्रमबीच कांग्रेस सभापति देउवाले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरी खादा लगाइदिएर स्वागत गरे।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post राप्रपाका पूर्व नेतासहित दर्जनौं डोल्पाली कांग्रेसमा प्रवेश appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76153/
0 notes
Text
वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई
चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै चितवनले रु सात लाख पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु तीन लाख हात पार्यो ।
चितवनले दिएको ११३ रनको ��ामान्य लक्ष्य पछ्याएको काठमाडौँ २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रनमा समेटियो । काठमाडौँका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् भने ममता थापा र ईश्वरी विष्टले १३÷१३ रन जोडिन् । काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा सुमन खतिवडा र ऋतु कनोजियाले समान ३/३ विकेट लिए भने रेखा रावलले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् भने कप्तान इन्दु बर्माले २२, काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् ।
काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले १/१ विकेट लिइन् । लिगमा चितवन अपराजित रहँदै च्याम्पियन बनेको हो । क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा पाँच शहरका पाँच टोलीको सहभागिता रहेको थियो ।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76154/
0 notes
Text
उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो ।
मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ । राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहितालले समेटेको छ ।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76145/
0 notes
Text
घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु
तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए ।
उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ । उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशँै तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । दशै तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिए।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76147/
0 notes
Text
आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताएका छन् ।
आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन्।
जनताको सहयोग, विश्वास जितेर सरकार अघि बढेमा आफ्नै ��्रयासले विकास हुने मुख्यमन्त्री गुरुङको भनाइ थियो । उनले गण्डकी प्रदेशमा मात्रै करीब ५० प्रतिशत बिजुली उत्पादन गरी जलविद्युत्को विकास गर्न सकिने बताउँदै गण्डकी प्रदेश धेरै कुरामा अगाडि रहेको चर्चा गरे ।
सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका इन्चार्ज तथा प्रदेशसभा सदस्य मायनाथ अधिकारीले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक प्रचार भइरहेकाले जनतालाई निराश बनाएकाले यस्ता भ्रमलाई हटाएर अघि बढ्दै समाज परिर्वतन गर्नका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने विचार राखे ।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76149/
0 notes
Text
सामाजिक सुरक्षा कोषको समयावधि एक महिना थप
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ ।श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी कोषमा सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप गर्ने जानकारी दिएको हो ।
ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो । सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्नगई लामो सार्वजनिक विदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गर्न लागिएको मन्त्रायले जनाएको छ ।
हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको कोषले जानकारी दिएको छ । उक्त सुचिकृत रोजगारदाताबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।
गत वर्ष साउन १ गतेदेखि औपचारिक रुपमा सञ्चालन गरेको कोषले अहिलेसम्म ३ पटक रोजगारदाता कम्पनी र श्रमिकलाई सूचीकरणका लागि आह्वान गरिसकेको छ । पत्रकार सम्मेनलमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सामाजिक सुरक्षा कोष अन्यदेशमा यसअघि नै लागू भइसकेको भन्दै नेपालमा पनि अनिवार्य गरिएको बताए । उनले तोकिएको समयभित्र पनि कोषमा आवद्ध नभए कारवाही हुने चेतावनी पनि दिए ।
कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । कोषले योगदानकर्तालाई शै��्षिक र घर कर्जा पनि व्यवस्था गरेको छ
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post सामाजिक सुरक्षा कोषको समयावधि एक महिना थप appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76142/
0 notes
Text
राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान
राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ ।
यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्��नय र दियालो साहित्यिक पत्रिकारलाई प्रदान गरियो । ती पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ । नेपाली साहित्यिक सम्मेलन दार्जलिङको मुखपत्रका रुपमा त्रैमासिकरुपमा दियालो प्रकाशन हुँदै आएको छ । यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जलिङका अध्यक्ष डा चन्द्रकुमार राई छन् ।
