#रमरम
Explore tagged Tumblr posts
Text
गौरी र काली
भूषिता वशिष्ठ
मलाई तराईको गर्मी साह्रै मन पथ्र्याे । हजुरआमा भन्नुहुन्थ्यो, ‘घाममा नहिँड्, डढेर मजस्तै विरूप हुन्छेस् ।’
हजुरआमाका धेरै कुराहरू मेलै मानिनँ, सीताराम मामासँग टन्टलापुर घाममा मीठा पानको रमरम मत्याइँमा बजार डुल्नुको मज्जा नै अर्को थियो । कलिला धानको बीउको हरियो, बडहरको केशरी रङ, मालती फूलको फुस्रो गुलाफी, केतकी फूलको शुभ्र सेतो, जामुनको गाढा बैजनी रङ, तराईको ग्रीष्म वसन्तभन्दा रंगीन हुन्छ । अटेर गर्दै म दिनभर गाउँतिर बरालिन्थें । बेलुकी घर आइपुग्दा मेरो छाला पोटिलो लालगेडीझैं हुन्थ्यो । आमा मुख बिगार्नुहुन्थ्यो, मेरो अटेरी स्वभाव सगर्व आफ्नो विजयमा फुल्थ्यो ।
हजुरआमा म सात वर्ष पुग्दा नपुग्दै बित्नुभयो । झरी परेको रात थियो, चटयाङ परेझैं हजुरआमा बितेको समाचार रातको नीरवतालाई चिर्दै खस्यो । चटयाङले प्रकाशित पारेको रातझैं, हजुरआमाको सम्झनाले निमेषभरलाई मन उज्यालो भयो । तर, त्यसपछिको अँध्यारोमा बिलाउनुभएकी हजुरआमा फेरि धेरै वर्षसम्म मेरो स्मृतिपटमा उदाउनुभएन ।
धेरै वर्षपछि अस्तिको साल म फेरि मामाघर गएँ । बाटा वरिपरिका लालगेडी र धतुरे फूलका बुटा हराएछन्, सडक चौडा भएछ । बच्चा बेलामा भीमकाय लाग्ने बडहर र जामुनका रूख होचा लागे । तर, नबद्लिएको रहेछ सीताराम मामाको लालगेडी वर्णको छाला । म्ोरो आफ्नै छाला भने पाकेको गहुँजस्तो गोरो भएको थियो । आमाका धेरै कुरा नमाने पनि ठूली हुँदै जाँदा मेलै मानिछु, कालो हुनु भनेको विरूप हुनु हो । हाम्रो भाषाले पनि सायद यो धारणालाई पृष्ठपोषण गर्यो होला । कसैलाई गिराउनुपर्यो भने भनिन्थ्यो— त्यसको मन कालो छ । बिस्तारै–बिस्तारै मलाई घामसँग डर लाग्न थाल्यो । किशोरवयमा सुन्दर हुने चाह सबैलाई हुन्छ तर, हाम्रो परिवेशमा सुन्दरता अंग्रेजीमा ‘��्किनडिप’ भनिएझैं वास्तवमै छालाको सतहसम्म मात्रै सीमित थियो । यो भ्रान्त धारणाका कारण दिनभरि जनलाई कजाएर सेतो भएको छालामा लेखिएका श्रम शोषणका कथा म पढ्न सक्तिनथें । न म बुझ्थें सुन्दरताका नाममा रचिइएको महिलाहरूको नजरबन्द जीवन । दिउँसो हामी घामका डरले घर छोड्दैनथ्यांै, कालो राज्य हाम्रा लागि सुरक्षित थिएन ।
असोजमा दसैंको मेला लाग्थ्यो । बजारबीच ठूलो पालमुनि लामबद्ध देवीका मूर्तिहरू राखिएका हुन्थे । बन्दाका दिनमा काला माटाका ती मूर्तिहरू हाम्रोजस्तै वर्णका हुन्थे । बनिसक्दा तिनका छाला चुनमाटे सेता हुन्थे । तर त्यो लाममा पनि एउटा दुब्लो, कालो मूर्ति हुन्थ्यो, जसको रातो जिब्रो झन्डै छातीसम्म लर्किएको हुन्थ्यो । त्यो मूर्ति मलाई विरूप लाग्थ्यो, मेरी हजुरआमाजस्तै । पोहोर साल मेलामा त्यही कालीको मूर्तिले हजुरआमाको यादलाई बौरायो । म आमाभन्दा धेरै