#जडल
Explore tagged Tumblr posts
Photo
यो जोडीले गर्दैन कुनै काम, तर फोटो अपलोड गरेकै भरमा कमाउँछन् लाखौँ कुनैपनि जागिर र इलम नगरिकन बसीबसी लाखौँ धन कमाउन सकिन्छ ? यो त केवल अल्छीले कल्पना गर्ने कुरामात्र भयो भन्ने लाग्नसक्छ । तर होइन, तालुमा आलु फलेपछि दुनियामा यस्तो
0 notes
Photo
तराईका जिल्लामा शितलहर सुरु, कठ्याङ्ग्रिने जाडोले जनजीवन प्रभावित धनगढी, २४ मङ्सिर- केही दिन देखिको हुस्सु तथा कुहिरोसंगै चलेको शीतलहर र कठ्याङ्ग्रिने जाडोले कैलालीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । दिनहुँ घाम नदेखिने गरी लाग्ने हुस्सु र शीतलहरका कारण बढेको जाडोले वृद्धवृद्धा, विद्यालयका छात्रछात्रा र मुक्तकमैया प्रभावित भएका छन् । जाडो बढेकाले न्यानोका लागि आगो ताप्न दाउरा अभावको समस्या सर्वसाधारणले झेलिरहेका छन् । शीतलहर अझै केही दिन यथावत् रहेमा गोलभेँडा, आलु तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको सङ्क्रमण देखिने कृषि प्राविधिकले बताएका छन् । यहाँ चार दिन अघिसम्म न्यून��म तापक्रम १५ डिग्री सेल्सियस आसपास रहेकामा न्यूनतम् तापक्रम बढ्दै जाँदा हिजोआज ८ डिग्री सेल्सियसको आसपास पुगेको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय प्रमुख राममणि मिश्रले बताउनु भयो । निरन्तर लाग्ने हुस्सुका कारण आकासबाट देखिने अवस्था कम भएकाले हवाई उडान समेत प्रभावित हुने गरेको विमानस्थल कार्यालयका प्रमुख छविसिं ठकुल्लाले जानकारी दिनुभयो।
0 notes