यसैगरी उन्नयनका प्रधानसम्पादकमा अच्युतरमण अधिकारी छन्। कार्यक्रममा ती पत्रिकाका सम्पादक डा राई र अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए । सो अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गरे । उनले भने, “मैले जीवनमा जे कर्म गरेँ, अहिले मलाई समाजले त्यहीरुपमा पुरस्कृत गरिराखेको छ । कर्म गर्न छाड्न हुँदैन ।”
राष्ट्रकवि घिमिरेले सरकारले आफू बिरामी पर्दा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइ दिएकोमा धन्यवाद दिए । शताब्दी पुरुष सत्यमोहन जोशीले ती व्यक्तित्वलाई पुरस्कार अर्पण गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गरे । नेपाली भाषा र संस्कृतिको क्षेत्रमा धेरै अन्वेषण बाँकी रहेको उनले बताए । प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गरे।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76139/
0 notes
Text
महराको वयान र अनुसन्धान नसकिएपछि हिरासतको बास अझै लम्बियो
बलात्कार प्रयासको आरोप लागेक�� पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसद कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप सात दिनको म्याद दिएको छ।
बिहिबार काठमाडौं जिल्ला अदालतले प्रहरीले उक्त विषयमा अनुसन्धान नसकिएको भन्दै म्याद थपको माग गरे अनुसार सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसअघि प्रहरीले महरामाथि लागेको मुद्दामा पर्याप्त अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौमा उपस्थीत गराइएको थियो।
गत आइतबार काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर, त्यसयताको समयमा पनि स्वास्थ्य समस्या देखाउँदै महराले प्रहरी समक्ष वयान दिन इन्कार गरेपछि उक्त विषयमा अदालतको म्याद थप प्रक्रियाले निरन्तरता पाएको हो।
संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीमाथि असोज १२ गते जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महरालाई बालुवाटारस्थित सरकारी निवासबाट १९ असोजमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
शाहीले असोज १६ गते महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पुगेर महराबिरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
तर, उनले पछि पटक पटक आफ्नो वयान फेर्दै कहिले महराले आफूमाथि बलात्कार गरी हातपात गरेको भन्ने त कहिले उनी आफ्नो बुबा जस्तो भएकोले आफूलाई केही नगरेको भन्ने विवादस्पद अभिव्यक्ति दिएर उक्त मुद्दालाई झन रहस्यमय र थप विवादित बनाउँदै आएकी छिन्।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post महराको वयान र अनुसन्धान नसकिएपछि हिरासतको बास अझै लम्बियो appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76116/
0 notes
Text
बारा र पर्सामा आएको ‘घुम्रपात’ले ४४ किमि दूरी तय गरेको थियो
गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विनाशकारी हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको ‘इएएफ ३ समूह’ रहेको अनुमान गरिएको छ ।
नेपालमा यसअघि त्यस्तो विनाशकारी हावाहुरी आएको ��ुनै अभिलेख नभएकाले त्यससम्बन्धी प्रतिवेदन तयार गर्न विभागका महानिर्देशक सरजु वैद्यको अध्यक्षतामा विभिन्न संस्थाका विज्ञ प्रतिनिधिसहितको आठ सदस्यीय समिति गठन गरिएको थियो । समितिले नै उक्त टोर्नेडोको नेपाली नामकरण ‘घुम्रपात’ राख्न उपयुक्त हुने निर्णय गरेको थियो ।
समितिले विभिन्न भू–उपग्रहका तस्वीर अध्ययन गर्दा सो ‘घुम्रपात’ २०० देखि ७५० मिटर चौडा रही पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको देखिन्छ । समितिले स्थानीय तथा प्रत्यक्षदर्शीसँगको अन्तक्र्रिया र छलफल, फोटो तथा भिडियो, भू–उपग्रहबाट लिइएका तस्वीरको विश्लेषणका साथै भौगोलिक सूचना प्रणाली तथा तथ्याङ्कीय विश्लेषण सफ्टवेयरका आधारमा उक्त ‘घुम्रपात’को पहिचान गरेको महानिर्देशक वैद्यले जानकारी दिए ।
समितिले मौसमी अध्ययनअन्तर्गत त्यस समयको सतही तथा माथिल्लो वायुमण्डलको मौसमी नक्सा, भू–उपग्रहबाट लिइएका तस्वीर, चट्याङ सञ्जालबाट प्राप्त तथ्याङ्क, मौसम अवलोकन केन्द्रमा रेकर्ड गरिएको वायुको चाप र हावाको गतिको अवस्थाका साथै रेडियोसोण्ड डाटामा आधारित रहेर विश्लेषण गरिएको उनले बताए ।
महानिर्देशक वैद्यले भने, “घुम्रपातले पर्सामा भन्दा अघि चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा समेत क्षति पु¥याएको देखिन्छ । यद्यपि त्यसको स्थलगत यकिन विवरण प्राप्त भएको छैन ।” तथापि भू–उपग्रहको तस्वीरले निकुञ्जभित्र ‘घुम्रपात’ले जम्मा नौ किमिको दूरी तय गरेको प्रतिवेदनमा उल्लेख छ । ‘घुम्रपात’ले पर्साको जग्गनाथपुरदेखि बाराको बैरियासम्मको मानव बस्ती क्षेत्रमा तय गरेको दूरी र समयको अध्ययन गर्दा भने ‘घुम्रपात’ले ३४ किमि प्रतिघण्टाको गतिले यात्रा गरेको आँकलन गरिएको छ ।
क्षति न्यूनीकरणका लागि सुझाव
प्रतिवेदनमा ‘घुम्रपात’ जस्ता अतिजन्य मौसमको कारणले हुने धनजनको क्षतिन्यूनीकरण गर्न आवश्यक उपकरण र स्रोतसहितको पूर्वसूचना प्रणाली विभागमा स्थापना गर्न र यस्ता अतिजन्य मौसम प्रणालीको थप अध्ययन र अनुसन्धान गर्न सुझाव दिइएको छ ।
साथै प्रतिवेदनमा घुम्रपातको प्रारम्भिक अध्ययनमात्र गरिएको हुनाले यो ‘घुम्रपात’को मौसमी अवस्थाको विभिन्न दृष्टिकोणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘घुम्रपात’ तथा अतिजन्य मौसमसम्बन्धी विज्ञको सहकार्यमा विस्तृत अनुसन्धान गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
यस्ता मौसमी घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न विभागलगायत सम्बन्धित केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारी निकाय तथा स्थानीय जनसमुदायले अपनाउनुपर्ने पूर्वतयारी पद्धतिको विकास गरी लागू गर्न सुझाव दिइएको छ । टोर्नाडोमा परी बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति ��ु¥याएको थियो । –––