गोरी थिएँ तर ममा पनि किटेर आफूलाई सुन्दर छु भन्ने आँट थिएन । बिस्तारै मैले बुझ्दै जाँदै थिएँ, स्त्री सौन्दर्यको मापदण्ड मृगमरीचिका हो, जति नजिक आए पनि कहिल्यै नभेटाइने क्षितिजजस्तो । हाम्रा शास्त्रहरूमा सुन्दर स्त्रीहरूको वर्णन गर्दा हरिणका जस्ता बाटुला आँखा, बारुलाको जस्तो छिनेको कम्मर तर भारी नितम्ब भएकी, सुकोमल हात–गोडा तर बेलजस्तो कठोर स्तन भएकी, मीतभाषी अर्थात् कम बोल्ने, गजगामिनी, सुवर्ण कमलजस्तो पीत वर्ण भएकी, एक योजनसम्म नीलकमलको जस्तो सुगन्ध आउने स्त्रीलाई जनाइन्छ ।
अल्जेरियन दार्शनिक डेरिडाले शक्तिको संरचना बुझ्नलाई कुनै पनि सामाजिक वा राजनीतिक धारणा कसको दृष्टिकोणबाट निर्धारण गरिएको छ, त्यो बुझ्न जरुरी ठान्छन् । गोराहरूले लेखेको भाषामा फेयर अर्थात् सेतो भन्ने शब्दले सुन्दर पनि जनाउँछ र नैतिक पनि ।भाषा शासकहरूको सबैभन्दा ठूलो हतियार हो । जर्ज अरवेल ‘१९८४’ पुस्तकमा चरम अधिनायकवादको यस्तो समाज परिकल्पना गर्छन् जहाँ शब्दकोशबाट नकारका सबै शब्द हटाइएका हुन्छन् । त्यो समाजमा विद्रोहको कुनै गुञ्जायस रहँदैन किनभने जनताका चित्तमा विद्रोह गर्न सक्ने चेतना नै छैन । हाम्रो सामाजिक चेतनामा पनि सुन्दरताको धारणा पुरुषकीय दृष्टिकोणबाट स्थापित गरिएको छ । एक योजनसम्म सुगन्ध कसैको शरीरबाट आउँदैन, परन्तु यी भ्रान्त धारणका कारण हरेक स्त्रीलाई लाग्छ— ऊ अपूर्ण छे । धेरैलाई लाग्न सक्छ, आजको जमानामा ��सले यस्ता पौराणिक कुरा सुनेर बस्छ तर आधुनिक लोकसंस्कृतिले निरुपण गरेको सुन्दरताको धारण पनि उत्तिकै असामान्य छ । आधुनिक महिला आफ्नो शरीरको रौं, छालाको रङ, केशको प्रकार, आफ्नो कद सबै चीजसँग असन्तुष्ट छे । यही असन्तुष्टिको उपज हो— सौन्दर्य प्रशाधनको फस्टाउदो बजार । विश्व बजारमा कस्मेटिक बजार सबैभन्दा नाफामूलक बजार हो ।
यस वर्षकी कनिष्ठ नवधनाढय काइली जेनरलाई उनको सफलताको राज सोध्दा उनले जवाफ दिएकी थिइन्— म बजारमा पाइने लिपस्टिकका रङहरूसँग असन्तुष्ट थिएँ, त्यही रङ खोज्दाखोज्दै आज यहाँ आइपुगें । हाम्रो आफ्नो शरीरसँग कत्रो असन्तुष्टि होला, जहाँ केवल लिपिस्टिक बेचेर मान्छे अर्बपति बन्छन् । हाम्रो ओठ हुनुपर्ने जति रातो छैन, हाम्रो छालामा उमेरका धर्सा छन्, दाग छन् जसलाई नलुकाई हामी सुन्दर हुँदैनौं, हाम्रा कम्मर बारुले छैनन् । संक्षिप्तमा हामीजस्ता छौं, त्यस्तै काफी छैनौं । कहाँबाट आयो यस्तो सौन्दर्यको यस्तो अप्राप्य मानक ? हामीले यदाकदा सुन्ने गरेका छौं, विद्या वालनले सिल्क स्मिथाको भूमिका निर्वाह गर्न आफ्नो वजन बढाएको वा आमीर खानले गजिनी सिनेमाका लागि वजन घटाएको । तर, स्त्रीहरूको त सारा जीवन नै कोही पटकथामा लेखिएको भूमिका निर्वाह गर्दै बित्छ । तर, कसले लेख्यो त्यो भूमिका ?
