#ठककए
Explore tagged Tumblr posts
Photo
सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किए, १० यात्रु घाईते दाङ, १० मङ्सिर- घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । आज बिहान तुलसीपुरबाट यात्रु बोकेर जाँदै गरेको बा२ख २५४९ नंको फोर्स गाडी र घोराहीबाट बालबालिका लिएर पश्चिम पुरन्धारातर्फ पिक्निकका लागि जाँदै गरेको ना३ख ७९७४ नंको बस सङ्ग्राम खोला नजिकै एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी गम्भिर घाइते भएका मानपुर गाविस–९ निवासी ४० वर्षीया बालिका सुनार, तुलसीपुर नगरपालिका–११ निवासी २७ वर्षीया विमला रिजाल र तुलसीपुर–६ निवासी ३३ वर्षीया सरिता लामिछानेलाई राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके पठाइएको छ । त्यस्तै गम्भिर घाइते चितवन जिल्ला पिप्ले–३ निवासी २२ वर्षीया शान्ता थपलियाको भने घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।
0 notes
Text
बिर्तामोडमा दुईवटा बस ठोक्किए, ५५ घाइते
बिर्तामोडमा दुईवटा बस ठोक्किए, ५५ घाइते
२६ असोज, झापा । पूर्व-पश्चिम राजमार्गअन्तरगत झापाको विर्तामोडमा बुधबार बिहान दुईवटा बस आपसुमा ठोक्किँदा ५५ जना घाइते भएका छन् । बिर्तामोड नगरपालिका-१, पश्चिम धर्मकाँटा नजिकै बुधबार विहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएका हुन् । काँकरभिट्टाबाट बिराटनगरतर्फ आउँदै गरेको ना ५ ख ६५६१ बस बिराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बससँग ठोक्किएको थियो । तीब्र गतिका कारण…
View On WordPress
0 notes