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post बारा र पर्सामा आएको ‘घुम्रपात’ले ४४ किमि दूरी तय गरेको थियो appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76130/
0 notes
Text
उपप्रधानमन्त्री पोखरेललाई जिम्मेवारी
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गर्ने गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मेवारी दिएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गरेकाले उनलाई सो जिम्मेवारी दिइएको हो ।
नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले जिम्मेवारी दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। –––
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post उपप्रधानमन्त्री पोखरेललाई जिम्मेवारी appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76128/
0 notes
Text
विमान दुर्घटनामा पाँचको मृत्यु
मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले पत्रकारला�� जानकारी दिएका छन् ।
उक्त विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ ।
सो विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि सो पत्रिकाले जानकारी दिएको छ ।(रासस÷सिन्ह्वा)
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post विमान दुर्घटनामा पाँचको मृत्यु appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76124/
0 notes
Text
“ट्रक भित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ”
बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ ।
बेलायती सञ्चार मध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टी भएको हो ।
पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन् । उनीहरु बेल्जियमबाट डुङ्गामा यहाँ आएको बताइएको छ ।
आप्रवासन कार्यालयमा कार्यरत प्रहरीले उनीहरुको पहिचान गर्नु नै आफूहरुको प्रारम्भिक काम भएको बताएका छन् ।
मृतकमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाई छ । घटनाका बारेमा प्रहरी र चिनियाँ दूतावासले केही प्रतिक्रिया दिएका छैनन् ।
यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए । (रासस÷एएफपी)
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post “ट्रक भित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ” appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76118/
0 notes
Text
लिफ्टले थिचेर मजदूरको मृत्यु
लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ ।
दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आउनुभएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो । बिहान ८.३० बजे सो दुर्घटनाबाट सख्त घाइते भएका मगरलाई दमकस्थित लाइफलाइन अस्पतालमा पु-याएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घाइतेको प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयकुमार पण्डितले बताए ।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post लिफ्टले थिचेर मजदूरको मृत्यु appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76113/
0 notes
Text
तिहारमा २५ लाख मालाको माग
यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ ।
बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।
यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ । अघिल्ला वर्षको तुलनामा यस वर्ष ठिक समयमा तिहार परेको छ । जसका कारण स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुन् ।
यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले केही माला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको हो ।
तिहारमा मात्रै रु १५ करोड फूलको कारोवार हुने गरेको छ । “यसपटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको छ”, श्रेष्ठले भने, “अहिले स्वदेशमै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले सात प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।
६० प्रतिशत माला खपत
काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी वार्षिक रु दुई अर्ब ४२ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।
तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्ट्रेलिया र मलेशियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ��१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यवसायिक खेती गर्दै आएका छन् ।
नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्यगरी काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post तिहारमा २५ लाख मालाको माग appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76104/
0 notes
Text
प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा तथा नेकपाका महासचिव विष्णु पौडेलले बिदाइ गरेका थिए ।
सो अवसरमा मन्त्रीहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
यही कात्तिक ८ र ९ गते हुन गइरहेको उक्त सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन् ।
असंलग्न आन्दोलनको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
.fb_iframe_widget_fluid_desktop iframe { width: 100% !important; }
The post प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान appeared first on हिमाल दैनिक.
from WordPress https://himaldainik.com/2019/10/24/76107/
0 notes