यो कुरालाई बुझ्न लरा मल्भीको मेल गेज अर्थात् पौरुषीय हेराइको अवधारणा बुझ्नु आवश्यक छ । उनका अनुसार सिनेमामा महिलाहरूलाई चित्रित गर्दा उनीहरू कुनै स्वायत्त व्यक्ति नभई, पुरुष पात्र तथा दर्शकहरूको कल्पना–पात्रको रूपमा प्रस्तुत गरिन्छ । उनीहरूको पहिरन, हँसाइ, बोलाइ, नचाई स्वाभाविक नभई पुरुषको कामनालाई उत्तेजित गर्ने वा तुष्ट पार्ने हेतुले निर्देशित गरिएको हुन्छ । तसर्थ सिनेमामा महिलालाई स्वाभाविक रूपमा नभई, पौरुषीय कामनाको दृष्टिकोणका आधारमा चित्रित गरिन्छ । यही धारणा हाम्रा शास्त्रीय साहित्यमा पनि पाइन्छ । महाभारतमा एक ठाउँमा द्रौपदी गहिरो शोकमा रहेको अवस्थाको वर्णन गर्दैगर्दा कसरी उनको आँसुका धारा बहेर उनका चिल्ला गालाबाट खस्दै उनका पुष्ट स्तनबीच हरायो भन्ने दृश्यलाई विशेष जोडका साथ देखाइएको छ । यो साहित्यका सर्जक पनि र ग्राहक पनि पुरुष हुन् । यही तथ्यलाई मनन गर्दै फ्रान्सेली लेखिका ऐलेन सिक्क्षु भन्छिन्— जबसम्म महिलाले आफ्नै लागि साहित्य लेख्दैनन्, आफ्नै भाषा र व्याकरण रच्दैनन्, पुरुषले पुरुषका लागि लेखेको साहित्यको अधीनमा रहेर महिला कदापि स्वायत्त हुन सक्तैनन् । जर्ज अरवेलको १९८४ मा जस्त��, यी साहित्यमा महिलाले सौन्दर्यको नाममा आफूमाथि लादिएको हीनग्रन्���िलाई बुझ्ने क्षमतालाई शून्य पारिएको हुन्छ ।
हीनताबाट पीडित महिलाको यो भीडमा निशाको प्रखर कालिमाले प्रदीप्त कालीको त्यो प्रतिमा देखेर मलाई अचम्म लाग्यो । त्यसपछि बिस्तारै म कालीको मिथप्रति आकर्षित हुँदै गएँ । हाम्रा ग्रन्थहरूमा गौरी र कालीलाई विपरार्थी विम्बको रूपमा देखाइन्छ । गौरी, जसको शाब्दिक अर्थ गोरी हुन्छ, एक गृहस्थ महिलाको प्रतीक हुन् । उनी शिवकी पत्नी हुन् । उनले आएर शिवको अस्तव्यस्त जिन्दगीलाई व्यवस्थित गराइदिइन् । हेर्नमा राम्री, घर सजाउनमा निपुण, लोग्नेको दीर्घ आयुका निम्ति उपासना गर्ने गौरी निसंकोच रूपमा गृहस्थ जीवनको पर्याय बनिन् । अर्कातर्फ, काली शिवकी प्रेयसी थिइन् । आफ्नो स्वतन्त्रता त्यागेर कसैको पत्नी बन्न उनलाई स्वीकार्य थिएन । अरण्यमा रमण गर्ने उनलाई, न सुन्दर बन्नमा रुचि थियो न शिवलाई रिझाउनमै । गौरीलाई जोतेको खेतसँग र कालीलाई निष्कण्टक वनसँग तुलना गरिन्छ । जोतेको खेत उब्जाउ हुन्छ, तर त्यो उब्जाउ खेत हमेसा अर्कैको अधीनमा हुन्छ । वनको कोही स्वामी हँुदैन, उनको सन्निकट कुनै सुरक्षा हँुदैन अपितु हरनिमेष भय र रोमाञ्चले भरिएको हुन्छ । स्वाभाविक रूपमा स्वछन्दताकी प्रतीक काली पितृसत्तात्मक समाजमा ओझेलमा पर्दै गइन् । यहाँसम्म कि काली भन्ने शब्द नै विरूप स्त्रीको प्रतीक बन्न गयो ।
वर्षौं फेयर एन्ड लवली लगाएर र कडा चियामा एक थोपा दूध मिसाएपछिको निरीह रङजस्तो छाला भएका गौरीहरूबीच उभिएर कालीको त्यो विकराल मूर्तिको दर्शन गर्दा पहिलोपटक मलाई गौरीको नौनीजस्तो छाला निस्तेज लाग्यो । हरितगृहमा उमारिएको बिरुवाजस्तो, जो हेर्दामा राम्रो भए पनि जीवनको धार थाम्नै नसक्ने गरी कोमल । हाम्रा शास्त्रहरूमा महिलालाई लतासँग तुलना गरिन्छ, जो बलिष्ठ रूखको साहराबिना अस्तित्वहीन हुन्छन् । तर, विडम्बना के छ भने जबजब असुरहरूका अघि शिवलगायत समस्त देवता परास्त हुन्छन्, तब काली आएर जगको उद्धार गर्छिन् । ऐरिक फ्रोम भन्छन्, ‘स्वाधीनता अनुभव नगरेकी माताले शिशुको पराधीनतामा ठूलो गौरव पाउँछिन् । अचेतन रूपमा बच्चा सधैं आफूमै आश्रित होस् भन्ने चाहन्छिन् । यसरी एक रुग्ण र पराश्रित समाज बन्छ जहाँ व्यक्ति कहिले बाबु, कहिले हाकिम, कहिले नेता, कहिले अभिनेताको निर्देशनबिना स्वर्निणय लिन सक्दैन । तसर्थ जति ��्वाधीन माता त्यति नै स्वस्थ समाज बन्छ ।’
मैले धेरै दिनसम्म आमालाई सम्झिराखें । आमालाई भन्न मन थियो, ‘घामले कालो बनाउँदैन आमा, घामले बडहरमा केशरी रङ भर्छ, जामुनमा कलेजी रङ, केतकीमा सेतो र मालतीमा गुलाफी । घामले जसको जे रङ छ, त्यही निखार्छ । घामले मेरो सौन्दर्य गलाउँदैन, अझ बढाउँछ । जिन्दगीसँग बचेर जोगाइने सौन्दर्य सौन्दर्य हैन, गुलामी हो ।’
तर, आमाले के मान्नुहुन्थ्यो र ? मेरा कुरा आमालाई सधैं बेतुकको लाग्थ्यो । हैन, म सायद भन्ने थिएँ, ‘मलाई काली धेरै मन पर्छ आमा । मलाई तपाईं धेरै राम्री लाग्छ ।’
प्रकाशित : आश्विन २७, २०७५ ०८:२७
https://www.kantipurdaily.com/koseli/2018/10/13/153939857593866237.html?fbclid=IwAR0L84LvU2dPVI0OF38q4WalzfyueGDcu5ztlvL7Sb2zgGAjT1zVGpsDeNY
5 notes
·
View notes
Text
कथा हो, कथा होइन !
एउटै विस्तरामा सुतेका छौं । वाइनले रमरम पारेको छ । निन्द्राले झुमझुम । कहिले निन्द्राको तन्द्रा त कहिले वाइनको । ऊ एकोहोरो बोलिरहेकी छे । ऊ आज पुरै रित्तिन चाहन्छे । रक्सीकै गिलासजसरी ।
तर, म न रक्सीको गिलास नै रित्याउन सक्छु, न त उसलाई नै खाली पार्न सक्छु । ऊ वर्षौंदेखि बोकेको भारी बिसाएर हल्का हुन खोज्दैछे । मलाई निन्द्रा र सोमरसले झ्याप–झ्याप पारिरहेछ । कस्तो विरोधाभास परिस्थिति छ ।
उसका कुरा सानोमा हजुरआमाले सुनाउने गरेका भुतका कथा जस्तै लाग्छन् । कथा सुन्दै गर्दा म अष्ट्रेलियामा छु भन्ने कुरा पनि बिर्सन्छु । म मेरै हजुरआमाको काखमा छु जस्तो पनि लागिरहेछ । भुतको कथा सुनेर डराउँदा हजुरआमाको खोकिलामा टाँसिएझैं टाँसिन मन लाग्छ । तर, उतिखेरै झस्कन्छु– मलाई त उसले सहारा पो मानिरहेकी छ त । म यसरी कमजोर हुन हुन्छ त ? बेलाबेलामा ऊभन्दा बलियो भएको प्रमाण दिइरहनुपर्छ मलाई ।
हो, ऊ आज पुरै पखालिन खोज्दैछे । उसले भनी उसको घरपरिवार कस्तो थियो भनेर । स्कुल पढ्दै गर्दा कसरी उसको लोग्ने उसको हात माग्न उसका बाबु आमासँग लम्पसार परेको थियो । पोखराको बजारका घर दुईवटा फूलजस्ता छोराछोरी आनन्दैसँग चलेको संसार । बत्तिको मधुरो प्रकाशमा उसको अनुआर अनायासै उज्यालियो । अनि लोग्नेमाथि पलाएको श्रीमती अष्ट्रेलिया पठाउने कुराले उसको जिन्दगी कसरी तहस–नहस पार्यो !
उसका कुरा एकनासको धूनजस्तो भएको छ । टीभी खोलेर झलुङ्गोमा सुताउन खोजेको बच्चा जस्तै । म सही थाप्छु ।
पेटमा तेस्रो बच्चा बसेको थियो । उसले छोराछोरीको उज्जल भविश्यको सपना बुन्यो । मलाई दिन दिनै अनुनय विनय गर्न थाल्यो । दिनदिनैको कचकचले म पनि हो क्यार जस्तो स्थितिमा पुगें । अनि दिदी, ��ैले त्यो पेटको बच्चा पनि फालें । बच्चा फालेर अस्पतालबाट घर आएर कति रोएँ । अहिले यति भोगिरहँदा त्यही बच्चाको पाप पो लागेको हो कि मलाई जस्तो लाग्छ । म आमा हुँ । किन त्यति लाचार बनें । ऊ सुँक्सुकाई ।
घर बैंकमा धितो राखेर अष्ट्रेलिया आउने विद्यार्थीसँग पेपर म्यारिज गरायो । कसरी सकेको होला नि है दिदी, आफ्नी श्रीमतीलाई अर्को मान्छेसँग विवाह गरिदिन । यतिमात्र कहाँ हो र ? आफूसँग सम्बन्ध विच्छेद पनि गर्यो नि ।
मेरो भिषा लाग्यो । ऊ खुशीले नाच्यो । म न त खुशी भएँ, न दुःखी । एकातिर छोराछोरी थिए अर्कोतर्फ बैंकमा घर राखी राखी ऋण लिएर गरेको काम सफल भएको थियो । साना केटाकेटी रुवाउँदै आफू पनि रुँदै म अष्ट्रेलिया आएँ !
सपनाको देश । सबै यसै भन्थे । न त भाषा जानेको छ, न त हातमा सीप नै केही छ । ऊ फेरि सुँक्सुकाई । बस्न त गल्र्स होस्टलमा बसेको । काम गर्न कताकता जानुपर्ने । पहिला पत्रिका बेच्ने काम पाएकी थिएँ । यो यो ठेगानामा लग भन्थ्यो । मेलो न मेसो, म कता–कता पुग्थें र काम सकेर फर्कन्थें ।
एकदिन जाँदा जाँदा कहाँ गएँ गएँ ! म हराएँ । सबै बाटा उस्तै छन् । एउटै जस्ता लाग्छन् । एउटा अष्ट्रेलियन बुढो मान्छेको घरमा पुगेंछु । बाबुजस्तै लाग्यो बेसरी रोएँछु । दिनभरि भोकै थि��ँ । उसले चिया बनाएर पाउरोटी खान दियो । मलाई बस्ने ठाउँसम्म पुर्याएर भिजिटिङ कार्ड पनि दियो । केही परेमा सम्पर्क गर्नू भनेर ।
काम गरेको पैसा कहाँ धेरै आउथ्यो र दिदी ? म त दुईवटा लोग्नेकी श्रीमती भएकी थिए नि । सहज हुनुपर्ने नि । झन महिना पुग्नेबित्तिकै नेपालबाट लोग्नेले फोन गर्थ्यो ऋणको साँवा ब्याज तिर्न पैसा पठा भनेर । अनि यता छ नि मेरो कागजी लोग्नेले फोन गर्थ्यो पैसा नदिए पेपर क्यान्सिल गर्दिन्छु भन्दै । म हैरान हुन्थें । नामर्दहरुका कुरा सुनेर । कति न यो पैसा टिप्ने नै ठाउँ हो कि भनेझैं । मागिरहेछन् मेरो श्रमको मूल्य ।
कोठामा बस्ने दिदीहरुको पीडा पनि उस्तै थियो । उनीहरु त मैले जत्तिको बोल्न पनि जान्दैनथे । उमेर पनि अलि पाकै थिए । उनीहरुसँग सल्लाह भयो । यहाँ बसेर कमाई नहुने कुरामा हाम्रा मत मिले । घरको लोग्नेलाई ऋण तिर्न पठाउने कि कागजको लोग्ने मोरोलाई ? अष्टे«लिया आउनुअगावै त्यत्रो पैसा दिएपछि पनि धम्क्याइरहन्छ बेसरम ? पैसा मागेको माग्यै । अनि हामीचैं के खाएर बाँच्ने हो नि ? दिदीहरु सुनाउँदै थिए ।
फेरि एउटी दिदीलाई त सँगै भएका केटीहरुले पनि ठग्ने ! सधैं बजार गएका बेला अनेक वाहना बनाएर उसै���ँग पैसा माग्दा रहेछन् । फिर्ता चैं कहिल्यै दिएनन् रे । ती दिदी मसँग गुनासो गर्थिन् । तर, उनीहरुलाई भन्न चैं हामी दुबै सक्दैन्थ्यौं ।
आफू आत्तिएका बेलामा परदेशको ठाउँ हाम्रन कुरा सुन्ने तिनीहरु नै हुन्थे । आफन्ती नभएका हामी दलालीका कुरा मीठा र सजिला लाग्ने नै भए । हाम्रो विकल्प पनि त थिएन नि हैन र दिदी ?
उसको प्रश्नले म निन्द्राको तन्द्राबाट बौरिन्छु । हो नि । म नै भए पनि आइसकेपछि के नै गर्न सक्थें होला र ?
अनि हामी ताज्मेनिया गयौं । खेतको माझमा कोठा थियो । दिनभरि काम गर्यो, केटाकेटी एकै ठाउँमा सुत्नुपर्ने । स्कुलका बच्चाका बेड जस्ता । बेडमाथि बेड । त्यति धेरै जग्गा हुँदा पनि किन त्यति साँगुरो बस्ने ब्यवस्था गरेको होला । कहिले काँही त नर्कमै आइएछ जस्तो लाग्थ्यो । कोही त त्यहीँ काम गरिरहेका हुन्थे । हैट । मैले जस्तो त कसले भोगेको होला र दिदी ?
घरमा साना केटाकेटी छोडेर आएकी । म आएपछि घरमा बहिनी केटाकेटी हेर्न आइछ । फेरि पिरलो अर्को । शंका अर्कै । दिनभरिको कामले शरीर जति थाके पनि मन घरै पुग्छ । लोग्नेको फोन महिना दिनमा मात्र आउँछ ऋणको किस्ता तिर्नुपर्यो नि सानु भन्दै । छोराछोरी सोध्छु, ठीकै छन् भन्छन् । बोल्न पाएको होइन । मन कल्पिरहेछ । हुन त यहाँ आउने सबैको परिस्थिति उस्तै उस्तै नै हो । घर छोडेर आएको पीडा । छोराछोरीको न्यास्रो । कागजी लोग्नेको धम्की । आफ्नो लोग्नेको चेपारो ।
सबै कुरा भुल्नका लागि पनि म धेरै काम गर्थें । मेरो काम साहुनीलाई मन परेछ । उनले घरको पनि काम गर्न घरमै बस्न आउन भनिन् । म नरकबाट उम्किन पाएकोमा एकदम खुशी भएँ । के गर्नु ? आफ्नै खान लगाउन पुग्ने गृहस्थ भएकी मलाई अरुले घरमा काम गर्न आइज भन्दा पनि कति धेरै खुशी बनाएको ! मैले आफैं लाई हेरें, जीवन के रहेछ त ? खुशी के रहेछ ? म फुर्कंदै साहुनीका घरमा गएँ । घरको काम गरेको, बारीमा काम गरे भन्दा घेरै आउँथ्यो । खान बस्न खर्च नहुने । घरमा पनि पैसा घेरै पठाउन थालें । अब त ऋण तिरिसकियो होला भनेर मनमनै पठाएको पैसाको हिसाब लगाउँछु ।
यता कागजी लोग्नेले पनि पढ्न सकेनछ । उ आफै गैरकानुनी बनेपछि म उसलाई पैसा पठाउने बोझबाट मुत्तल भएँ । अब केही दुःख गरेर अलिकति पैसा बचाउन पाए त घर फर्केपछि पनि केही गर्न हुन्छ भनेर सपना सजाउन थालेकी थिएँ । तर, मोबाइलमा आएको अपरिचित नम्बरले झस्कायो ।
मैले अष्ट्रेलिया आउँदा ऋण लिएको बैंकबाट फोन आएको रहेछ । ‘ऋणको भाखा नाघिसक्यो ! किन किस्ता नतिरेको ? अनि ब्याज पनि तिरेको छैन !’ म अवाक भएँ । फोन यत्तिकै हातबाट खस्यो । मैले पठाएको पैसा कहाँ गयो त ?
भनन भयो । अगाडि भएका चिजवस्तु फनन ��ुम्न थाले । हातगोडा त्यसै लुला भए । बारीमा काम गरिरहेकी थिएँ । ढलें । बिउझिँदा पहिला बसेकै कोठाको खाटमा रहेछु । अब के गर्ने ? मेलोमेसो पाइनँ ।
मैले यति दुःख गरेर पठाएको पैसा कहाँ गयो ? माइली बहिनीलाई फोन गरें । सञ्चो आरामीका कुरा गरेपछि मैले बैंकबाट आएको फोनको कुरा सुनाएँ । भिनाजुले मैले पठाएको पैसा के गरे हुन् जिज्ञासा राखें । दिदी भिनाजुले ‘मस्ती गरेका छन् नि ! घुम्छन् कैले पूर्व कहिले पश्चिम । तिमीले पठाएको पैसामा उनैले रजाइँ गरेका छन् । कान्छ बहिनी पढाइ सढाइ छाडेर उतै बस्छे । हामीले भनेर केही लागेन दिदी । तिम्रो भग्य यस्तै रहेछ !’
म छाँगाबाट खसेजस्ती भएँ । अब मसँग केही रहेन । जुन परिवारको भविश्य बनाउन आएँ, अब त्यही परिवार मेरो रहेन । के गर्ने ? कसो गर्ने ? पोल्नका लागि आगो नै कहाँ चाहिँदो रहेछ र ! आगोले भन्दा बढी पोल्न थाल्यो दिदी । आगोले पोलेजस्तै म छट्पटिन थालें । मणि हराएको सर्पजस्तै भएँ । एकैछिनमा म पुरै रित्तिएँ ।
आधार खोज्न आमालाई फोन गरें । कान्छीको कुरा गरें । ‘तेरा छोराछोरी हेरेर बसेकी छ, के भयो त ?’ आमाको तर्क कति फितलो थियो !
काममा मन लाग्न छाड्यो । बोल्न मन लागेन । भन्न पनि त कसैलाई सक्दिनँ नि । कसरी भनौं मेरो घरमा डडेलो लाग्यो भनेर ।
अष्ट्रेलियाकी मेरी साहुनी अर्थात घरवेटीलाई भनेर बेस्सरी रोएँ । ऊ पनि रोई मसँगै । मेरी आमा त यही पो रहिछे कि ? मनले यस्तै मान्यो । उसको अँगालोमा बेरिन पुगें ।
म आफ्नै रागले खुम्चिरहेकी थिएँ । यता साथीहरुले लख काट्न थाले । साहुनीले धेरै माया गरेर मात्तिई, । सँगैका साथी हामीलाई टेर्दिनँ । आदि इत्यादि भन्न थाले ।
लोग्ने भनाउँदालाई फोन गरेको, कहिले के भन्छ, कहिले के । कान्छी सालीसँग लभ परेर नै मैले तँलाई अष्ट्रेलिया पठाएको हुँ भन्छ । एउटामाथि अर्को बज्र खसिरहे ममाथि । म चोट थेग्न नसक्ने गरी घाइते भैसकें । ममाथि यत्रो षड्यन्त्र ? यत्रो नाटक ? कसरी गर्न सकेको ?
पारो छुट्छ । पैसा नपठाए तेरा छोराछोरी पढाउदिनँ, के गर्छेस् भन्छ । ऊ गल्ती गर्छ र उल्टै मैलाई धम्क्याउँछ । ऊ त करिब–करिब पागल भैसकेको मान्छेजस्तो लाग्छ ।
माइली बहिनीकोमा आउँदा केटाकेटीसँग बोल्थें । बोल्न त घरमा पनि बोल्न लगाउँथ्यो, मात्रै पैसा माग्न । केटाकेटीलाई पनि तेरीआमासँग पैसा मागेमात्रै म यसो गर्दिन्छु, उसो गर्दिन्छु भन्दोरहेछ । महिनाको एकपटक बैंकले फोन गर्छ । एकपटक केटाकेटीले । दुबैथरी पैसा माग्नलाई मात्रै फोन गर्छन् । म त एटीएम कार्डजस्ती पो भएँ त !
माइली बहिनीकोमा बच्चा आएका बेलामा मिसकल दे है भन्थें । त्यति��ेर छोराछोरीको ब्यथा मेरोभन्दा चर्को छ जस्तो लाग्थ्यो । बाबुलाई केही चिज चाहियो भने यसो भनेर पैसा माग् भनेर लगाउने रहेछ । म न असल आमा भएँ, नत श्रीमती नै । अष्ट्रेलिया आएपछि त पैसा छाप्ने मेसिन पो भएँ त !
म अवाक् हुन्छु । रातको सन्नाटामा म साँच्चै भुतकै कथा सुन्दैछु । डरले, रीसले, आक्रोशले मेरो गला अवरुद्ध भएको छ । महिलाका पीडामा मल्हमपट्टि लगाउन खोज्ने म यो बहिनीको घाउमा लगाउने मल्हम नभेटेर हैरान छु ।
म नबोलेको, नहाँसेको कुरालाई लिएर यता साथीहरुले मलाई मात्तिएकी भनेर बस्न खान दिएनन् । म साहुको घरमा बस्ने । उनीहरुको विषयमा कुरा लगाइदियो भने जुनसुकै बेला पनि कामबाट हात धुन पर्थ्यो । त्यसैले उनीहरु मसँग झनझन रुष्ट हुँदै गए । मलाई पनि त्यहाँ बस्न मन लागेन । मन अस्थिर थियो । साथीका कुरालाई बाहना बनाएर म मेलवर्न आएँ । र, आजस���्म यहीँ छु ।
यहाँ नयाँ मान्छे, नयाँ साथी त भए । तर, आफ्नो ब्यथा त आफैंसँग छ । बैंकको ऋण बैंकमै छ । लोग्ने आफ्नै कान्छी बहिनीले लिई । भएकी आमा पनि तीन वर्ष अगाडि मरिन् । आमा बितेपछि बाबुले अर्कै विवाह गरेर छोराको बाउ बनेका छन् । कान्छी श्रीमती र बालख छोरासँग रमाइरहँदा मलाई के सम्झँदा हुन् र ?
नेपाल गए पनि म कहाँ बसँु ? सिरानी हालेर रुने काख पनि छैन । लोग्ने भनाउँदो पैसा कमाएकी छेस् ले भन्न थालेको छ । किन दिने भन्दा काट्छु र मार्छु भन्छ । जसले मेरो विषयमा कुरा गर्यो उसैलाई तेरी स्वास्नी हो भन्छ अरे । अनि मेरो पक्षमा को बोल्छ र दिदी ?
केटाकेटी ममी छिटो नेपाल आउनु भन्छन् । कहिले आउने भन्छन् । कामबाट छुट्टी लिनुभयो ? भन्दै फोन गरिरहन्छन् । म के गरौं ? लडौं, आफ्नै बहिनी सौता बनेकी छे । छोरी पनि पाएकी छे अरे । नलडौं म त बर्वाद भएँ । न पैसा, न घर ।
यत्रो दुःख र हन्डर खेपेर मैले के पाएँ त ?
ऊ फेरि सुँक्सुकाई ।
म अलमल्ल छु । यस्तो भुतको कथाजस्तो घटनाको जवाफ म के भनेर दिऊँ ?
समुद्रको छालले हान्दा हान्दा छियाछिया परेको चट्टानजस्तै लाग्छे ऊ । म मायाले सुम्सुम्याउँछु । ऊ चट्टानजस्तै बनेकी मान्छे त आज मसँग पग्लिएकी छ, मैनजस्तै भएर । म त झन् कागजको मान्छे ! सिमसिमे पानीले नै लल्याकलुलुक हुन्छु । सानो आगोको झिल्कोले नै खरानी बन्छु । मैले उसलाई के भनेर ढाडस दिऊँ ? अलमल पर्छु ।
मैले उसलाई र अरु पनि यस्तालाई भुँमरीबाट बाहिर निकाल्ने जिम्मा तपाईंलाई सुम्पिएँ ।
उ रित्तिएर निरश बनी । म भरिएर उटुसमुटुस भएँ । सुन्दा र सुनाउँदै हामी दुबैजना गल्यौं ।
कुनबेला आँखा लागे, थाहै भएन ।
0 notes
Photo
कथा हो, कथा होइन ! – Nepali News एउटै विस्तरामा सुतेका छौं । वाइनले रमरम पारेको छ । निन्द्राले झुमझुम । कहिले निन्द्राको तन्द्रा त कहिले वाइनको । ऊ एकोहोरो बोलिरहेकी छे । ऊ आज पुरै रित्तिन चाहन्छे । रक्सीकै गिलासजसरी ।
0 notes
Photo
टिम्मुर खेतीका लागि सहयोगी पुस्तक बाबियाचौर (म्याग्दी), ६ फागुन । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ । जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’ बिहीबार बेनीमा एक कार्यक्रमबीच विमोचन गरियो । जडीबुटीसम्बन्धी अध्ययनमा लामो समयदेखि संलग्न रहँदै आउनुभएका उहाँको सो पुस्तक फार्मिङ फर हेल्थले प्रकाशन गरेको हो । पुस्तकमा टिम्मुरको महत्व, उपयोगिता, खेती प्रविधि र बजारीकरणसम्बन्धी अनुसन्धनात्मक लेख समावेश रहेका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको विमोचन कार्यक्रममा सांसद एवं पूर्वराज्यमन्त्री नरदेवी पुनले यो पुस्तक टिम्मुर खेती गर्ने कृषकका लागि सहयोगी र उपयोगी हुने बताउनुभयो । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । सहरी क्षेत्रका होटलमा अचार र दालमा मसलाका रुपमा टिम्मुर खपत हुने गर्छ । रासस
0 notes
Photo
टिम्मुर खेतीका लागि सहयोगी पुस्तक बाबियाचौर (म्याग्दी), ६ फागुन । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ । जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’ बिहीबार बेनीमा एक कार्यक्रमबीच विमोचन गरियो । जडीबुटीसम्बन्धी अध्ययनमा लामो समयदेखि संलग्न रहँदै आउनुभएका उहाँको सो पुस्तक फार्मिङ फर हेल्थले प्रकाशन गरेको हो । पुस्तकमा टिम्मुरको महत्व, उपयोगिता, खेती प्रविधि र बजारीकरणसम्बन्धी अनुसन्धनात्मक लेख समावेश रहेका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको विमोचन कार्यक्रममा सांसद एवं पूर्वराज्यमन्त्री नरदेवी पुनले यो पुस्तक टिम्मुर खेती गर्ने कृषकका लागि सहयोगी र उपयोगी हुने बताउनुभयो । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । सहरी क्षेत्रका होटलमा अचार र दालमा मसलाका रुपमा टिम्मुर खपत हुने गर्छ ।
0 notes
Photo
टिम्मुर खेतीका लागि सहयोगी पुस्तक बाबियाचौर (म्याग्दी), ६ फागुन । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ । जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’ बिहीबार बेनीमा एक कार्यक्रमबीच विमोचन गरियो । जडीबुटीसम्बन्धी अध्ययनमा लामो समयदेखि संलग्न रहँदै आउनुभएका उहाँको सो पुस्तक फार्मिङ फर हेल्थले प्रकाशन गरेको हो । पुस्तकमा टिम्मुरको महत्व, उपयोगिता, खेती प्रविधि र बजारीकरणसम्बन्धी अनुसन्धनात्मक लेख समावेश रहेका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको विमोचन कार्यक्रममा सांसद एवं पूर्वराज्यमन्त्री नरदेवी पुनले यो पुस्तक टिम्मुर खेती गर्ने कृषकका लागि सहयोगी र उपयोगी हुने बताउनुभयो । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर���वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । सहरी क्षेत्रका होटलमा अचार र दालमा मसलाका रुपमा टिम्मुर खपत हुने गर्छ ।
0 notes